बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लक्ष्यको ७६ प्रतिशत कर संकलन, आयकर असुलीमा प्रगती

लक्ष्यको ७६ प्रतिशत कर संकलन, आयकर असुलीमा प्रगती


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

बागलुङ/आन्तरिक राजश्व कार्यालय बागलुङले जेठ मसान्तसम्म लक्ष्यको ७६ प्रतिशत राजश्व संकलन गरेको छ । जेठ मसान्तसम्म राखेको लक्ष्य ६७ करोड ५२ लाखमध्ये ५१ करोड ६८ लाख मात्रै राजश्व संकलन भएको हो ।
जसमध्ये भ्याटबाट २९ करोड ३७ लाख लक्ष्य राखिएकोमा १९ करोड ८ लाख मात्रै संकलन भएको हो । जुन लक्ष्यको ६६ प्रतिशत हो । अन्तशुल्कबाट ४ करोड ५२ लाख लक्ष्य राखेकोमा ३ करोड ८७ लाख संकलन भएको कर अधिकृत मोहन प्रसाद आचार्यले जानकारी दिए । सेवा क्षेत्रको कर भने ८३ प्रतिशत संकलन भएको छ ।
सेवा क्षेत्रबाहेक आयकर असुलीमा २ सय प्रतिशत प्रगती गरेको आचार्यले जानकारी दिए । चालु वर्षको ११ महिनामा १ करोड १ हजार लक्ष्य राखेकोमा २ करोड १४ लाख संकलन भएको हो । गत वर्ष कार्यालयले १ अर्ब ५ करोड ५१ लाख राजश्व संकलन गर्ने लक्ष राखेकोमा असार मसान्तसम्म ९५ करोड ३१ लाख मात्रै संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्ष ९० करोड ४० लाख राजश्व संकलन गरेको कार्यालयले पछिल्लो वर्ष लक्ष बढाएको थियो । असारमा मात्रै २४ करोड ४५ लाख संकलन भएको गत वर्षको आधारले चालुवर्ष पनि लक्ष पुरा गर्ने आचार्यले बताए ।
कार्यालयले चालुवर्ष १ हजार ९२५ व्यवसायिक प्यान दर्ता गर्ने लक्ष्य राखेको छ । जेठ मसान्तसम्म १ हजार ६ सय ४५ वटा दर्ता गरेको हो । भ्याटमा पनि १४ व्यवसाय दर्ता गर्ने लक्ष्य राखेकोमा १० वटा दर्ता भैसकेका छन् । झुटा बिजक कारोवारमा कार्यालयले चालुवर्ष ३ वटा संस्थालाई कारवाही गरिसकेको छ । ५ वटा व्यवसायिक संस्थाको अनुसन्धान गर्ने लक्ष्यमा ७ वटाको अनुसन्धान भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->