बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण गरेको छ ।
पार्टीको केन्द्रिय कार्यक्रमअन्तर्गत स्थापना दिवस मनाउन शुरु गरेको रास्वपा बागलुङले बुधबार बागलुङ नगरपालिका वडा नं. ४ स्थित शालिग्राम संग्राहलय परिसरमा वृक्षारोपण गर्नुका साथै सरसफाईका समाग्री प्रदान गरेको हो ।
संग्राहलय परिसरमा आँप, लिची, अम्बा, अमला, धुपी प्रजातिका ५० बिरुवा रोप्नुका साथै संग्राहलयलाई हार्पिक, ह्याण्डवास, फ्लोर क्लिनर गरि ३ हजार ३ सय रुपैयाँ बरावरको सरसफाइ सामाग्री हस्तान्तरण गरिएको पार्टीका जिल्ला उप–संयोजक टेक बहादुर कुँवर ‘रमेश’ले जानकारी दिए ।
उप–संयोजक कुवँर, प्रदेश उप–सभापति मिना शर्मा आचार्य, नगर सभापति रामप्रसाद अधिकारी, पार्टीका संस्थापक जिल्ला सचिव समिर पौडेल, वडा नं. ४ का सभापति झपिन्द्र क्षेत्री, बालकृष्ण शर्मा लगायतको टोलीले वृक्षारोपण गर्नुका साथै सरसफाई सामाग्री प्रदान गरेको थियो ।
सामाग्री ग्रहण गर्दै शालिग्राम संग्राहलयका अध्यक्ष स्वामी ऋषी प्रपन्नाचार्यले बिरुवा रोपेर मात्रै भन्दा पनि यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । दिवसअन्तर्गत ७ गते चियापान कार्यक्रम गरिने ¥यापिड टिम संयोजक रुसन सापकोटाले बताए ।





