बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बानपामा मजदुर पहिचान गर्न परिचयपत्र

बानपामा मजदुर पहिचान गर्न परिचयपत्र


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८१, बुधबार

बागलुङ/नगर क्षेत्रमा काम गरिरहेका मजदुरको पहिचान गरी दुर्घटना बीमा गर्ने उद्देश्यले परिचयपत्र बनाउने काम शुरु भएको छ । बागलुङ नगरपालिकाले मजदुरको कार्ड हस्तान्तरण गरेर अभियान थालनीको घोषणा गरेको हो ।
चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले मजदुरको लागत राख्ने बताएका थिए । मजदुरको पहिचान गरेर परिचयपत्र दिएपछि उनीहरु नगरको सेवासुविधा लिन आधिकारिक सूचिकृत हुनेछन् । साथै उनीहरुको दुर्घटना बीमा पनि गरिने छ । परिचयपत्र दिनुअघि ती मजदुरको तथ्यांक राख्ने काम भएको हो । उक्त परिचयपत्र हरेक वर्ष नविकरण गर्ने योजना नगरपालिकाको छ ।
नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मदजुर युनियन ‘क्युपेक नेपाल’ र यातायात मजदुरमा आबद्दको लागत राखेर नगरपालिकाले पहिचान कार्ड जारी गरेको हो । पहिलो चरणमा ६ सय ३० जना मजदुरको लागत राखिएको क्युपेक बागलुङका अध्यक्ष मनबहादुर थापाले बताए । बुधबार नगरप्रमुख श्रेष्ठले २० जनाको कार्ड बितरण गरेर अभियानको थालनी गरेका हुन् । त्यस बाहेक नगरपालिकाले यातायात, कृषि क्षेत्र र ठेकेदारमार्फत काम गरिरहेका मजदुरको लागत राख्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->