पोखरा/डिभिजन वन कार्यालय कास्कीले बिकास र वातवरणको सन्तुलनका सन्दर्भमा बुधबार विशेष समन्वय बैठक सम्पन्न गरेको छ ।
कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला वन क्षेत्र समन्वय समिति कास्कीका संयोजक लिलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले बिकास र बाताबरण क्षेत्रको उचित समन्वय बिना सन्तुलित विकासको अबधारणा संभावना नहुने र सन्तुलित विकास बिना दीगो विकासका लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताए ।
पौडेलले बिकासका नाममा हुने हुने वन र वाताबरण क्षेत्रको विनासले गम्भीर समस्यातर्फ मानवसहित सम्पूर्ण जीवजन्तु उन्मुख भएको बताउँदै वातावरणीय प्रभाब मुल्यांकनलाई अनिवार्य कडाइका साथ लागू गर्नुपर्ने बताए ।
कार्यक्रममा कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले विकास र वाताबरणबीचमा देखिएका असन्तुलित विकासका क्रियाकलाप न्यूनीकरण गर्न बैठक आयोजना गरिएको बताए ।
कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले बाताबरण मैत्री सन्तुलित बिकासका लागि स्थानिय तहको भूमिका महत्वपूर्ण रहेको धारणा राखे ।
कास्कीका डिभिजनल वन अधिकृत कोमलराज काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन डिभिजन बन अधिकृत राजेन्द्रप्रसाद शर्माले गरेका थिए ।





