बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ट्रयाक खुलेको १८ वर्षपछि जैमिनीमा सडक कालोपत्र हुँदै

ट्रयाक खुलेको १८ वर्षपछि जैमिनीमा सडक कालोपत्र हुँदै


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार
कालोपत्रको अनुगमन गर्दै जैमिनी नगरउपप्रमुख हरिहर शर्मा लगायत । तस्वीरः ढोरपाटन

बागलुङ / जिल्लाको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरादेखि जैदी-छिस्ती जोड्ने ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाको साझेदारी रु. एक करोडको लागतमा सडक कालोपत्र गर्न थालिएको हो ।

कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदी, छिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको काम भइरहेको जैमिनी नगर उपप्रमुख हरिहर शर्माले वताए । ‘नगरको केन्द्रदेखि सर्कुवा बिहारथला तथा बिनामारे, अर्जेवा, जैदी, छिस्ती जोड्ने सडकको जिरो पोइन्ट मौलाछमा कालोपत्रेको काम भैरहेको छ’, उपप्रमुख शर्माले भने, ‘संघ सरकार र जैमिनी नगरको समपुरक शीर्षकमा साझेदारीका साथ यसबर्षको कार्य अन्तिम चरणमा पुगेको छ ।’

आर्थिक वर्ष २०६२/०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय पनि हर्षित भएका छन् । लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती खेपेका थिए ।

यस वर्ष कुश्मिसेरादेखि ४ सय ५० मिटरमाथिसम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ । सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->