बागलुङ/लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध अन्तराष्ट्रिय दिवस बागलुङमा विविध कार्यक्रम गरेर सप्ताहव्यापी रुपमा मनाउन सुरु भएको छ । विभिन्न सामाजिक तथा सरकारी संघ संस्थाको आयोजना तथा संयोजनमा दिवस मनाउन लागिएको हो ।
सप्ताहअन्तर्गत पहिलो दिन बिहिबार सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम भएको छ । सामुदायिक सेवा केन्द्र रामरेखा र सामुदायिक सेवा केन्द्र गुठीको सहकार्यमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले लागुऔषको प्रयोग र ओसारपसार रोक्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताए ।
सुवेदीले समुदायको सहयोग बिना कुनै पनि काम गर्न कठिन रहेको भन्दै कानूनले बर्जित गरेका काम रोक्न प्रहरी समुदायको सहकार्य आवश्यकता रहेको बताए । कार्यक्रममा धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रविरञ्जन प्रधान, पूर्व जनप्रतिनिधि लक्ष्मी बास्कोटा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बोलेका थिए ।
कार्यक्रम सामुदायिक सेवा केन्द्र रामरेखा अध्यक्ष दुर्गा बहादुर आचार्यको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलको स्वागत तथा सामुदायीक सेवा केन्द्र गुठीका अध्यक्ष लिला खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।





