आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छः बालेन शाह

सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छः बालेन शाह


  • ढोरपाटन संवाददाता
  • असार ७ २०८१, बिहिबार

पोखरा / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।

ब्राजिलको साओ पाउलोमा बुधबारबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका मेयर बालेनले बिहिवार भएको ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’मा सो कुरा बताएका हुन् ।

ूहामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् । ठुला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ,ू उनले भने ।

ूबसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन, गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ,ू उनले भने ।

नीति बहस सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रित थियो ।

बहसमा ठुला महानगरपालिकाका मेयरहरू सहभागी थिए । बैठकमा भाग लिन बालेन असार ३ गते ब्राजिल गएका हुन् । बैठक सकेर उनी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->