बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कृषि, शिक्षा, उद्यम र स्वास्थ्यलाई प्राथमिकता

कृषि, शिक्षा, उद्यम र स्वास्थ्यलाई प्राथमिकता


  • ढोरपाटन संवाददाता
  • असार ८ २०८१, शुक्रबार

बागलुङ/काठेखोला गाउँपालिकाले कृषि, शिक्षा, उद्यमशिलता र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको छ । शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष राजु थापाले प्राथमिकताका क्षेत्रलाई अध्यक्ष र उपाध्यक्षको नाम जोडेर कार्यक्रम र आर्कषक नारा समेत बनाएर प्रस्तुत गरे ।

अध्यक्ष सँग दलीत नागरिक स्वास्थ्य बीमा कार्यक्रम, सीप बिकास कार्यक्रम, उद्यमशिलता परियोजना र शैक्षिक सुधार योजना समेत समावेश गरिएको हो । त्यस्तै उपाध्यक्ष सँग सघन र नियमित अनुगमन कार्यक्रम समेत राखिएको हो । स्वास्थ्य तर्फ सबै वडामा भवन सहितको स्वास्थ्य सेवा दिने, दलीत समुदायको निशुल्क बीमा लगायतका कार्यक्रम जोडिएको हो ।

त्यस्तै कृषि बिकासकालािग पुस्तौ पुस्तादेखि गरिंदै आइएको कोदो, मकै र धानको बीउ नष्ट हुन नदिन बीउ संरक्षण अभियान पनि संचालन गरिने भएको छ । किसानले स्थापना गरेका साना उद्योगको संरक्षण गरिने छ । वडा नं. ८ का किसान चानसिंह श्रीषले स्थापना गरेको कोदोको बिस्कुट बनाउने उद्योगको प्रवद्र्धन र बजारीकरणमा साथ दिने भएको छ । श्रीषले नेपालमै पहिलो पटक कोदोको बिस्कुट उत्पादन गरेर बजारमा ल्याएका छन् ।

दूध किसानलाई प्रोत्साहन गरेर उत्पादन बढाउने नीति अनुसार समूहमा चिलिङ भ्याटको व्यवस्थागर्ने, त्यसकालािग कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना संचालन गर्ने योजना सार्वजनिक भएको हो । तरकारी खेती गर्ने किसानलाई मिनिकिट अनुदान दिने, कृषि पकेट पूर्वाधार बिकास कार्यक्रम, बीउ तथा बिषादीमा ५० प्रतिशत अनुदान, मौरी पकेट क्षेत्र बनाएर उत्पादन गर्ने किसानलाई प्रोत्साहन गरिने छ । दलीत समुदायबाट दूध उत्पादन भएमा गाउँपालिकाले बजारीकरणमा साथ दिने र दूध बिक्री हुने वातावरण बनाउने योजना थापाले सार्वजनिक गरे ।

किसान र उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरणमा साथ दिन ‘काठेखोला कोसेली घर’ स्थापना गरिने भएको छ । किसान र उद्यमीको डिजिटल प्रोफाइल तयार गरेर अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम पनि ल्यााइएको हो । लोप हुन लागेको गोरु जोगाउने भन्दै ‘गोरुलाई पोषण, किसानलाइ प्रोत्साहन’ कार्यक्रमपनि सार्वजनिक गरेका हुन् ।

पशुपालनको लागिनै सामुदायिक वन र बाँझो जमिनमा फलफूल, गिठा भ्याकुर र कन्दमुल जस्ता फलफूल उत्पादन गर्ने नीति पनि बनेको छ । सुत्केरी सट्टा शिक्षक राख्ने, बिद्यार्थीलाई नै सेनिटरी प्याड बनाउन लगाएर उपभोगमा प्रोत्साहन गर्ने र बिद्यार्थीकै आम्दानी बढाउने तथा सिकाई परियोजना सफल बनाउन ठूलीदिदी प्रोत्साहन कार्यक्रम संचालन गरिने छ । बिद्यालय शिक्षाबाट पञ्चितलाई यो कार्यक्रमा जोड्न लागिएको हो । स्वास्थ्य तर्फ नसर्ने रोगले जटिल समस्या भएकालाई उपचारमा साथ दिने, समस्यामा परेकालाई मासिक ५ हजार उपचार खर्च दिने व्यवस्था गरिएको छ ।

स्मार्ट स्कुल, बिद्यालयमा बिद्युतीय हाजिरी लगायतका सुधारका कार्यक्रम पनि संचालिन हुने भएका छन् । प्रतिभा पहिचान कार्यक्रम र सृजनशिल शुक्रवार पनि बिद्यालयमा संचालन हुनेन् । सुत्केरीभएर बिद्यालय जान नसकेको अबस्थामा सट्टा शिक्षक राखिनेछ । लोप हुन लागेका गतिसंगीतको संरक्षण, प्रवद्र्धन र उजागरमा जोड दिने योजना छ । आदिवासी जनजातीहरुको कला संस्कृतिको अभिलेखीकरण गर्ने, मगर बाहुल्य क्षेत्रमा भाषा कक्षा संचालन गर्ने योजना पनि छ । पूर्वाधार तर्फ भने मध्यपहाडी लोकमार्गको कालोपत्रेकालागि आम नागरिकले गरेको दवाव र आन्दोलनमा पालिकाको समर्थन भएको र योजना छिटो सक्न दवाव सिर्जना गर्ने र वडा मुकाम जोड्ने सडक स्तरीय बनाउने लक्ष छ । बिपत व्यवस्थापन सँगै आन्तरिक कामलाई डिजिटल प्रविधिमा निरन्तरता दिने र अब्बल बनाउने लक्ष पनि राखिएको छ ।

नीतितथा कार्यक्रम प्रस्तुतीकरण पछि बिधायन समितिको तर्फबाट वृहस्पति कंडेलले नगर प्रहरी संचालन बिधेयक, सामाजिक बिकास समितिका संयोजक खग्ग थापाले खानेपानी तथा स्वच्छता सम्बन्धी बिधेयक, आर्थिक बिकास समितिका संयोजक लक्ष्मण पुनले साझेदारीमा गर्ने काम सम्बन्धी बिधेयक सभामा पेश गरेका थिए । गाउँपालिकाले समाजको विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मान पनि गरेको छ । गाउँपालिकामा सेवा गरेका चन्द्रदत्त कंडेल, बिस्कुट उद्यमी चानसिं श्रीष, किसान प्रेम कंडेल, स्काउटका अगुवा होमनाथ गौतम, खेलाडी बादल कार्की, किसान जिवराज शर्मा सहित वार्षिक परीक्षामा उत्कृष्ठ हुने बिद्यालय र बिद्यार्थीलाईपनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->