पोखरा/ कास्कीका विकास आयोजना सम्बद्घ कार्यालयहरूका प्रमुखसँग चालु आर्थिक बर्ष २०८०/० ८१ का संचालित बिकास आयोजनाहरूको प्रगति समीक्षा गरिएको छ ।
कार्यक्रममा कास्कीमा सन्चालित राष्ट्रिय गौरवका आयोजनाहरूको वित्तीय र भौतिक प्रगतिसहित आयोजनामा भएका कठिनाइ र निराकरणका उपायका सम्बन्धमा छलफल गरिएको पौडेल जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।
आयोजनामा अति न्यून बजेट बिनियोजित हुँदा र स्रोत सुनिश्चितता समयमै नहुँदा आयोजना समयमा सम्पन्न गर्न कठिनाइ भएको अनि गुणस्तरसमेत प्रभावित हुने गरेको सहभागीहरुले बताए । बिनियोजित बजेटसमेत रकमान्तर हुनु ,संरक्षण क्षेत्रहरूमा वातावरण प्रभाब मूल्यांकनमा कठिनाइ भएको पनि उनीहरुको गुनासो थियो ।





