बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बेग्रल्ती भेटिए म्याद गुज्रेका खाद्यान्न

बेग्रल्ती भेटिए म्याद गुज्रेका खाद्यान्न


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८१, शनिबार

बागलुङ/ मनसुन सुरु भएसँगै बर्खा लाग्यो । गाउँघरमा खेतीपातीको समय सुरु हुँदैछ । बर्खा याममा कामको माचो चल्ने भएकाले बजार पुग्न किसानलाई समय हुँदैन् । त्यसैले गाउँका किसानले बजार झरेर बर्खे खर्चको जोहो गदैछन् । तर, बजार भरपर्दा छैनन् ।

बागलुङको ग्रामिण क्षेत्रका बजारहरुमा बग्रेल्ती म्याद गुज्रेका खाद्यान्न तथा पेय पदार्थ भेटिएका छन् । बर्खे खर्चको जोहो गरिरहेका उपभोक्ताका लागि यो जोखिमपूर्ण हो । जिल्ला प्रशासन कार्यालय बागलुङ, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, खाद्यप्रबिधि तथा गुण नियन्त्रण कार्यालयलगायतले बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रेका खाद तथा पेय पदार्थ भेटाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।

‘पटकपटकको अनुगमनले केही सुधार भएको छ तर व्यवसायी अझै जिम्मेबार भएनन्, उपभोक्ता शिक्षाको खाँचो छ,’ बरालले भने,‘फ्रिजमा राखेको मासु मेत सडेगलेको पाइयो, पेयपदार्थ पनि सडेगलेका ।” अनुगमन टोलीले बागलुङ नगरपालिका, १२ अमलाचौरको एक पसलमा सडेगलेको मासु बिक्री प्रयोजनका लागि फ्रिजमा राखेको अवस्थामा भेटेको थियो । उक्त मासुलाई तत्कालै नष्ट गरेर व्यवसायीलाई सात दिनभित्र जिल्ला प्रशासनमा उपस्थित हुन भनिएको छ ।

बलेवाका दुई दर्जन बढी पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलम सुजी, आँटा, दालमोठ, कोकाकोला, फेण्टा, फ्रुटीलगायतका खाद्य तथा पेय पदार्थ म्याद गुज्रेका भेटिएको उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । कतिपय पसल सञ्चालकले म्याद गुज्रेको थाहै नपाउने गरेको उनले बताए ।

अनुगमन गरिएकामध्ये ८० प्रतिशत पसलहरु बिना दर्ता चलेका पाइएको उनले बताए । अनुमती बिना मदिराको कारोबार गरेको, दर्ता नगरेको, एउटै पुलमा सबै प्रकृतिका सामग्री राखेर बिक्री बितरण गर्ने गरेको पाइएको बागलुङ नगरपालिकाकी अनुगमन अधिकृत सरस्वती रेग्मीले बताइन् । सात दिनभित्र सबै पसलहरुलाई दर्ताको दायरामा आउन भनिएको छ । मदिरा बिक्री गर्ने पसललाई आन्तरिक राजश्व कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा म्याद गुज्रेका सामग्री बिक्री गर्ने पसललाई जिल्ला प्रशासनमा उपस्थित हुन भनिएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->