बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

१८० यातायात मजदुरको स्वास्थ्य जाँच, ५१ युनिट रगत संकलन

१८० यातायात मजदुरको स्वास्थ्य जाँच, ५१ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • असार ९ २०८१, शनिबार

पोखरा / नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकीले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ ।

आज पोखरा नागढुंगा स्थित चरक मेमोरियल हस्पिटलको प्राविधिक सहयोगमा सुगर तथा ब्लड प्रेसर परीक्षण गरेको छ । १८० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका पब्लिक रिलेशन अफिसर सोवित सुवेदीले जानकारी दिए ।

यस्तै, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा चेकजाँच तथा नेपाल रेडक्रस सोसाइटी अन्तर्गत गण्डकी प्रादेशिक रक्त सञ्चार केन्द्रसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको संगठनका गण्डकी प्रदेश अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए । उक्त कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->