तस्बिर : सुवास गौतम
काठेखोला गाउँपालिकाको गरिमामय १५ औं गाउँसभा–२०८१ मा उपस्थित गाउँसभाका सम्पुर्ण सदस्य ज्युहरु, सम्पुर्ण कर्मचारी एवम पत्रकार मित्रहरु, साथै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमवाट हाम्रो नीति तथा कार्यक्रम हेर्ने र सुन्ने काठेखोला गाउँपालिकाबासी आमावुवा दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक स्वागत एवम न्यानो अभिबादन ब्यक्त गर्दछु । सबैमा हार्दिक स्वागत तथा अभिवादन ब्यक्त गर्दछु ।
संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमबाट स्थापित स्थानिय सकारअन्तर्गत काठेखोला गाउँपालिकाको यस गरिमामय १५ औँ गाउँसभामा आ.व.२०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा म आफुलाई निकै हर्ष र गौरवान्वित भएको महसुस गरेको छु ।
सीमित बजेट र असिमित जनआकांक्षाको बीचमा हामीले चारवटा गाउँसभाहरु सम्पन्न गरिसकेका छौ । ती गाउँसभामार्फत् जनताका उत्कत चाहना, आवश्यकता र मागहरुलाई प्राथमिकताको पहिलो सूचीमा राखेर नीति तथा कार्यक्रमसहित बजेट विनियोजन ग¥यौँ । गाउँपालिकाभित्र विकासका धेरै आवश्यकताहरु थिए, नागरिकका धेरै मागहरु थिए, केही गुनासा र केही सुझावहरु पनि थिए । जनताका ती माग, गुनासा र सुझावहरुलाई एकैपटक सम्वोधन गर्न नत बजेटले सम्भव थियो नत गाउँपालिकाको आन्तरिक श्रोतले नै । आवश्यकता, रहर, सोच र तीव्र इच्छा हुँदाहुँदै पनि श्रोत साधनको अभावमा जनताका सबै मागहरुलाई सम्बोधन गर्न सकिएन तर हामी यहाँहरुको माग, आवश्यकता र समस्याहरु प्रति सजग छौँ, सचेत छौँ र गम्भीर पनि । त्यसो त, नागरिकहरुको वीचमा गरेका प्रतिवद्धताहरु पनि हामीले भुलेका छैनौ । हामीलाई विश्वास छ जनताका ती सबै माग र हाम्रो प्रतिवद्धताहरु क्रमशः पूरा हँुदै जानेछन् ।
सम्मानित सभाका सदस्यज्युहरु
अव म आगामी आर्थिक बर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिईएको आधार, सोच, लक्ष्य, उद्देश्य र अपेक्षित लक्ष्य प्रस्तुत गर्न चाहान्छु ।
नीति तथा कार्यक्रम तर्जुमाको आधारहरु
–नेपालको संविधान, २०७२
–स्थानीय सरकार संचालन ऐन, २०७४
–संघ र प्रदेश सरकारले जारी गरेका नीति, नियम, कानून तथा मापदण्डहरु
–संघ, प्रदेश र गाउँपालिकाको आवधिक विकास योजना, दीगो विकासका लक्ष्यहरु र विकासका अन्तर सम्वन्धित विषयहरु
–गाउँपालिकामा निर्माण भएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरु,
– संघिय र प्रदेश सरकारका नीति तथा कार्यक्रमहरु
– नेपाल सरकारको १५ औँ योजना र दीगो विकासका लक्ष्यहरु
सोच
‘कृषि, पर्यटन, शिक्षा र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार’
लक्ष्य
‘स्थानीय स्रोत साधनको उच्चतम परिचालन र न्यायोचित वितरणद्धारा नागरिकहरुको आर्थिक, सामाजिक स्तरमा बृद्धि गर्दै समृद्ध, समतामूलक र सुशासनयुक्त काठेखोला गाउँपालिका निर्माण गर्ने । ’
उद्देश्य
– शिक्षा, स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारको विकास र विस्तार गरि गाउँपालिकालाई आर्थिक समृिद्धतर्फ उन्मुख गर्ने ।
– कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक र आधुनिक प्रविधिमा रुपान्तरण गरी नागरिकको जीवनस्तरमा सुधार गर्नुको साथै कृषि सहकारीलाई प्रवद्र्धन गर्ने ।
– सर्वसुलभ, गुणस्तरिय शिक्षा र स्वास्थ्यमा जोड दिने ।
– उपलव्ध स्रोत साधन र अवसरको न्यायोचित वितरण मार्फत स्वाधिन र समाजवाद उन्मुख ग्रामीण अर्थतन्त्रको निर्माण गर्ने ।
– महिला, दलित, जनजाति, विपन्न, उपेक्षित र गरिबीको रेखामुनी रहेका गाउँपालिकाका नागरिकहरुलाई सामाजिक र आर्थिक समानता कायम गर्ने ।
– बिपद जोखिम न्यूनीकरण, उद्धार राहत एवम वन वातावरण र जलाधार संरक्षण गर्ने ।
अपेक्षित उपलब्धिहरु
प्रस्तावित नीति तथा कार्यक्रम र बजेटको सफल कार्यान्वयनबाट काठेखोला गाउँपालिकाको समग्र विकासमा नयाँ आयाम थपिनेछ । आर्थिक तथा सामाजिक क्षेत्र थप गतिशिल हुनेछ । पारस्परिक सम्मान र अवसरसहित सामाजिक न्याय कायम हुनेछ, ‘कृषि, पर्यटन, शिक्षा र पूर्वाधार, समृद्ध काठेखोला निर्माणको आधार’ भन्ने गाउँपालिकाको दिर्घकालिन सोच पूरा गर्न योगदान पुग्नेछ भन्ने विश्वास लिएको छु ।
आदरणीय गाउँसभा सदस्यज्युहरु,
नेपालको संविधान २०७२ मा स्थानीय शासन सम्बन्धी उल्लेख भएको नीतिगत ब्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, पन्ध्रौं आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रिया र यस गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम तयार गरिएको छ ।
पन्ध्रौं योजना, दीगो विकास लक्ष्य २०३० को मार्गचित्र र गाउँपालिकाले कार्यान्वयनमा ल्याइएका कानुनी प्रावधान समेतलाइ ध्यानमा राखी यो नीति तथा कार्यक्रम ल्याइएको छ । जनसहभागिता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिकाले कायम गरेको इतिहासलाई अक्षुण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिने छ ।
गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षणलाई अद्यावधिक रुपमा अध्ययन गरी छरितो एवं चुस्त संगठन संरचनामार्फत् प्रशासनिक तथा चालु खर्चलाई मितब्ययी वनाइनेछ । यसबाट सेवा प्रवाहलाई प्रभावकारी तथा विकेन्द्रित तुल्याउदै पूँजीगत खर्च बढाउने नीति लिइएको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदान एवं वित्तिय हस्तान्तरणको उच्चतम र प्रभावकारी परिचालन एवं उपयोग गर्दै वित्तिय आत्मनिर्भरता कायम गर्न प्रयत्न गरिने छ ।
काठेखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा समृद्ध, समावेशी, स्वच्छ, सुरक्षित, स्वावलम्बी र सुशासित समुदाय निर्माण गर्ने उद्देश्य लिएको छ । जनताको मौलिक अधिकार र प्रतिनिधित्व सुनिश्चित गर्नका लागि जनसहभागिताका माध्यमबाट पारदर्शिता र जवाफदेहीतालाइ विशेष जोड दिइनेछ ।
गाउँसभाका सदस्य ज्युहरु,
हरेक नागरिकहरुको चाहना आर्थिक रुपमा सवल, सक्षम र समृद्ध बन्नुमा नै केन्द्रित हुन्छ । स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार भएकाले पनि यो सरकार नागरिकहरुको आर्थिक विकासको साझेदार वनोस भन्ने मनोकांक्षा हुनु स्वभाविक नै हो । यस गाउँपालिकाको सर्वाङ्गीण विकासका लागि आर्थिक गतिविधिमा सहजता ल्याउन राज्यले ठोस रणनीतिको अख्तियार गर्नुपर्ने देखिन्छ । देशको राज्यकोष संचितिमा कमि आउनु, वित्तिय क्षेत्रमा तरलता अभाव भै लगानी गर्न नसक्ने अवस्था आउँदा मुलतः काठेखोला गाउँपालिकाले आप्mना नागरिकहरुको आर्थिक विकासमा टेवा पु¥याउनु हाम्रो मुख्य कर्तव्य हो । यस बर्षको नीति तथा कार्यक्रममा सामाजिक तथा समोवेशी क्षेत्रलाई विशेष जोड दिएको छु । विपन्न, बेसहारा, महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्तिहरुको ज्ञान, सीप र क्षमतामा बृद्धि गरी सशक्तिकरण संगै आर्थिक उपार्जनसहित उनीहरुको जीवनस्तरमा व्यापक परिवर्तन ल्याउन यो नीति तथा कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।
गाउँसभा सदस्यज्युहरु
अव म आ.व.२०८१/०८२ को विभिन्न विषयगत एवम क्षेत्रगत नीति तथा कार्यक्रमहरु यस गरिमामय सभामा प्रस्तुत गर्दछु ।
१) आर्थिक विकासतर्फ
कृषि तथा पशुपालन
काठेखोला गाउपालिका कृषि पेशा अंगालेका नागरिकहरु बसोबास गर्ने गाउँपालिका हो । यहाँका हरेक नागरिकहरु कृषि क्षेत्रमा निर्भर छन । समृद्ध गाउँपालिका निर्माणको पहिलो र महत्वपुर्ण आधार नै कृषि क्षेत्रको विकास हो । कृषि क्षेत्रलाई अझै थप ब्यवस्थित र बढीभन्दा बढी उत्पादनमुखी र व्यावसायिक बनाउनु हामी सबैको चाहनाको बिषय हो । परम्परागत प्रणालीदेखि यसको स्तरीकरण, व्यावसायिकरण र उद्योग स्थापना सम्मको लक्ष्य तय गर्नुपर्ने आवश्यकता मैले महसुश गरेको छु । कृषि क्षेत्र निर्वाहमुखी मात्र हुनु र यसमा संग्लग्न कृषकहरुको उत्पादकत्व निकै कम रहँदा यस क्षेत्रबाट श्रमशक्तिको पलायन बढ्दो छ । यसलाई रोक्न सक्नु हामी सबैको निकै चुनौतीको विषय हो । स्थानीय बाली नालीमा कमी र स्थानीय दैनिक उपयोगमा सोचे अनुसार प्रगति हुन नसक्नु अर्को चुनौतिको विषय हो । यी चुनौतीहरुलाई सामना गर्न कृषिमा आधुनिकता र लोकप्रियता बढाउने नीति लिइ कार्यन्वयनमा जोड दिईने छ । यसका लागि तपशिल वमोजिमको नीति अख्तियार गरिने छ ।
– परम्परागत कृषि प्रणालीलाई आधुनिकता र आयआर्जनतर्फ उन्मुख गराउदै नविनतम खेति प्रणालीको पहिचान गर्दै चिया, अलैची, टिमुर जस्ता नविनतम खेतिको पकेट स्थापना गरी ब्लकको रुपमा विकास गर्न कृषि पकेट पुर्वाधार विकास कार्यक्रम निरन्तरता दिइने छ÷ गरिने छ ।
– पछिल्लो समय कृषकहरुले कहि कतै विषादीको अत्याधिक प्रयोग गर्ने गरेको पाइएकोले विषादीको प्रयोग कम गर्न यस वर्ष ५० प्रतिशत अनुदानमा जैविक विषादी उपलब्ध गराइने छ ।
– कृषकहरुको आकर्षण बढदै गइरहेको मौरीपालन व्यवसायलाई अझै थप व्यवस्थित गरी मौरी पकेट क्षेत्रको रुपमा विकास गरि आवस्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– गत बर्षदेखि नै अभ्यासको रुपमा सञ्चालन गरिएको उत्पादनमा आधारित कृषि, मासु तथा दुधजन्य सामग्रीको बिक्री वितरणका लागि अनुदान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने छ । त्यसको बजार व्यवस्थापनका लागि आवस्यक पहल गरिनेछ भने कृषि, मासु तथा दुधजन्य सामाग्रीहरुको उद्यम प्रर्वद्धनमा समेत विशेष जोड दिइनेछ भने तरकारी खेतिप्रति नागरिकहरुको आकर्षण बृद्धि गर्न गत बर्षदेखि नै सञ्चालनमा आएको तरकारी मिनिकिट अनुदान कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिइने छ ।
– कृषि तथा पशुपालनको क्षेत्रमा बीवाईसी बागलुङ र हेफर प्रोजेक्ट नेपालसँग विगत तीन बर्षदेखि निरन्तर रुपमा गरिदै आइएको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना साझेदारी कार्यक्रमको सम्झौताको समायावधि यस बर्ष सकिएकोले उक्त परियोजना निकै प्रभावकारी, हाम्रो उद्देश्य अनुरुप र कृषकमैत्री रहेकोले उक्त परियोजनाको दोस्रो चरणको कृषि तथा पशु उद्यमशिलता विकास परियोजना कार्यक्रमलाई थप गरि यस बर्ष पनि निरन्तरता दिइने छ । सो परियोजनामार्फत् कृषकहरुको आय आर्जन, उत्पादनमा बृद्धि, शसक्तिकरण र उद्यमशिलताको विकाससमेत हुने मैले आशा लिएको छु ।
– बीवाईसी बागलुङ र हेफर प्रोजेक्ट नेपालसँग समन्वय र सहकार्य गरि सवै जाति बर्ग र समुदायले उत्पादन गरेको दूधको सामुहिक बजारीकरण गर्न पालिकाको केन्द्रभाग अक्षेते बजारमा चिलिम भ्याटसहितको दूध संकलन केन्द्र स्थापना गरिने छ ।
– कोदो बालीलाई प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालनमा ल्याइने छ । साथै कोदोजन्य रैथाने बाली संरक्षणका लागि रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने छ ।
– पुस्तौ पुस्तादेखि खेती गर्दै आएको कोदो, धान र मकैको बीउबाट उत्पादनमा केही कमी आएकोले उक्त विउलाई पुनस्र्थापित गर्न सोही जातको उन्नत प्रकारको बीउ वितरण गरिने छ ।
– विषादीको असर र पशुबाट मान्छेमा सर्ने जेनेटिक रोगबारे विद्यालय स्तरमा पुगी आम विद्यार्थीहरुलाई स्कुल सचेतना कार्यक्रममार्फत् प्रशिक्षित गरिने छ ।
– कृषकहरुको उत्पादन वृद्धिका लागि मझौला तथा साना सिंंचाइहरुको आवश्यक व्यवस्थापन गरिनेछ ।
– कृषकहरुलाई फलफूल व्यवसाय प्रति उत्प्रेरित गर्न फलफूल बगैचा व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
– कृषक एवम आम नागरिकहरुको मागलाई मध्यनजर गर्दै गत वर्ष नै सञ्चालन गर्ने भनिएको बाँदर व्यवस्थापन कार्यक्रम अन्तरगत सामुदायिक वन उपभोक्ता समुहहरुसंग सहकार्य गरी बाँझो तथा सामुदायिक वन जंगलहरुमा फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमुल जस्ता फलफूल तथा खनिज जन्य खाद्यान्नहरु लगाई बाँदर व्यवस्थापन गरिने छ ।
– कृषकहरुको सहजताका लागि चापकटरलगायतका प्रविधिहरु अनुदानमा उपलब्ध गराइने छ साथै कृषकहरुलाई वर्षे तथा हिउँदे घाँसका बीउ बेर्नाहरु वितरण गरिनेछ ।
– वडास्तरमा गठन भएका कृषि सञ्जाल एवम कृषि तथा पशु उपशाखा लाई थप ब्यवस्थापन सहित प्रभावकारी र कृषिमैत्री ढंगले सञ्चालन गरिने छ ।
– गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा संचालित दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादनसँग जोडेर वालवालिकाहरुलाई कृषि तथा पशु पालन तर्फ समेत आकर्षित गर्दै पोषिलो ताजा खाजाका लागि प्रोहोत्साहन गरिनेछ ।
– मिनिटेलर हलोलगायतका प्रविधिको उच्चतम प्रयोगले स्थानीय गोरुहरु लोप हुदै गइरहेकोले गोरु संरक्षणका लागि गोरु पाल्ने कृषकहरुलाई प्रोत्साहन स्वरुप गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन कार्यक्रमका साथ स्थानीय गोरु संरक्षणका लागि अनुदान दिने कार्यक्रम सञ्चालन गरिनेछ ।
– हरेक वडामा वडास्तरीय भेटेनरी माइनर ल्याव स्थापना गरिने छ ।
उद्योग तथा वाणिज्य
– उद्यमशिलताको विकास गर्न विगत वर्षदेखि निकै प्रभावकारी रुपमा सञ्चालन भएको अध्यक्षसँग सिप विकास कार्यक्रमलाई यस वर्ष पनि थप प्रभावकारीताका साथ सञ्चालन गरिनेछ ।
– गत वर्ष ६ चरणको तालिम सञ्चालन गरी ८६ जना नयाँ उद्यमीहरु सिर्जना गरेको र ती नयाँ उद्यमीहरुलाई उद्यमशिलतामा जोड्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
– गाउँपालिका भित्र उत्पादन हुने सिन्की, भांगो, हसिया, कोदाली, हस्तकलाका सामग्रीहरुका साथै नाङ्लो, डाली, मकैको भुत्लाबाट निर्माण हुने फूलजन्य सामाग्रीहरु संकलन गरि वजारीकरण गर्ने उद्देश्यले काठेखोला कोशेली घर सञ्चालन गरिनेछ । जहाँबाट गाउँपालिका भित्रका विभिन्न क्लव, संघ संस्थाहरुले आयोजना तथा सञ्चालन गरिने मेला, महोत्सवहरुमा उपहार तथा मायाको चिनो दिने व्यवस्था मिलाइने छ ।
– गाउँपालिका भित्र रहेका खनिज उत्खनन्का लागि अनुसन्धान गर्न संघ तथा प्रदेश सरकारसंग समन्वय गरी श्रोत जुटाउन आवश्यक पहल गरिने छ ।
– हाम्रा हरेक उत्पादनहरुलाई लघु तथा घरेलु उद्योगको रुपमा विकास गरि गाउँका उत्पादनहरुको संकलन, स्तरीकरण र व्राण्डिङ गरि वजारीकरणको नीति लिइनेछ । यहाँ उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारहरुलाई अझ थप व्यवस्थित गरि गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– काठेखोला गाउँपालिकाको १ मा हाटबजार अक्षेते हाटबजार, काठेखोला–७ रेशमा निर्माणाधीन औद्योगिकग्राम र काठेखोला–५ बिहुँको रिजालचोक बजार क्षेत्रले यहाँ उत्पादन हुने कृषि तथा पशुजन्य सामग्रीहरुको वजारीकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्नेछन् । गाउँपालिका भित्रका लघु उद्यमीहरुले उत्पादन गरेका बस्तुहरुको बजारीकरण र बिक्री वितरणका लागि उपयुक्त ठाउँमा हाट बजार, संकलन तथा वितरण केन्द्रको व्यवस्था गरि सञ्चालन गरिनेछ । ति बजार क्षेत्रहरुलाई सुचना प्रविधिको समेत उच्चतम उपयोग गरि उत्पादित सामग्रीको वजारीकरण गर्न बिशेष ध्यान पुराईनेछ ।
– कृषि, दुग्धजन्य, मासुजन्य साना तथा मझौला उद्योग स्थापनाका लागि प्रोत्साहन गरिनेछ ।
– बदलिँदो बजार मागलाई ध्यान दिदै यस क्षेत्रका रैथाने बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई (क्यान्डी), जुस, अचारलाई व्यावसायिक बनाउँदै गाउँपालिका भित्रका सवै वडाहरुमा कम्तिमा तीनवटा स्थानीय उत्पादनको ब्रान्डिङ, प्याकेजिङ र लेवलिङ गरी बजार व्यवस्थापन गरिने छ ।
– काठेखोला गाउँपालिकामा पहिलो र नविनतम उद्योगको रुपमा स्थापना भएको कोदोको बिस्कुट उद्योगलाई थप व्यवस्थित, प्रोत्साहन र आवश्यक बजारीकरणको लागि आवश्यक पहल गरिने छ ।
– गाउँपालिकाभित्र उत्पादन हुने कृषि उत्पादनको सर्वेक्षण गरि बास्तविक तथ्याङ्क लिइने छ ।
– यस क्षेत्रमा निकै प्रसिद्ध परंपरागत सीपमा आधारित नाङ्लो, डालो, काठको ठेकी, मान्द्रो लगायतका उत्पादनलाई अन्तरपुस्ता हस्तान्तरण र आधुनिकीकरण तर्फ बिशेष जोड दिइनेछ ।
– सवै किसिमका गरिवी निवारणका लागि संघिय सरकारको ससर्त अनुदानमा सञ्चालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) लाई क्रमशः आन्तरिकीकरण गर्दै जाने नीति लिइने छ ।
पर्यटन
काठेखोलामा रहेका प्रकृति, संस्कृति र मानव निर्मित ऐतिहासिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष ध्यान पु¥याइने छ ।
– पछिल्लो समय आम नागरिकहरु बीच निकै लोकप्रिय बन्दै गइरहेको होमस्टे ब्यवसाय काठेखोला गाउँपालिकामा ८ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेको र उक्त होमस्टेलाई अझै थप व्यवस्थित रुपमा सञ्चालन गर्न होमस्टे व्यवसायलाई उत्प्रेरित गरिनेछ । होमस्टेहरुमा पर्यटकहरुको आगमनलाई ध्यानमा राखी पर्यटन प्रवद्र्धनका नयाँ नयाँ कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ ।
– प्राकृतिक, सांस्कृतिक, कृषि, धार्मिक क्षेत्रमा आधारित काठेखोला गाउँपालिकाको सबै प्रकारका पर्यटनलाई वातावरण मैत्री बनाई पर्यापर्यटनको रुपमा विकास गरिने छ । स्थानीय समुदायमा आधारित पर्यटनलाई बढावा दिई पर्यटनलाई जीविकोपार्जनसंग जोडिने छ । ग्रामिण पर्यटनको रुपमा विकास गर्न होमस्टेहरुलाई थप प्रर्वद्धन तथा व्यवस्थित तवरले सुधार गरिने छ ।
– आन्तरिक र बाह्य होमस्टे अध्ययन अवलोकन तथा आन्तरिक होमस्टे ब्यवसायहरुमा नियमित अनुगमन गरिने छ । प्रदेशको पर्यटन गन्तव्यको रुपमा गाजाको धुरी, हलहले, शिवधुरी, रामकोट र झुलेनी लगायतका स्थानहरु सुचिकृत भएको र थप कार्यक्रमहरु संचालनका लागि सरोकारवाला वीच समन्वय गरिनेछ ।
– ससस्त्र द्वन्द्वकालमा ज्यान गुमाएका शहीदहरुको सम्झनामा काठेखोला १ पालामा शहीद स्मृति पार्क निर्माण भईरहेको र त्यसलाई द्वन्द्वकालको अध्ययन केन्द्रका रुपमा विकास गरिनेछ ।
– काठेखोला गाउँपालिकाद्धारा सिक्किम, इलामलगायतका ठाउँहरुमा गरिएको अध्ययन अवलोकन भ्रमणको क्रममा देखेका र प्रत्यक्ष अनुभुत गरेको चियाखेति विस्तारलाई काठेखोला गाउँपालिकाको रेशको तिङरिङ, विहुकोटको भ्युटावर, घोडाँबाँधे, धम्जाको देउराली, ओख्ले, असौजे, तंग्रामको खोर, वसन्ताप लगायतका ठाउँहरुमा विस्तार गरिनेछ । काठेखोला गाउँपालिका, वडा नं. ७ रेशमा रहेको चियाखेतीले उत्पादन समेत दिन सुरु गरि सकेको र यसलाई आयआर्जन र पर्यटन प्रवद्र्धनसँग जोडी उक्त ठाउँमा क्षेत्र विस्तार गरी थप चिया खेती विस्तार गरिनेछ ।
– बेलढुंगा क्षेत्रलाई थप व्यवस्थित गरि पर्यटकहरुको पहिलो रोजाइमा पर्ने गरि त्यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिइने छ । पर्यटकहरुको सहजताको लागि बेलढुंगादेखि पञ्चकोटसम्मको साइकिल लेन निर्माण गरिने छ ।
– मध्यपहाडी लोकमार्ग खहरे, शहीद स्मृति पार्क पाला, भिमपोखराको भिमादरवार, दोयरी बस्ती, धम्जाको वेलढुंगा, तंग्रामको खोर ताल, वसन्ताप, जनजाति सांस्कृतिक संग्राहलय, जिमाक सांस्कृतिक एवम संगीत संग्राहलय, त्रिपुरेश्वर मन्दिर, विहुँकोट, रामकोट, घोडावाँडे, भ्यु टावर, शिवधुरी, लेखानीको हलहले, वौद्ध गुम्बा हँुदै रेशको ओदानडाँडा मन्दिर र रेशको चिया वगान घुम्ने गरी पर्यापर्यटन रुटको विकास गरी आवश्यक पुर्वाधार निर्माणका लागि पहल गरिनेछ ।
– नीजि क्षेत्रसंग समन्वय गरी जडिबुटी उत्पादन र प्रशोधन केन्द्र स्थापना तथा संचालनको वातावरण मिलाइने छ । गाजाको धुरी, शिव धुरी, झुलेनीको धुरी, हलहले क्षेत्रलाई पर्यापर्यटन गन्तव्यका रुपमा विकास गरिनेछ भने वडा नं. ५ विहुकोटको रामकोट, वडा नं. ६ का विहुँकोट मन्दिर तथा भिमादरवार क्षेत्रलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ ।
– स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई लगानीको वातावरण तयार गरि विहँुकोट स्थित थामनेटा, घोडावाँधे, भ्यू टावर क्षेत्रलाई रिर्सोट, होटल तथा तालिमकेन्द्रको हवको रुपमा विकास गर्न पहल गरिनेछ ।
– गाउँपालिकाभित्रका मुख्य स्थान चोकहरुमा पर्यटकीय क्षेत्रको परिचय सहित पर्यटकहरुका सहजताका लागि चिनारी बोर्ड राखिनेछ । साथै पर्यटन पदमार्गको लागि सूचनावोर्ड निर्माण तथा बाटो निर्देशक सूचकको समेत व्यवस्था गरिनेछ ।
– काठेखोला गाउँपालिका वडा नंं. ४ तंग्र्राममा निर्माणाधीन अवस्थामा रहेको जनजाति संग्राहलय र संगित संग्राहलयलाई पर्यटन प्रवद्र्धन संगै सम्वन्धित क्षेत्रको अध्ययन केन्द्रका रुपमा विकास गरिनेछ ।
सहकारी
– आम नागरिकहरुको वीचमा लोकप्रिय र बेसहाराहरुको सहारा बन्दै गईरहेको सहकारी क्षेत्रलाई थप व्यवस्थित र पारदर्शि बनाइ बढीभन्दा बढी नागरिकहरुलाई सहकारीमा समाहित गर्न विशेष ध्यान पु¥याइनेछ ।
– सहकारीहरुको माध्यमबाट उत्पादनशिल क्रियाकलापमा संलग्न नागरिकहरुको पूँजी संकलन तथा परिचालन गरी साना तथा स्वरोजगारीका अवसर श्रृजना गरी गरिबी न्यूनिकरण गर्ने योजनालाई निरन्तरता दिइनेछ ।
– नागरिकहरुलाई सहकारीप्रति आकर्षित गर्न सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरिने छ । साथै कर्मचारीहरुको क्षमता विकास गर्दै आर्थिक पारदर्शिता कायम गर्न सहकारी लेखा व्यवस्थापन तालिम सञ्चालन गरिने छ ।
– कृषि समूह निजी फर्म र सहकारीहरुको दर्ता तथा कार्यक्षेत्र अनुमति जस्ता विषयहरुलाई व्यवस्थित ढंगले अघि बढाइनेछ ।
– सहकारी नियमन तथा अनुगमनलाई प्रभावकारी बनाई नागरिकको वित्तिय सम्पत्तिलाई सुरक्षित गर्न विशेष ध्यान पु¥याइने छ ।
– कृषि लगायत विषयगत सहकारीलाई सो क्षेत्रमा केन्द्रित भै लगानी गर्ने नीतिलाइ कदाईका साथ कार्यान्वयन गरिनेछ ।
– गाउँपालिका भित्रका सहकारी संस्थाहरुको दर्ता, अनुगमन, नियमन तथा सचेतना एवम लेखा ब्यवस्थापन कार्यक्रम संचालन गरिनेछ ।
– छरिएर रहेको ग्रामीण पूँजी एकिकृत गर्ने दरिलो माध्यमका रुपमा रहेको सहकारीलाई ग्रामीण अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गरिनेछ ।
– सहकारी संस्थाहरुको संस्थागत सुशासन प्रवद्र्धन गर्दै निच्छेपकर्ताहरुको हित र संरक्षणका लागि विभिन्न विषयगत सहकारी सम्वन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान गरी दैनिक उपभोग्य बस्तु, कृषि, वन, मत्स्य तथा पशुजन्य पदार्थ उत्पादन र विक्री वितरण गर्ने सहकारीलाई विशेष अनुदानको व्यवस्था गरिनुका साथै मुख्य बस्तीहरुमा सुपथ मूल्यमा सहकारी पसल सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
– अव्यवस्थित रुपमा सञ्चालनमा रहेका सहकारी संस्थाहरुको अनुगमन गरि सुधार गर्न प्रोत्साहन गरिने र सो अनुसार नभएमा नियमानुसार कार्वाहीको प्रक्रिया अगाडी बढाइनेछ ।
युवा तथा श्रम रोजगार
– जोश, जाँगर, श्रम र सीपले भरिएका युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जनाको वातावरण निर्माणका लागि प्रोहोत्साहन गरिनेछ । वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि सचेतना अभियान सञ्चालन गरिनेछ ।
– युवाहरुको लागि गत वर्षदेखि नै सुरुवात गरिएको लामो तथा छोटो अवधिको सीप विकास तालिम यस बर्ष पनि सञ्चालन गरिनेछ । उक्त सीप विकासका तालिमहरु मार्फत सीपयुक्त युवा जनशक्ति तयार गरि रोजगारी, स्वरोजगारी सिर्जना एवम युवाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
– काठेखोला गाउँपालिकाभित्र संचालन हुने योजना तथा आयोजनाहरुमा स्थानिय श्रममा आधारित रोजगार सिर्जना हुने गरि अभियान सञ्चालन गरिनेछ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रमलाई वडासहितको साझेदारी प्रकृयालाई निरन्तरता दिईने छ । साथै यो कार्यक्रमसंग पर्यटन पदमार्ग निर्माणका लागि साझेदारी व्यवस्थापनमा जोड दिईनेछ ।
– प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका आयोजनामा काम गर्नु पूर्व स्थलगत अभिमुखिकरण तथा कार्य स्थल सुरक्षा सामाग्रीको व्यवस्था र कार्य स्थल दुर्घटना वीमाको कार्यलाई निरन्तरता दिईनेछ ।
– श्रमको सम्मान गर्ने संस्कारको विकास गदै श्रमिक मजदुरहरुको सामाजिक सुरक्षा र आर्थिक सक्षमता विकासको लागि आवश्यक व्यवस्था गरिनेछ ।
– स्थानीय तहबाट नै श्रम स्वीकृतीको प्रक्रियालाई अझै प्रभावकारी र सेवाग्राही मैत्री बनाइनेछ ।
– वैदेशिक रोजगारीमा जाने नयाँ तथा पुराना व्यक्तिहरुको श्रम स्विकृतिको लागि सहजिकरण गर्ने साथै श्रम स्विकृती लिएर बैदेशिक रोजगारीमा गएका र अलपत्र परेका व्यक्तिहरुलाई राहत उद्धारमा रोजगार सेवा केन्द्र मार्फत् सहजीकरणको कार्यलाई निरन्तरता दिईनेछ ।
– गाउँपालिकाको रोजगार रणनिति निर्माण गरि नागरिकलाई व्यावसायिक सीप विकास, रोजगार प्रवद्र्धन, उत्पादनशील रोजगार सिर्जना, उद्यमशिलता प्रवद्र्धन, वैदेशिक रोजगार तथा आप्रावासन लगायतका श्रम तथा रोजगार सम्वन्धि सेवा तथा सुविधा स्थानीय तहबाट एकिकृत रुपमा प्रदान गरिनेछ ।
– वैदेशिक रोजगार सुरक्षित, मर्यादित तथा व्यवस्थित गराउन थप पहल गरिनेछ । त्यसका लागि सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ । काठेखोला गाउँपालिकाका बासिन्दालाई विदेशमा काम लाग्ने खालको सीप तालिम लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्थाका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गरिनेछ ।
– वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप, पूँजी र प्रविधिको उच्चतम प्रयोगका गरी पालिकाको आर्थिक वृद्धिमा टेवा पुर्याइनेछ । त्यसका लागि आवश्यक कार्यक्रम तथा नीतिको व्यवस्था गरि पुन एकीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
– वैदेशिक रोजगारमा गएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरुमा देखापर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखीम न्यूनीकरण तथा ब्यवस्थापनको लागि व्यक्तिगत र सामूहिक मनोपरामर्श सेवाका कार्यक्रम सञ्चालन गरिनेछ ।
– विद्यालय तहबाट नै मानसिक स्वास्थ्य सचेतनाका क्रियाकलापहरु सञ्चालन गरिनेछ ।
– वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तिय साक्षरता कार्यक्रमलाइ अभियानको रुपमा सञ्चालन गरिनेछ । वित्तीय साक्षरता सम्बन्धी ज्ञान वृद्धि तथा सचेतनाको एकीकृत कार्यक्रम सञ्चालनको लागि वित्तीय साक्षरता रणनीतिक योजना तयार गरिनेछ । बैङ्क तथा वित्तीय संस्थाहरुमार्फत् सञ्चालन हुने वित्तीय साक्षरता कार्यक्रमलाई गाउँपालिका मार्फत एकद्वार प्रणाली मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
– सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चेतनामुलक डिजिटल बोर्ड तथा होडिङ बोर्डहरु विभिन्न स्थानहरुमा राख्ने व्यवस्था गरिनेछ ।
– वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको निशुल्क सीप परीक्षणको व्यवस्था गरिनेछ ।
– विगत केही वर्षदेखि निकै प्रभावकारी रुपमा सञ्चालन भइरहेको गरिवी निवारणका लागि लघुउद्यम कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमलाई यस क्षेत्रको श्रम रोजगार र विकास निर्माणका लागि साझेदारी कार्यक्रमको रुपमा सञ्चालन गरिनेछ । यस अगाडी भएका तालिमहरुको प्रभावकारीता अध्ययन गर्दै उद्यम पर्वद्धन, रोजगारी र स्वरोजगारी वनाउदै सामग्रीहरुको उत्पादन तथा वजारीकरणको व्यवस्था मिलाइनेछ ।
आदरणीय गाउँसभा सदस्यज्यूहरु,
अव म सामाजिक विकास तर्फ हामीले लिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु ।
२. सामाजिक विकासतर्फ
शिक्षा
– नेपालको शिक्षा नीतिलाई पूर्णरुपमा अवलम्वन गर्दै गुणस्तरिय शिक्षालाई विशेष जोड दिइनेछ । काठेखोला गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि अध्यक्षसँग शैक्षिक सुधार कार्यक्रम सञ्चालन गरिने छ ।
– ईमिस. सिइएचआरडी प्रणालीमा अध्यावधिक गरिनेछ । यसबाट सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धि सहित विद्यालय थप व्यवस्थित हुने विश्वास लिएको छु ।
– काठेखोला गाउँपालिको शैक्षिक विकासका लागि ‘काठेखोलावासीको ईच्छा, गुणस्तरिय, व्यवहारिक र प्रविधिमैत्रि शिक्षा’ भन्ने नाराका साथ यस क्षेत्रको शिक्षालाई वैज्ञानिक तवरले व्यवस्थापन गरिनेछ । यसका लागि आवश्यक पर्ने भौतिक पुर्वाधारहरु र मानव संशाधनलगायतका शैक्षिक विषयमा विशेष ध्यान दिइने छ ।
– अंग्रेजी माध्यमको पढाइलाई अझै थप ब्यवस्थित ढंगले सञ्चालन तथा व्यवस्थापन गरी सामुदायिक बिद्यालय प्रति आकर्षण बृद्धि गरिनेछ ।
– शिक्षा क्षेत्रलाई आर्थिक तथा सामाजिक रुपान्तरणको सम्वाहकको रुपमा विकास गर्न विशेष ध्यान दिईने छ ।
– भीमसेन क्याम्पस र अमर क्याम्पसको भौतिक पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनमा आवश्यक कदम चालिने छ भने यस क्षेत्रमा सञ्चालित नमूना विद्यालय र प्राविधिक विद्यालयको व्यवस्थापन र सिकाइ उपलब्धि स्तर वृद्धिका लागि विशेष कार्यक्रम ल्याइनेछ ।
– क्याम्पस तहमा अध्ययनरत विद्यार्थीहरुको उद्यम प्रर्वद्धन गर्ने अभिप्रायले काठेखोला गाउँपालिकामा व्यवसाय गर्न चाहनेहरुका लगि अध्यक्ष उद्यम विकास परियोजना कार्यक्रम संचालन गरिनेछ । उद्यम संचालन गर्न चाहने विद्यार्थीहरुको स्टार्टअप बिजनेस प्रस्तावपत्रको आधारमा सुरुवाति लगाानी उपलव्ध गराईने छ । साथै पालिकाका विद्यार्थीहरुलाई सहयोग हुने गरी धौलागिरि वहुमुखी क्याम्पसमा छात्रवृत्ति कोषको स्थापनामा सहयोग गरिनेछ ।
– गाउँपालिकाभित्र अव बन्ने नयाँ संरचनाहरुमा वाल तथा अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा जोड दिईनछ ।
– आम नागरिकहरुमा शैक्षिक जागरणका नविनतम कार्यक्रमहरु ल्याई सबैको लागि शिक्षा सञ्चालनमा जोड दिइने छ । साथै प्रभावकारी अनुगमनका लागि प्रविधिमैत्रि अनुगमन कार्यक्रम संचालन गरिनेछ ।
– शिक्षामा सूचना तथा संचार प्रणालीको प्रयोगमा उच्चतम विकास गरि व्यवसायिक तथा प्राविधिक शिक्षा सञ्चालनलाई पहिलो प्राथमिकतामा राखी शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई आम नागरिकको पहुँचसम्म पु¥याउन प्रभावकारी कदम चालिने छ । शिक्षामा समतामुलक अवसरहरु सुनिश्चित गर्दै शिक्षालाई सीपयुक्त, समय सान्दर्भिक र गुणस्तरयुक्त बनाउन प्रभावकारी कदम चालिने छ ।
– काठेखोला गाउँपालिका भित्रका मा.वि.तथा आधारभुत विद्यालयहरुमा लागु गरिसकिएको स्मार्ट स्कुल सफट्वयर सञ्चालन तथा प्रयोगको अनुगमन र नियमन गरी कार्यन्वयनमा ल्याउन अनुगमन लगायतका आवश्यक प्रक्रिया अगाडी बढाइने छ ।
– गाउँपालिकाले निर्माण गरेको शिक्षा प्रोफाइल र शैक्षिक योजनालाई समयानुकुल अध्यावधिक गरी प्रभावकारी ढंगले कार्यन्वयनमा लैजानका लागि सञ्चालन भइरहेको उपाध्यक्षसँग सघन तथा नियमित अनुगमन कार्यक्रमलाई अझ थप परिमार्जित गरि यस बर्ष पनि निरन्रता दिइनेछ ।
– शिक्षा शाखासँगको प्रधानाध्यापक, प्रधाानाध्यापकसंग शिक्षकहरुको कार्यसम्पादन करार सम्झौता गरिनुका साथै प्रधानध्यापकहरुको गाउँपालिकास्तरीय बैठक, शिक्षक बिद्यार्थी सिकाइ तालिम, क्षमता विकास र अभिभावक सचेतना कार्यक्रम लगाएतका कार्यक्रम सञ्चालनमा पनि उत्तिकै ध्यान दिइनेछ ।
– सबै विद्यालयहरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले यस बर्ष पनि सञ्चालनमा ल्याइने छ । यस कार्यक्रमलाई स्वच्छ, सफा, स्वस्थ, ताजा र जंकफुडरहित बनाउनका लागि प्रयत्न गरिने छ ।
– ‘हाम्रो सवाल, हाम्रै पाठ्क्रम’ भन्ने अभिप्रायका साथ काठेखोलाको चिनारी झल्किने गरि आवश्यकता र वास्तविक जीवनसँग जोड्ने र काम सिकाउने जीवनपयोगी सीपमा आधारित कक्षा १ देखि कक्षा ८ सम्मको स्थानीय पाठ्यपुस्तक प्रकाशन भइ लागु गरिसकिएको तथा कक्षा १ देखि ३ सम्मको पाठ्य पुस्तक तयार गरि कार्यन्वयन गरिएको छ । यस बर्ष स्थानिय पाठ्यक्रम र पाठ्य पुस्तकको समयानुकुल परिमार्जन गर्दै स्थानिय आवश्यक्ता र सवाल हाम्रा विद्यालयहरुमा पठन पाठनको वातावरण तय गरिनुका साथै कक्षा ८ सम्मको पाठ्यपुस्तक निर्माण गरी कार्यन्वयन गरिनेछ ।
– समग्र शैक्षिक प्रणालीमै व्यापक रूपान्तरण ल्याउन शैक्षिक पाठ्यक्रम विकास, पठनपाठनको ब्यवस्थापन, अतिरिक्त क्रियाकलाप ब्यवस्थापन, शैक्षिक पात्रो ब्यवस्थापन, अद्याविधक स्रोत व्यवस्थापन, विद्यालय अविभावक वीचको सञ्चार ब्यवस्थापन, शिक्षण तथा सिकाइ र दस्तावेजीकरण लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रभावकारी उपयोग गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शैक्षिक ब्यवस्थापन सूचना प्रणालीलाई थप प्रभाकारी बनाउदै यसलाई निरन्तरता दिइने छ ।
– वालवालिकाहरुको सिकाई सहजीकरण र गुणस्तर कायम गर्नका लागि अर्ली ग्रोथ लर्निङ कार्यक्रम संचालन गरिनुका साथै विगत देखि नै संचालित काठेखोला गाउँपालिका र बीवाईसी बागलुङ मार्फत भि.एस.ओ.नेपालसँगको साझेदारीतामा काठेखोला गाउँपालिकाको विद्यालयहरुमा सञ्चालन भइरहेको सिकाइ परियोजना कार्यक्रम अन्तरगतका ठुलीदिदीहरुलाई प्रोत्साहन गरिनुका साथै सिकाइ स्केल अपका लागि आवश्यक व्यवस्थापनका लागि पहल गरिनेछ ।
– असल अभ्यासहरुको अनुभव आदान प्रदानका लागि गत बर्ष उत्कृष्ट एवम नमुना विद्यालयसँगै अन्तर विद्यालय शैक्षिक अध्ययन अवलोकन भ्रमणको क्रममा देखेका र प्रत्यक्ष अनुभुत गरेका शैक्षणिक क्रियाकलाप एवम शिक्षण सिकाइका नविनतम अभ्यासहरुलाई आफ्नो विद्यालयमा लागु गर्न अभिप्रेरित गरिनेछ ।
– शिक्षाको पहिलो खुड्िकलोको रुपमा रहेको बाललविकास केन्द्रलाई वालमैत्रि, छापामय कक्षाकोठा व्यवस्थापन गर्दै कार्यरत सहजकर्ताहरु र विद्यालय कर्मचारीहरुलाई नेपाल सरकारले तोके वमोजिमको गतबर्ष देखि नै उपलब्ध गराउदै आइएको न्युनतम पारिश्रमिक यस बर्ष पनि निरन्तरता दिइने छ ।
– सुत्केरी शिक्षिकहरुको बिदा अवधिमा हुने पठनपाठनको रिक्ततालाई ध्यानमा राखी पढाइ रिक्तताको महसुस नहुने गरि सुत्केरी शिक्षिकाको सोधभर्ना शिक्षक तथा व्यवस्थापन कार्यक्रम लाई यसवर्ष पनि निरन्तरता दिइनेछ ।
– निशुल्क रुपमा वितरण गरिदै आइएको सेनिटरी प्याड आगामी वर्ष स्थानीयस्तरमै निर्माण गरी उपलब्ध गराउने ब्यवस्था लाई यस वर्षपनि निरन्तरता दिइने छ ।
– गाउँपालिका भित्रका अन्तर विद्यालयस्तरीय प्रतियोगितात्मक कार्यक्रमलाई जोड दिदै विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने वातावरणको सिर्जना गरिनेछ ।
– काठेखोला गाउँपालिकामा उच्च शिक्षा प्रदान गरिरहेका भीमसेन र विहुँकोट अमर क्याम्पसलाई एकिकृत गरी सञ्चालन गर्न विशेष पहल गरिने छ ।
– गाउँपालिकाभर नै एकै किसिमको विहानी प्रार्थना, प्रार्थना धुन र व्यायामको नीति अवलम्वन गरिने छ । यस वर्ष कला, संस्कृति तथा खेलकुद विकास समिति मार्फत सांगीतिक पिटी प्रशिक्षण सञ्चालन गरिएको जानाकारी गराउँदै यस आ.व.देखि सवै विद्यालयहरुमा सोही प्रकारको पिटी सञ्चालन गर्न निर्देशन गरिनेछ ।
– विद्यार्थीहरुका लागि कला, संगीत र खेल क्षेत्रका प्रतिभाहरुको संरक्षण, संवद्र्धन र उजागर गर्ने अभिप्रायले गत बर्ष देखि नै सञ्चालन गरिएको ‘प्रतिभा पहिचान कार्यक्रम’ यस बर्ष पनि संचालनमा ल्याइनेछ ।
– गाउँपालिका भित्रको शिक्षण सिकाइका साथै मानव मुल्यमा आधारित संस्कार सहितको शिक्षा विकास तथा श्रम र सीपको सम्मान गर्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने अभिप्रायले सृजनशिल शुक्रवार कार्यक्रम संचालन गरिने छ ।
– गाउँपालिका भित्रका तहगत, विषयगत रुपमा नतिजा विश्लेषण गर्ने परिपाटीको विकास गरि उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थी छनौट गरि पुरस्कृत गर्ने परिपाटीको विकास गरिनेछ जुन कार्यको थालनी यसै आर्थिक वर्षदेखि प्रारम्भ गरिएको छ ।
– विद्यालयको आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लगायतका अन्य संघ संस्थासंग समन्वय गरी सम्पन्न गर्ने नीति लिइएको छ ।
– घरेलु हिंसा, लागुऔषध दुव्र्यसन, बालविवाह, मानव वेचविखन जस्ता अपराधको मूल कारण पहिचान तथा निदान गर्न समुदायसँगको साझेदारीमा आवश्यक निगरानी तथा सचेतामूलक कार्यक्रमका लागि पालिका भित्रका प्रहरी चौकीसँग समन्वय र सहकार्य गरिनेछ । साथै विद्यालय स्तरमा पुगी प्रहरी सचेतना कार्यक्रम समेत सञ्चालन गरिने छ ।
स्वास्थ्य
हरेक नागरिकहरुको आधारभुत तथा गुणस्तरीय स्वास्थ्य सेवामा बराबर पहुँच अभिबृद्धि गराउनु हाम्रो पहिलो कर्तब्य हुनेछ जसका लागि ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ अभियान सञ्चालन गरी समुदायमै स्वास्थ्यकर्मि परिचालन गरिने छ । आर्थिक रुपमा अति विपन्न गाउँपालिकावासीहरुको स्वास्थ जाँच र उपचारका लागि आवश्यक प्रबन्ध गरिनेछ ।
– ‘हाम्रो सम्पत्ति र सम्मान ः जेष्ठ नागरिक’ भन्ने नाराका साथ जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिनेछ ।
– काठेखोला गाउँपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुलाई अरु ब्यवस्थित गरि सबै वार्डहरुमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माणमा विशेष जोड दिईनेछ भने सुरक्षित सुत्केरी गृहलाई अझ सुबिधा सम्पन्न बनाउन आवश्यक पहल गरिनेछ ।
– सवै नागरिकहरुलाई मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध मिलाइने छ ।
– गुणस्तरिय स्वास्थ्य सेवामा सबैको पहुँच बृद्धि गर्न नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रमलाई अवलम्वन गर्दै प्रभावकारी ढंगले कार्यान्वयनमा जोड दिईनेछ ।
– विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको नियमित स्वास्थ परिक्षण र स्वास्थ्य अभिमुखिकरण कार्यक्रम सञ्चालनका लागि विद्यालय स्वास्थ्य कार्यक्रम संचालनको व्यवस्था मिलाइनेछ ।
– नवजात शिशु र गर्भवति महिलाहरुको स्वास्थ्यलाई बिशेष ध्यानमा राखी पोषण सुधारका लागि सञ्चालन गरिएको आमा सुरक्षा कार्यक्रम यस बर्षपनि सञ्चालनमा ल्याइनेछ । उक्त कार्यक्रममार्फत् अन्डा, आयोडिन नुन लगायतका पोषणयुक्त खाद्य सामाग्री बितरण गर्नुका साथै सुत्केरी महिला घरभेट कार्यक्रम समेत सञ्चालन गरिने छ ।
– वार्ड स्तरमा रहेका स्वास्थ्य चौकीहरुको स्वास्थ्य सेवा प्रवाहलाई अझै व्यवस्थित गर्न स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक बजेट ब्यवस्थापन गरिनेछ ।
– बर्थिङ्ग सेन्टर र स्वास्थ क्लिनिकहरुको सेवालाई थप स्तरोन्नति गर्ने क्रममा प्रयोगशालासहितको सेवा उपलब्ध गराउने कार्यक्रम संचालनमा बिशेष जोड दिइने छ । प्रयोगशाला सेवा आगामी आर्थिक वर्षमा पाला र विहुमा समेत विस्तार गरिनेछ ।
– महिला स्वास्थ्य स्वयमसेविकाहरुले सेवाभावले समुदायमा गरेको कामको उच्च मुल्यांकन गर्दै उहाहरुलाई थप प्रोहोत्साहन कार्यक्रम संचालनमा ल्याईनेछ ।
– महिला स्वास्थ्य स्वयंसेविकाहरुको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरुको सेवालाई प्रभावकारी बनाउन जोड दिइने छ । स्वयमसेविकाहरुको बार्षिक तथा अर्धबार्षिक समिक्षा गरि टोलबस्तीको स्वास्थ्य स्थिति जानकारी लिनुका साथै विगतको समिक्षा र आगामी कार्यक्रमको तर्जुमा गरिनेछ । त्यसैगरि उमेर हद नाघेका सामुदायिक महिला स्वास्थ्य स्वयमसेविकाहरु लाई नगद सहितको विशेष सम्मान गरि विदाई गरिनेछ ।
– पालिकालाई क्षयरोग मुक्त पालिकाका रुपमा विकास लागि आवश्यक पहल गरिनेछ ।
– अहिले पनि बालविवाह गर्ने गरेको पाइएकोले त्यसलाई न्युनिकरण गर्न सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
– यसै पालिकाभित्र स्थायी घर भै प्रोटोकल वमोजिम गर्भवति जाँच गरेका, वर्थिङ सेन्टरमा प्रसुति भई उत्तर प्रसुति सेवा लिने सुत्केरीका लागि पोषण सुधारका लागि प्रोहत्साहन कार्यक्रम संचालनमा ल्याईनेछ ।
– विद्यालय स्तरमा पुगी लागु औषध, मानसिक स्वास्थ्य र नसर्ने रोगहरुको बारेमा विद्यार्थीहरुलाई सुसुचित गरिनेछ ।
– गरीब तथा पछाडी परेका बिपन्न नागरिकहरुलाई लक्षित गरि विगत बर्ष देखिनै सञ्चालन गरिदै आइएको विपन्न नागरिकहरुलाई यस बर्ष पनि निःशुल्क स्वास्थ्य बीमा गरिनेछ ।
– स्वास्थ्य संस्थावाट उपलव्ध हुने निशुल्क औषधिको कमि हुन नदिन आवश्यक व्यवस्था मिलाइनेछ ।
– स्थानीय स्तरमा पाइने जडिबुटी परिचयात्मक कार्यक्रम सञ्चालन गरि नागरिकहरुलाई हाम्रा बन जंगलहरुमा पाईने जडिबुटिको बारेमा सुसुचित गरिनेछ ।
– आर्युवेद शाखाको आफ्नै जग्गामा भवन निर्माण गरि आफ्नै भवनबाट आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
– पर्याप्त मात्रामा आयुर्वेद औषधि खरिद गरि सेवा प्रदान गरिनेछ ।
– सुविधा सम्पन्न कक्ष व्यवस्थापन गरि स्वेदन बास्प मेसिन सञ्चालनमा ल्याइने छ ।
– आयुर्वेदिक विधिको औषधोपचारका वारेमा जनस्तरमा सचेतना लगायतका कार्यक्रमहरु संचालन गरिनेछ ।
– योग शिविर, प्रशिक्षण, आर्युवेद स्वास्थ्य शिविरको व्यवस्था मिलाइनेछ ।
खानेपानी तथा सरसफाइ
– नागरिकहरुलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्न गाउँपालिका भित्र भएका खानेपानीको मुलहरुको सम्भाव्यता अध्ययन गरिएको जानाकारी गराउदै गाउँपालिकाभित्रका नागरिकहरुलाई स्वच्छ र सफा खानेपानीको प्रबन्ध मिलाइनेछ ।
– मुल दर्ताको कार्यलाई कार्यक्रमकै रुपमा अगाडी वढाउनुका साथै हाल प्रयोगमा रहेका खानेपानीको अवस्था मुल्यांकन गर्नका लागि खानेपानी स्वच्छता परिक्षण गरिनेछ ।
– पानीको श्रोत नभएका बस्तीहरुमा जमिन मुनीबाट पानी निकाल्ने प्रविधिको प्रयोग गरि नागरिकहरुलाई स्वच्छ खानेपानीको ब्यवस्था मिलाईनेछ । वडा नं.५ र ६ मा रहेको केही टोलबस्तीहरुमा खानेपानीको निकै समस्या रहेको र श्रोतको पनि अभाव रहेकोले विज्ञहरुद्धारा सम्भाव्यता अध्ययन गरिसकिएको र प्रर्याप्त मात्रामा जमिनमुनी पानी भएको रिपोर्ट प्राप्त भएसंगै वोरिङ प्रविधिको प्रयोग गरी जमिन मुनीको पानी निकाल्ने काम अव छिट्टै सुरुवात गरिने सभा समक्ष जानकारी गराउदछु ।
– खानेपानीको स्वच्छता र सरफाईका लागि वडा तथा टोल स्तरमा रहेका खानेपानी उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
– सवै नागरिकहरुमा खानेपानी पहुँच बृद्धि गर्न खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रम (ल्ध्ब्क्ज्) कार्यक्रमलाई लागू गरिनेछ ।
कला, संस्कृति तथा खेलकुद
– काठेखोला गाउँपालिकाको खेलकुद, कला, साहित्य र संस्कृतिको संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन र प्रतिभा पहिचान गराउने उद्धेश्य राखी यस बर्ष पनि तेश्रो अध्यक्षकप एवम छैठौं राष्ट्रपति रनिङ शिल्ड तियोगिता सञ्चालन गरिने छ । यी दुवै प्रतियोगितात्मक कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका गर्न काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिलाई पूर्ण जिम्मेवारी दिइने छ ।
– खेलकुद क्षेत्रमा आम नागरिकहरुलाई आकर्षित गर्न काठेखोला गाउँपालिकाको पहिचान दिने गरि यस बर्ष कला, संस्कृति तथा खेलकुद विकास समितिको आयोजना र अन्य नगरपालिका तथा गाउँपालिकाहरुको सहयोगमा काठेखोला गाउँपालिकामा पहिलो पटक राष्टियस्तरको कराते प्रतियोगिता सञ्चालन गरिने छ ।
– काठेखोला गाउँपालिका कला, साहित्य र संस्कृतिले सजिसजावत गाउँपालिका हो । यहाँको खेलकुद विकासमा भएका पछिल्ला गतिविधिहरुले गाउँपालिकाको खेलकुद क्षेत्र साँच्चिकै उज्वल देखिन्छ । यहाँको कला, साहित्य, संस्कृति र खेलकुद क्षेत्रलाई थप व्यवस्थित गर्न काठेखोला गाउँपालिका स्तरीय कला संस्कृति तथा खेलकुद विकास समितिलाई अझै क्रियाशिल बनाई प्रभावकारी ढंगले सञ्चालन गरिने छ ।
– खेलाडी उत्पादन तथा प्रशिक्षणका लागि प्रतिभाहरुको संरक्षण एवम उजागरण गर्ने उदेश्यले विद्यालय स्तरमा खेलकुद तथा साहित्यिक प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको र यसलाई यस वर्ष पनि निरन्तरता दिईने छ ।
– काठेखोला गाउँपालिका वडा नं. ७ रेशको खेदकुद मैदान र कभर्डहल सहितको बिहुँकोट खेलमैदानलाई थप व्यवस्थित गरि गाउँपालिका स्तरिय कार्यक्रम सञ्चालन गर्न योग्य खेलमैदानका रुपमा विकास गरिनेछ । काठेखोला–४ तंग्राममा निर्माणाधिन अवस्थामा रहेको कभर्डहललाई यसैबर्ष सञ्चालनमा आउने गरि ब्यवस्थापन गरिनेछ ।
– काठेखोला गाउँपालिका भित्रका विभिन्न विधाका उत्कृष्ट खेलाडी एवम साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा बिशेष योगदान पु¥याउनुहुने बिभिन्न प्रतिभाहरुलाई सम्मान एवम् प्रोहोत्साहन गरिनेछ ।
– हाम्रो गाउँपालिकामामा बिस्तारै लोप हुदै गइरहेको यानीमाया, सालैजो, सोरठी, भ््mयाउरे लगायतका पुराना मौलिक भाकाहरु, लोक नृत्य र लोक बाजाहरुको संरक्षण र उजागर गर्ने कार्यमा बिशेष जोड दिईने छ ।
– गाउँपालिका भित्रका बिभिन्न धर्म, क्षेत्र र जातिहरुको धार्मीक एवम पौराणिक सांस्कृतिक धरोहरहरुको संरक्षण गरि त्यस्ता धार्मिक एवम सांस्कृतिक धरोहरहरुलाई सुन्दर र रमणीय स्थल बनाई पर्यटन प्रवद्र्धन गर्न जोड दिइने छ ।
– काठेखोला गाउँपालिका क्षेत्रमा गरिने परम्परागत संस्कार संस्कृतिहरुको जिवित रुपमा नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । सोरठी जस्ता पुराना एवम मौलिक संस्कृतिलाइ संरक्षण तथा संवद्र्धनमा बिशेष पहल गरिनेछ ।
– काठेखोला गाउँपालिका भित्र आयोजना हुने मेला, महोत्सवहरुमा सोरठी, झ्याउरे, भजन, लगायतका विविध जातीय भेषभुषा, कला साहित्य, संगित क्षेत्रको सांस्कृतिक झाँकीहरु प्रदर्शन गर्ने नीति लिइनेछ ।
– ्स्थानीय स्तरमा रहेका खेलकुद तथा कला, साहित्य र संस्कृति संग सम्वन्धित क्लव, संघ, संस्था, सांस्कृतिक परिवार लगायतका संस्थाहरु दर्ता तथा सुचिकृत हुने ब्यवस्था व्यवस्था गरिएको छ दर्ता, सुचिक्रित तथा नविकरण गर्ने कार्यलाई यसबर्ष कदाईका साथ कार्यन्वयन गरिनेछ ।
– सवै खेल विधाहरुलाई प्राथामिकतामा राखी वडा स्तरका मैदान निर्माण कार्यलाई व्यवस्थित गराउदै खेलकुद प्रतियोगिताहरु संचालनमा प्रोत्साहन गरिनेछ ।
सामाजिक समावेशीकरण
– राज्य र विकासको मुल प्रवाहिकरणवाट पछाडि परेका र पारीएका बर्ग एवम समुदायहरुलाई मुल प्रवाहमा समाहित गर्नु हाम्रो दायित्व हो । नेपाल सरकारले लागू गरेको लैंगिक समानता र सामाजिक समावेशीकरणको नीतिलाई हामीले पुर्ण रुपमा अवलम्वन गरिनेछ ।
– विभिन्न क्षेत्रबाट पछाडि पारिएका महिला, दलित, आदिबासी, जनजाति, अल्पसंख्यक, जेष्ठ नागरिक, बालबालिका र आपांगता भएका ब्यक्ति तथा बर्गलाई राज्य र विकासको मुल प्रवाहमा समाहित गर्न आवश्यक कदम चालिनेछ । सामाजिक र आर्थिक अवसरहरुमा समान सहभागिता सुनिश्चित गरि लैंङ्गीक मुल प्रवाहिकरण र शसक्तिकरण गर्ने अभिप्रायले हरेक लक्षितबर्गको ‘समाबेशी, सामाजिक एवम आर्थिक शसक्तिकरण अभियान’ सञ्चालन गरिनेछ । उक्त अभियानले लैङ्गिक र जातिय समानता मार्फत मर्यादित, न्यायपूर्ण सुरक्षित र सभ्य समाजको विकास हुने लक्ष्य लिईएको छ ।
– एकातिर सामाजिक विभेद र अर्कोतिर गरिबी र विपन्नताको अभावमा जिवन बिताइरहेका दलित समुदायहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी यस बर्ष काठेखोला गाउँपालिका भित्रका सम्पूर्ण दलित समुदायका नागरिकहरुलाई निशुल्क स्वास्थय विमा गर्ने गरी ‘अध्यक्षसँग दलित नागरिक स्वास्थ्य विमा कार्यक्रम’ सञ्चालन गरिने छ । साथै गाउँपालिकाभित्रका सवै बर्ग, लिङ्ग र समुदायका विपन्न नागरिकहरुका लागि हाम्रो कार्यअवधिमा एक हजार घर धुरीलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराई प्रत्येक वडाका २५ घर धुरीलाई वार्षिक रुपमा निशुल्क स्वास्थ्य विमा गरिने कार्यलाई यस वर्षपनि निरन्तरता दिइने छ ।
– सशक्तिकरण कार्यक्रम संगै उनीहरुको आर्थिक विकासमा टेवा पुग्ने खालका क्षमता विकास तथा सिपमुलक र आय आर्जनका कार्यक्रममा पनि उत्तिकै जोड दिईनेछ । लक्षित समुदायहरुको सीप, क्षमता विकासका लागि अध्यक्षसँग सीप विकास कार्यक्रमसँग जोडी आवस्यक शिप विकास तालिम संचालनमा जोड दिइनेछ । भने दलित समुदायको पुख्र्यौली पेशा सुधारका लागि गत वर्ष ६८ जना दलित समुदायका नागरिकहरुलाइ आय आर्जनका लागि बाख्रा लगायतका सामग्री वितरण कार्यक्रम र १४ जना आरन व्यवसायीहरुका लागि औजार तथा प्रविधि बितरण गरिएको सभा समक्ष जानाकारी गराउदै यस कार्यक्रमलाई यस वर्ष पनि सीप विकास कार्यक्रम सहित निरन्तरता दिइनेछ ।
– यस क्षेत्रका दलित, महिला, जनजाति, अपांगता भएका व्यक्तिहरु तथा काठेखोला गाउपालिकाका सवै जाति समुदाय लिंगको प्रतिनिधित्व गर्दै सशक्तिकरण र क्षमता विकास गराउदै मुल प्रवाहिकरणमा ल्याउन आवश्यक पहल गरिनेछ । अझैपनि सामाजिक विभेदको रुपमा रहेको जातिय छुवाछुत प्रथालाई जरैदेखि उन्मुलन गर्न बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ । साथै दलित समुदायहरुको शसक्तिकरण र आर्थिक आयआर्जन बृद्धि गर्न दलित सशक्तिकरण अभियान सञ्चालन गरिने छ ।
– परम्परागत सीप तथा पेशालाई आधुनिकीकरण र व्यावसायिकरणको वातावरण मिलाइनेछ । जेष्ठ नागरिकहरुमा रहेको ज्ञान सीपलाई अन्तर पुस्ता सीप हस्तान्तरणको व्यवस्था मिलाइनेछ ।
– आर्थिक रुपमा विपन्न दलित समुदायहरुको शैक्षिक विकासमा जोड दिदै विद्यार्थीहरुका लागि शैक्षिक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
– दलित समुदायहरुको आय आर्जनमा वृद्धि गर्न आयआर्जन तथा स्वरोजगार कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटसहित कार्यक्रम सञ्चालन गरिने छ ।
– चालु आ.व.मा महिला उद्यमशिलता विकास तालिम सञ्चालन गरी ८७ जना नयाँ महिला उद्यमीहरु सिर्जना गरिएको र यसवर्ष पनि महिलाहरुमा उद्यमशिलताको विकास गरि सीप विकास कार्यक्रम सञ्चालन गरिने छ । साथै गाउँपालिका भित्रका किशोरीहरुका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिनेछ ।
– महिलाहरुको नेतृत्वमा सञ्चालन भएका गाउँपालिकाभित्रका महिला सहकारी संस्थाहरुको क्षमता विकाससंगै प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
– लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान साथै अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसलाई उत्साहका साथ विविध कार्यक्रमहरुका साथ मनाईने छ । साथै महिला विरुद्ध हुने सवै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धी र बेइंजिङ घोषणपत्रमा भएका व्यवस्था अनुरुपका कार्यक्रमहरुलाई उच्च प्रथामिकताका साथ सञ्चालन गरिनेछ ।
– खुसी परिवार सुखी परिवारका लागि पुरुष सहभागितासहितको सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ साथै विपन्न बेसाहारा महिला एवम संरक्षक विहिन बालिकाहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरि उनिहरुको जिविकोपार्जनलाई सहज बनाईने छ ।
– काठेखोला गाउँपालिकामा समान कामको समान ज्यालाको नीति लागु भएको र यसलाई व्यवहारिक रुपमा कार्यन्वयनमा ल्याउन जोड दिइने छ ।
– गाउँपालिकाभित्रका आदिवासी जनजाति समुदायहरुको कला, संस्कृतिको अभिलेखिकरण सहित जनजाति प्रोफाईल प्रकाशन गरिनेछ ।
– मगर समुदायहरुको बाहुल्यता रहेको यस गाउँपालिका र यहाँ बसोबास गर्ने मगर समुदायहरुलाई आफ्नो भाषाको बारेमा सुसुचित गर्ने अभिप्रायले यस वर्ष मगरभाषा कक्षा सञ्चालन गरिने छ । साथै आदिवासी जनजाति समुदायको क्षमता एवम नेतृत्व विकास गर्न क्षमता एवम नेतृत्व विकास सम्वन्धि तालिम तथा प्रशिक्षण सञ्चालन गरिनेछ ।
– स्थानीय सीप तथा ज्ञानमा आधारित व्यवसाय प्रवद्र्धनका लागि बाँस तथा बेत सम्वन्धि तालिम र प्रविधि हस्तारण कार्यक्रम चालु आ.व.मा सञ्चालन भएको र यसलाई यसबर्ष पनि निरन्तरता दिइनेछ । साथै काष्ठकला सम्वन्धि सीप विकास तालिम समेत सञ्चालन गरिने छ ।
– अपांगता भएका व्यक्तिहरुको सवालमा सरोकारवालाहरु माझ उनिहरुको हक अधिकार सम्वन्धि अभिमुखीकरण गरि क र ख बर्गका अपांगता परिचय पत्र भएका व्यक्तिहरुको घरघरमा पुगी बास्तविक अवस्था वुझी समस्यालाई समाधन गर्न विशेष पहल गरिने छ । साथै ग र घ बर्गका अपांगता परिचयपत्र भएका व्यक्तिहरुको आर्थिक एवम सामाजिक शसक्तिकरणका लागि जिविकोपार्जनका कार्यक्रमहरु ल्याइनुका साथै निशुल्क स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन गरिने छ ।
– नेपाल सरकारको वि.सं.२०८७ सम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्षलाई आत्मसाथ गर्दै बालश्रम शोषण, बाल यौन दुरव्र्यवहार, बालविवाह र दुव्र्यसनी न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरुलाई बिशेष प्राथमिकताका साथ अगाडि बढाइने छ । साथै बाल क्लवका पदाधिकारीहरुको क्षमता एवम नेतृत्व विकासका लागि आवश्यक तालिम सञ्चालन गरिने छ ।
– जेष्ठ नागरिकहरुको मनोवल उच्च राख्नका लागि जेष्ठ नागरिक सम्मान कार्यक्रम समेत सञ्चालन गरिने छ ।
आदरणीय गाउँसभा सदस्य ज्युहरु,
अव म पूर्वाधार विकासतर्फ नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहान्छु ।
३. भौतिक पुर्वाधार विकास
सडक पुर्वाधार
– मध्यपहाडी लोकमार्ग अन्तर्गत झन्डै २० किलोमिटर सडक खण्ड यस पालिकाको मध्यभागमा पर्ने र उक्त सडक खण्डको केही भागमा कालोपत्रे भएपनि अधिकांश भागहरुमा कालोपत्रे हुन नसक्नु साँच्चिकै दुखद पक्ष हो । जिल्लाको अरु खण्डमा लोकमार्ग सडक पिच हुनु र यस पालिकाको सडक खण्ड हालसम्म पिच नहुनुले हामी सबैलाई लज्जित बनाएको छ । पछिल्लो समय स्थानीय बासिन्दाहरुको निरन्तरको खवरदारी, आन्दोलन र हाम्रै नेतृत्वमा गरिएको चक्काजाम जस्ता शसक्त आन्दोलन र प्रदेश तथा संघीय सरकारसंगको नियमित छलफल, डेलिकेशन जस्ता आन्दोलनका कार्यक्रमले तल्लो खण्डको टेन्डर मिति थप गरि हाल काम भइरहेको र उपल्लो खण्डको टेन्डर गरि निर्माण कम्पनी समेत छनौट भई अव छिट्टै काम सुचारु हुने सभा समक्ष जानाकारी गराउदछु ।
– सामाजिक तथा आर्थिक क्षेत्र लगायत समग्र विकासमा निक्कै महत्वपुर्ण भुमिका राख्ने सडक निर्माणलाई प्राथमिकता दिई हामीले सुरुवाति बर्षदेखि नै सञ्चालन गरिएको गौरवको योजनामार्फत गाउँपालिकाको केन्द्र देखि प्रत्येक वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको स्तरोन्नती गर्ने कार्यलाई यस आ.ब.मा पनि निरन्तरता दिइएको छ । यसबर्षको गौरबको योजना अन्तरगत काठेखोला–२ भिमापोखराको अक्षेते बजारदेखि वडा नं.–२ को वडा कार्यालयसम्म जोड्ने सडक स्तरोन्नति र वडा नं.–५ विहुँकोटको खोराखोला, सुनाखरी, मौरीभिर, गौस्वारा सम्मको सडक लाई स्तरोन्नति गरिने छ । आगामी आ.व.मा पनि यस प्रकारका गौरवका योजनाहरुलाई सबै वडाहरुमा पु¥याउने नीतिलाई अवलम्वन गरिने व्यहोरा यस सभामा प्रतिवद्धता व्यक्त गर्दछु ।
– काठेखोला गाउँपालिकालाई व्यवस्थित सडक सञ्जालको रुपमा विकास गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्ने अभिप्रायले काठेखोला गाउँपालिकाको सडक गुरुयोजना निर्माण भएको जानकारी गराउदै आगामी दिनमा यसको प्रभावकारिता कार्यन्वयनको नीति अवलम्वन गरिने छ ।
– नेपाल सरकारका सरोकार राख्नेसम्वन्धि निकायसंग समन्वय, सहकार्य र साझेदारीमा गरिने पुर्वाधार निर्माण कार्यका लागि बिशेष प्राथमिकताका साथ आ.व.२०८१÷०८२ मा आवश्यक वजेट सहित निरन्तरता दिइने छ ।
– गाउँपालिका भित्र सञ्चालन हुने विभिन्न योजना तथा आयोजनाहरुको डि.पि.आर.तयार गरि कार्यन्वयन गरिनेछ । साथै वातावरणीय प्रभाव मुल्याङ्कन भ्क्ष्भ् पनि गरिने छ ।
– सडक निर्माण गर्दा पर्यावरणीय दृष्टिकोणलाई मध्यनजर गरि वातारणमैत्री सडक संरचना निर्माण गर्न पहल गरिनेछ । साथै ५० प्रतिशत पुर्वाधार संरचनाको निर्माण कार्य गर्ने निती अवलम्वन गरिने छ ।
– हाम्रा नागरिकहरुलाई बाह्रै महिना यातायात सेवामा सहजता ल्याउने गरि काठेखोला २ भिमापोखरा र काठेखोला ४ तंग्राम जोड्ने डुडिया घाटमा मोटरेवल पक्की पुलको निर्माण कार्य भइरहेको जानाकारी गराउदै समय सिमा भित्र पुल निर्माण कार्य सम्पन्न गर्न आवश्यक सहयोग, सहजीकरण र समन्वय गरिने छ । त्यस्तै सिलिखेत चनौटे मोटरेवल पुल निर्माणको लागि आवश्यक प्रक्रिया अगाडी वढाइनेछ भने अन्य सम्भावित स्थानमा मोटरेवल पुल, झोलुङ्गे पुल र आकासे लामो पुलको सम्भाव्यता अध्ययन, डिपिआर गरि निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
– काठेखोला गाउँपालिका अन्तरगत पर्ने भिमापोखरा, धम्जा, तंग्राम, बिहुँ, लेखानी हुदै रेश सम्म जोड्ने रिङरोड सडक खण्डको स्तरोन्नतिका लागि आवश्यक पर्ने श्रोतका लागि संघिय एवम प्रदेश सरकार संग आवस्यक पहल गरिने छ ।
– सडक पुर्वाधारलाई छिटो, छरितो र व्यवस्थित वनाउन विभिन्न उपकरण खरिद गरि सञ्चालनमा ल्याइने छ ।
– काठेखोलाका विभिन्न स्थानहरुमा झोलुंगे पुल निर्माणका आवश्यक्तालाई मध्यनजर गर्दै हाल काठेखोला १ चनौटे र काठेखोला ६ विहु दोविल्ला जोड्ने झोलुंगे पुल निर्माणको कार्य अगाडी वढाईएको छ । यस पालिकाका अन्य आवश्यकिय स्थानहरुमा लामो तथा छोटो दुरीका झोलुंगे पुल निर्माणको कार्यलाई क्रमश अगाडी वढाईनेछ ।
सिंचाई
– काठेखोला गाउँपालिका भित्रका खेतियोग्य जमिनमा कृषि उतपादन बृद्धि गर्नका लागि साना तथा मझौला सिंचाइहरुको व्यवस्थापन गरिनेछ ।
– गाउँपालिका क्षेत्रको सिंचाई सम्भाव्यता अध्ययन गर्दै परम्परागत रुपमा सञ्चालित कुलोहरुलाई मर्मत संहार गर्दै आधुनिकिकरण गरी नयां सरचनामा रुपान्तरण गर्न पहल गरिनेछ ।
भवन तथा शहरी विकास
समग्र काठेखालाबासी नागरिकहरुको चासो र हामी सबैका लागि निकै आवश्यक्ता रहेको गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ जग्गा ब्यवस्थापनका लागि काठेखोला गाउँपालिकाका क्रियाशिल सम्पूर्ण राजनैतिक पार्टीहरुको सहमति सहितको निर्णय, सम्पूर्ण जनप्रतिनिधिहरुको सहमति, जग्गा व्यवस्थापन समितिको निर्णय, काठेखोला गाउँपालिका, गाउँ कार्यपालिकाको निर्णय सहित काठेखोला गाउँपालिकाको १३ औँ गाउँसभा मार्फत काठेखोला गाउँपालिका, वडा नं. ६ स्थित सामवोट सामुदायिक वन क्षेत्रमा प्रशासकीय भवन निर्माण गर्ने गरि सर्वसम्मत निर्णय भएको कुरा यहाँहरुलाई अवगत नै छ । उक्त वन क्षेत्रको माटो परिक्षण गरिसकिएको र माटो परिक्षणको रिपोर्ट अनुसार सामवोट सामुदायिक वन क्षेत्रमा भवन निर्माणका लागि उपयुक्त स्थान भएको समेत सभा समक्ष जानाकारी गराउदछु । केही प्राविधिक एवम कानुनी प्रक्रिया बाँकी रहेको र अव केही समयमै ति सवै प्रक्रियाहरु पु¥याइ ‘आप्mनै कार्यालय, सुगम र व्यवस्थित सेवा प्रवाह’ भन्ने उद्घोषसंगै यथासिघ्र भवन निर्माणको कार्य अगाडी बढाइने समेत यस गरिमामय सम्मानित सभा समक्ष अवगत गराउदछु । गाउँपालिकाको प्रशासकीय भवन एकीकृत सरकारी डिजाइन अनुसार निर्माण गरिनेछ ।
– वडा कार्यालय भवन निर्माणको कार्य सम्पन्न गरि आफ्नै वडा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेका वार्ड कार्यालयहरुको आवश्यकिय संरचना निर्माणका लागि व्यवस्था मिलाइने छ । भने वाँकी वडा कार्यालयको भवन निर्माणको व्यवस्थापन मिलाइने छ भने सञ्चालित वडाको प्रशासनिक भवन सुधारको कार्य गरिनेछ ।
– पालिकामा निर्माण हुने घरहरुको लगत राख्ने व्यवस्था कच्चि घर निर्माण पुर्व दर्ता गर्ने र पक्कि घरहरुका लागि नक्सा पास गरेर मात्र संरचना बनाउने नीतिलाई कदाईका साथ थालनी गरिनेछ ।
– शहरोन्मुख वजार क्षेत्र तथा गाँउहरुलाई व्यवस्थित वसोवास स्थल तथा व्यवस्थित आवास क्षेत्रको रुपमा विकास गर्दै लगिनेछ ।.
– काठेखोला गाउँपालिका भित्र अव बन्ने संरचनाहरुलाई व्यवस्थित गर्न व्यक्तिगत आवासहरुको व्यवस्थापनका लागि पक्की घर बनाउदा अनिवार्य नक्सापास गर्ने, अन्य कुनै घर टहरा निर्माण गर्दा गाउँपालिकाको स्विकृति लिने र हाल कायम रहेका घरहरुको अभिलेखिकरणका लागि सुचिकरण गर्ने नीतिलाई कडाईपूर्वक लागु गरिनेछ ।
उर्जा
– गत वर्ष काठेखोला गाउँपालिकाका ४० घरपरिवारमा गोवरग्यास जडान गरिएको जानाकारी गराउदै यस क्षेत्रमा हुने ग्यासको आपुर्तिमा नियन्त्रण गर्दै लगिनेछ । त्यसका लागि काठेखोला गाउँपालिकामा विद्युतीय चुलो वितरणको कार्यक्रम, गोवर ग्यास लगायतमा प्रोेत्साहन गरिनेछ ।
– गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सञ्चालित बर्थिङ सेन्टरहरुमा सौर्य उर्जा प्रविधि जडान गरि सुत्केरी सेवा प्रवाहमा सहजता ल्याइने छ ।
– विद्युत प्रशारण लाइन तथा शाखा लाइनहरुको सुढृदिकरणमा जोड दिइनेछ ।
– वायो ग्यास निर्माणका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
– विद्युतीय चुलो प्रयोगमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने छ ।
संचार
– काठेखोला गाउँपालिकाको सुचना संचारलाई प्रभावकारी वनाउन सुचना तथा संचार प्रविधिमा व्यापक सुधार गर्ने नीति अवलम्वन गरिनेछ ।
– काठेखोला गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिका लागि हुने र भए गरेका गाउँपालिकाको सुचना, कार्यक्रम तथा हरेक गतिविधिहरुलाई आम नागरिकहरुको विचमा पुराउने अभिप्रायले बिगत बर्षहरु देखि नै सञ्चालनमा ल्याइएको काठेखोला गतिविधि, समृद्ध काठेखोला र काठेखोला सन्देश कार्यक्रम प्रकाशन तथा प्रशारणलाई यस बर्षपनि आवश्यक बजेट सहित निरन्तरता दिइने छ । साथै अन्य छापा तथा विद्युतिय संचार माध्यमको समेत उच्चतम प्रयोग गरि नागरिकहरुलाई सुसुचित गरिने कार्यमा विशेष ध्यान पु¥याइने छ ।
– काठेखोला गाउँपालिकाको पर्यटन, विकास र समृद्धिको विभिन्न आयामहरुलाई कैद गरि डकुमेन्ट्री निर्माण गरिनेछ ।
४. वन, वातावरण तथा विपद व्यवस्थापन
विभिन्न प्रकारका विपद प्रकोप लगायत बिपद ब्यवस्थापनलाई सहजीकरण गर्न विपद व्यवस्थापनलाई थप व्यवस्थीत गर्दै विपद व्यवस्थापन कार्यविधी तयार गरि सामान्य भएपनि राहत उपलब्ध गराउदै आईरहेका छौ भने विपद प्रतिकार्य योजना समेत निर्माण गरि विपद व्यवस्थापनलाई अझ थप व्यवस्थित बनाउन सफल भएका छौ ।
– ‘जहाँ विपद त्यहाँ काठेखोला’ को अवधारणाका साथ स्थापना भएको गाउँपालिका स्तरीय विपद कोष सञ्चालनलाई यसबर्ष तत्काल राहत दिने गरि सञ्चालन गरिनेछ ।
– विपद व्यवस्थापनका लागि खोज उद्धार टोली, दुर्त प्रतिकार्य टोली, दुर्त लेखाजोखा टोली गठन गरि उनिहरुलाई तालिम तथा प्रशिक्षणको व्यवस्था मिलाईने छ । साथै खोज उद्धार सामाग्रीहरु समेत व्यवस्थापन गरिएको र पालिका स्तरमा रहेको आपतकालिन कार्यसञ्चालन केन्द्र मार्फत र वडा स्तरमा रहेका विपद व्यवस्थापन समितिलाई परिचालन गरि विपद व्यवस्थापनको कार्य व्यवस्थित बनाईने छ ।
– बिपद पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गरि पुस्तकको रुपमा प्रकाशन गरिने छ ।
– सम्भावित विपदबाट सुरक्षित हुने उपाय बारे विद्यालय स्तरमा पुगी सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिने छ । साथै पुर्व सुचनाका आधारमा समुदायलाई सतर्कता अपनाउन सुचना समप्रेणका लागी पनि आवस्यक कार्यक्रम सञ्चालन गरिने छ ।
– विभिन्न प्रकारका विपदलाई नजिकबाट बुझ्न र यसबाट जोगिनका खातिर समुदाय स्तरमा विपदको अभ्यास नमूनाहरु प्रदर्शन गरिने छ ।
– यस वर्ष काठेखोला गाउँपालिकाका प्रत्येक वडाहरुमा रहेका सामुदायिक वन क्षेत्रमा बहुउपयोगी पोखरीहरुको निर्माण गरिने छ ।
– जलवायु परिवर्तन अनुकुल कार्यक्रम एवम पहिरो नियन्त्रणका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिने छ ।
– आद्रता मापन यन्त्र सम्वन्धि अध्ययन गरि यस बर्ष खरिद गरी प्रयोगमा ल्याइने छ । साथै पानी परिक्षण र खानेपानीको मुल दर्ता गर्ने कार्यलाई पनि अगाडी बढाइने छ ।
– विपद व्यवस्थापन तथा प्रतिकार्यका लागि छिटो छरिटो र सहज बनाउन आवस्यक सामाग्री खरिद गरि व्यवस्थापन गरिने छ ।
– वातावरण संरक्षण, जलवायु परिवर्तन लगायतका विषयमा जनस्तरमा चेतना अभिवृद्धि गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
– यस क्षेत्रमा रहेका पानीका मुहान संरक्षण, जलाधार संरक्षण, जलाशययुक्त पर्यटन पुर्वाधार निर्माण गरि जलचरहरुको संरक्षण गरिनेछ ।
– सरसफाई तथा फोहोर व्यवस्थापनका लागि तालिम, सचेतना एवम सुचना प्रवाह गरि व्यवस्थित गरिने छ ।
– काठेखोला गाउँपालिकाको शैक्षिक संस्थाहरुमा फोहोर व्यवस्थापन तथा बगैचा निर्माण गरि स्वच्छता र सुन्दरता सहितको शैक्षिक संस्था निर्माणमा जोड दिईने छ ।
– गाउँपालिका भित्र रहेका खाली प्रतिजग्गा तथा सार्वजानिक स्थलमा भएको अतिक्रमणलाई रोकी त्यस्ता स्थानहरुलाई सार्वजानिक प्रयोगमा ल्याइनेछ ।
– सिकर्मी तथा डकर्मीहरुको लागि भुकम्प प्रतिरोधि घर तथा सम्रचना निर्माणका लागि आवश्यक सिप विकासका तालिमहरु सञ्चालन गरिनेछ ।
– यस बर्ष सामुदायिक वन उपभोक्ता समुह र सामुदायिक वन क्षेत्रको अनुगमन गरिनुका साथै क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– विपद जोखिम न्युनिकरण, खोज, उद्धार तथा राहतका कार्यक्रमहरु संचालनमा ल्याइनेछ । विपत्तिमा काठेखोला गाउँपालिकामा गठन गरिएको स्काउटलाई परिचालन गरिनेछ भने विद्यालयहरुमा स्काउट ट्रुप गठनका लागि आवश्यक कार्य गरिनेछ ।
५. संस्थागत विकास तथा सेवा प्रवाह
सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी र जनसहभागितामुलक बनाई प्रभावकारी ढङ्गले सार्वजनिक सेवा प्रवाह गरी सुशासनको प्रत्याभुती दिन सम्पुर्ण सुचना तथा जानकारी दिन गाउँपालिकामा प्रबक्ता र सुचना अधिकारीको ब्यवस्था गरिएको छ भने हरेक सुचना एवम गतिविधिहहरुलाई गाउँपालिकाको वेवसाइटमा राख्ने, स्थानीय सञ्चार माध्यमबाट प्रकाशन÷ प्रशारण गर्ने, गुनासो पेटिका राख्ने जस्ता कार्यहरु भइरहेको जानकारी गराउदछु । त्यसैगरि कार्यालयले प्रदान गर्ने सेवा प्रवाह आम नागरिकहरुलाई जानाकारीका लागि गाउँपालिका सहित प्रत्येक वडामा नागरिक वडापत्र ब्यवस्थापन गर्ने काम भइरहेको समेत जानाकारी गराउदछु । नेपाल सरकार अन्तर्गत विभिन्न सशर्त कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्नका लागि तोकिए अनुसारका जनशक्ति सेवा करारमा पदपुर्ति गरि कार्यक्रम कार्यान्वयन गरिएको छ । नेपाल सरकारले तोकेको सुत्र प्रणाली मार्फत राज्वस्व संकलन गरिएको जानाकारी गराउदछु । – नागरिकहरुको सेवा प्रवाहलाई नागरिकहरुकै घरदैलोमा पुगेर सेवा दिने उद्देश्यका साथसवै वडा कार्यालयमा पुगी एकिकृत घुम्टी शिविर सञ्चालन गरि सेवा प्रदान गरिएको छ । यस कार्यलाई यस आ.व.मा पनि निरन्तरता दिईने छ ।
– काठेखोला गाउँपालिकाको सुशासन र सेवा प्रवाहलाई छिटो छरिटो र सर्वसाधारण नागरिकहरुको पँहुच बृद्धि गर्न नागरिक सहायता कक्ष व्यवस्थापन गरिनेछ ।
– काठेखोला गाउँपालिका क्षेत्रभित्र प्रचलित कानुन तथा समय समयमा हुने निर्णय तथा प्रशासनिक आदेशहरुको कार्यन्वयनमा सहजता, सहयोग र सहजिकरण गर्न, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गरि गाउँपालिकामा कानुनको शासन स्थापित गर्दै नागरिकलाई न्याय, सुरक्षा व्यवस्थाको प्रत्याभुत गर्न, बजार क्षेत्रको प्रभावकारी व्यवस्थापन गर्न गाउँपालिका क्षेत्रभिका प्राकृतिक तथा सांस्कृतिक साधन श्रोत र सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न तथा जुनसुकै बेला आउनसक्ने विपद र अन्य आकस्मिक घटना परिघटनाहरुको तत्काल संवोधन र समन्वय गरि नागरिकहरुको जिउ धनको सुरक्षा गर्दै पालिकाबासीलाई स्थानीय सरकारको अनुभुति प्रदान गर्नको लागि यस आ.व.देखि नगर प्रहरी ऐन निर्माण गरि नगर प्रहरी परिचालन गरिने छ ।
– गाउँपालिका भित्र ३९२१ जना सामाजिक सुरक्षाका लाभग्राहीहरु रहेकोमा सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया हालसम्म बैङ्किङ प्रणाली र विद्युतिय रकम रुपान्तरण पद्धति भ्ँत् प्रणाली मार्फत वितरण गरिएको छ । यस आ.व.देखि बायोमेट्रिक प्रमाणित गरेर मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिने छ । साथै सामाजिक सुरक्षा र पञ्जीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
– गाउँपालिकाको सेवा प्रवाह एवम कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीय बनाउन सूचना तथा प्रविधिको अधिकतम उपयोग गरि नागरिकहरु खुसी हुनेगरि सेवा प्रवाहमा जोड दिइने छ ।
– काठेखोला गाउँपालिकालाई डिजिटल गाउँपालिकाको रुपमा विकास गर्नेगरि काम भएको र यसलाई अध्यावधिक गर्न बिशेष ध्यान पु¥याइने छ । पालिका भित्रका शाखा, वडा कार्यलय, मातहतका कार्यालयहरुलाई काम कार्यमा प्रभावकारी ढंगले कार्यसम्पादनका लागि भौतिक संरचना, मानविय संसाधन र संचालन क्षमताको विकास गरिनेछ ।
– गाउँपालिकाको आर्थिक गतिविधि तथा शुसासनका लागि सार्वजनिक सेवा तथा क्षमता विकास समिति, लेखा समिति र शुसासन समितिलाई थप क्रियाशिल वनाइनेछ ।
– अनलाइन प्रविधिमा व्यक्तिगत घटना दर्ता, राजश्व संकलन, योजना व्यवस्थापन, लेखा प्रणाली सफ्टवयरको माध्यमबाट गरिदै आएकोमा त्यसलाई निरन्तरता दिदै डिजिटल साक्षरता अभियान समेत सञ्चालन गरिनेछ ।
– यस पालिकाका समग्र गतिविधिमा नागरिकहरुको चासो र गुनासो सुन्न र सम्वोधन गर्नका लागि अन्तर संवाद तथा सार्वजनिक सुनुवाई कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिइनेछ ।
– वित्तिय अनुशासन र शुसासनमा प्रतिवद्ध भै हाम्रो यो कार्य अवधिलाई जनताहरुले प्रत्यक्ष अनुभुत र पछिसम्म स्मरण गर्ने गरि शुसासन युक्त पालिकाका रुपमा विकास गरिनेछ ।
– आवश्यक पर्ने ऐन, नियम, कार्यविधिहरु निर्माण भएको अवगत गराउदै ऐन नियमावली र कार्यविधिहरुको समायुनुकुल शंसोधन गरिदै लैजाने र आवस्यक पर्ने अन्य ऐन, नियमावली र कार्यविधिहरु निर्माण गरि कार्यन्वयन गरिनेछ ।
– आन्तरिक तथा अन्तिम लेखा परिक्षणवाट औल्याइएका बेरुजु फछ्र्याैटलाई प्राथामिकताका साथ अगाडि बढाइनेछ ।
– जनप्रतिनिधि, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न प्रकारका तालिमहरु सञ्चालन गरिने छ । त्यसैगरि कानुनी अभिमुखिकरण, अन्तरसम्वाद कार्यक्रम, सुचना प्रविधि र वडा सचिवहरुको लागि कर सम्वन्धि तालिम समेत सञ्चालन गरिने छ ।
– योजना उपभोक्ता समितिका पदाधिकारी एवम सदस्यहरुका लागि योजना सञ्चालन सहजीकरण तालिम सञ्चालन गरि क्षमता अभिवृद्धि गरिने छ । साथै यस बर्ष पनि योजना सहजीकरण पुस्तिका, अनुसुची फारमहरु प्रकाशन समेत गरि उपभोक्ताहरुलाई सहजता प्रदान गरिने छ ।
– हाम्रा नागरिकहरुको सन्तुष्टिको सर्वेक्षण गरि प्राप्त सुझावको आधारमा क्रमश सेवा प्रवाहको मानकहरुलाई सुधार गर्दै लगिनेछ ।
– गाउँपालिका भित्रका कार्यालयहरुमा सी.सी.क्यामेरा जडान तथा विद्युतिय हाँजिरको ब्यवस्था गरिने छ ।
– यस आ.व.मा महत्वपूर्ण सडकका चोकहरुमा सडक सुचना बोर्ड राखिने छ ।
– वडा स्तरमा रहेका टोल सुधार समितिलाई प्रभावकारी बनाई थप व्यवस्थित ढंगले परिचालन गरिनेछ ।
– यस पालिकाको राजश्वलाई व्यवस्थापन गर्न करमा नियन्त्रण, करको दायरामा वृद्धिको नीति लिइनेछ । राजश्व संकलन तथा परिचालनका सन्दर्भमा नियमित अनुगमन गरिनेछ ।
– यस गाउँपालिका भित्र रहेका सार्वजनिक महत्वमा रहेका सम्पदाहरुको तथ्याङ्क संकलन गरि अभिलेखिकरण गरिने छ ।
– गाउँपालिकालाई थप व्यवस्थित गराउन नीति विधि र प्रविधिमा जोड दिईनेछ । चालु आवमा प्रदेश सरकारसंगको साझेदारीमा लैगिंक समता तथा सामाजिक समावेशिकरण नीति र आचारसंहिता, राजश्व सुधार रणनीति र क्षमता विकास रणनीति निर्माण भै आगामी आर्थिक वर्षमा कार्यन्वयनमा लगिनेछ ।
– चालु आर्थिक वर्ष तथा विगतमा निर्माण भएका ऐन तथा कार्यविधिहरुको सचेतिकरण तथा त्यसको समयानुकुल वनाउन कानुन परिक्षण गरिनेछ जस्का लागि कानुन अधिकृतको व्यवस्था मिलाईनेछ । निर्माण
– “हाम्रो समस्या, हाम्रो समाधान” भन्ने नीति अवलम्वन गरि गाउँपालिका भित्रको न्याय सम्पादन छिटो छरितो, व्यवस्थित र प्रभावकारी वनाउन वार्ड स्तरमा मेलमिलापकर्ताहरु उत्पादन गरिसकिएको र वहाँहरुलाई वडा स्तरका मेलमिलाप केन्दमा समाहित गरि न्याय सम्पादनलाई थप व्यवस्थित गरिने छ साथै मेलमिलाप कर्ता पुर्नताजगी तालिम समेत सञ्चालन गरि मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धि गरिने छ ।
– न्यायीक इजालस कक्ष निर्माणको काम सम्पन्न भईसकेको सभासमक्ष जानाकारी गराउदै त्यसलाई अझै थप व्यवस्थापन गरीनुका साथै वडा स्तरमा रहेका वडा मेलमिलाप केन्द्रहरुलाई पनि व्यवस्थित गरि न्याय सम्पादनका कार्यलाई अझै व्यवस्थित बनाईने छ । साथै मेलमिलाप कर्ताहरुको पुर्नताजगी तालिम सञ्चालन गरिने छ ।
– जनप्रतिनिधीहरुका लागि कानुनी अन्तरसम्वाद तथा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
– हालसम्म काठेखोला गाउँपालिका न्यायीक समितिमा जम्मा १५ वटा मुद्दाहरु परेको र १२ वटा मुद्दाहरु निरुपण भएको र बाँकी ३ वटा मुद्दाहरु न्याय सम्पादनकै क्रममा रहेको व्यवहोरा जानाकारी गराउदछु ।
अन्तमा काठेखोला गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिको यात्रामा यहाँहरु संगसंगै सहयात्रा गर्ने प्रतिवद्धता ब्यक्त गर्दै यस आ.व.मा बिनियोजन हुने योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न सम्पुर्ण काठेखोलाबासी नागरिकहरुमा हार्दिक अपिल गर्दछु । आम नागरिकहरुका ओठमा मुस्कान र मनमा खुसी भर्ने गुणस्तरीय सेवा र शुसासन प्रवाह गर्दै यस गाउँपालिकाको विकास, परिवर्तन र समृद्धिमा सधै सक्रिय र क्रियाशिल रहदै सिर्जनात्मक एवं रचनात्मक ढंगले काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्दछु । काठेखोला गाउँपालिकाको आ.व.०८१/०८२ को नीति तथा कार्यक्रम माथी रचनात्मक राय, सल्लाह, सुझावको भारी अपेक्षा गर्दछु । हाम्रो पालिका, राम्रो पालिका निर्माण गर्नका लागि यहाँहरुको सक्रिय सहभागिता र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दै यस कार्यमा राजनैतिक दल, जनप्रतिनिधी, शिक्षक, कर्मचारी, संचारकर्मिहरु र आम नागरिकहरुलाई काठेखोला गाउँपालिकाको नीति तथा कार्यक्रम र यस पछि आउने वजेट तथा कार्यक्रमका साथै विकास योजना २०८१÷०८२ को सफल, सार्थक र प्रेरणादायीक कार्यान्वयनको लागि सवैको सक्रिय सहयोग एवं भूमिकाको अपेक्षा गर्दै यहाँहरु सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु । धन्यवाद ।
राजु थापा
अध्यक्ष





