बागलुङ/मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो स्थापना दिवसमा बौद्धिक अपांङ्ग अध्यनरत विद्यालयमा खाद्य सामग्री सहयोग गरेको छ ।
सहकारीले १७ औँ स्थापना दिवसमा बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित विशेष बालकक्षा आवासिय विद्यालयमा दाल, चामल, तेल, नुन, चाउचाउ लगायतका सामग्री हस्तान्तरण गरेको हो । सहकारीका अध्यक्ष गुणराज शर्मा पौड्याल र सल्लाहकार प्रा. डा. रामप्रसाद उपाध्यायले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठ र प्रधानाध्यापक युक्तजंग राजभण्डारीलाई खाद्यन्न हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै सहकारीका सल्लाहकार प्रा. डा. रामप्रसाद उपाध्यायले बागलुङमा दुई सहकारीले वित्तिय अपचलन गर्दा त्यसको असर समग्र सहकारीमा पर्न गएको बताए । सहकारीप्रति व्यक्तिको विश्वास कमजोर बन्दै गईरहेको बेला मातृभुमीले भने आफुलाई अव्बल रुपमा स्थापित गरेको भन्दै उपाध्यायले प्रशंसा गरे ।
विद्यालयका अध्यक्ष सुरेश प्रसाद श्रेष्ठले सहकारीले स्थापना दिवसमा अपांङ्गता भएका बालबालिका अध्यनरत विद्यालयलाई सम्झेको भन्दै धन्यवाद व्यक्त गरे । अध्यक्ष गुणराज शर्मा पौड्यालले सहकारीले गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्र्तगत समय समयमा विभिन्न सेवामुलक कार्य गर्दै आएको बताए । कार्यक्रम संस्थाका अध्यक्ष पौड्यालको अध्यक्षता, शिक्षा उपसमिति संयोजक रामचन्द्र शर्माको स्वागत र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।





