बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

महिला उद्यमविकासको पञ्जा तथा मोजा बनाउने तालिम

महिला उद्यमविकासको पञ्जा तथा मोजा बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

बागलुङ/महिला उद्यमविकास सहकारी संस्था बागलुङले एकहप्ते हाते होजियारी पञ्जा तथा मोजा बनाउने तालिम सम्पन्न गरेको छ ।
तालिम समापनमा बोल्दै महिला उद्यमविकास सहकारी संस्थाका संरक्षक प्राज्ञ प्रेम छोटाले महिलालाई आत्मनिर्भर बनाउन सहकारीले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । हातेकला र सिर्जनात्मक कार्यमा महिला उद्यम सहकारी लागिपरेको उनको भनाई थियो ।
कार्यक्रममा प्रशिक्षकद्धय शशीकिरण श्रेष्ठ र पुष्पकिरण श्रेष्ठ सैजुले तालिममा सिकेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । कार्यक्रम सहकारीका अध्यक्ष अर्चना पालिखेको अध्यक्षता, सदस्य सुनयना राजभण्डारीको स्वागत र सहसचिव सम्झना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->