बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बडिगाडको नीति : शिक्षा र स्वास्थ्य प्राथमिकतामा

बडिगाडको नीति : शिक्षा र स्वास्थ्य प्राथमिकतामा


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामि आर्थिक वर्षको नीति तथा सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ मा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिने नीति सार्वजनिक गरेकी हुन् ।
आईतबार आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अधिकारीले जहाँ विद्यार्थी त्यहाँ शिक्षक अभियानलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने घोषणा गरिन् । उनले विद्यालय समायोजन र शिक्षालाई समयानुकुल बनाउनेगरी बिभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्घोष गरिन् । विद्यालयको सुधारका लागि विद्यालय विकास मेरो प्रतिबद्धता, सक्रिय सहभागिता र पारदर्शीता कार्यक्रम सञ्चालन गरेर प्रधानाध्यापकलाई जिम्मेबार बनाउने कार्यक्रम ल्याईने उल्लेख गरिन् ।
४५ वर्ष माथीका नागरीकको मधुमेह र रक्तचापको पालिकाले परीक्षण गर्ने, शुन्य क्षयरोग अभियान सञ्चालन गर्ने र एक स्वास्थ्य संस्था एक करेसाबारी र बगैंचाजस्ता कार्यक्रम उनले सार्वजनिक गरिन् । सडक तथा भवनहरुको निर्माण, शुसासन प्रबद्र्धनका कार्यक्रम समेत प्राथमिकताका साथ समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->