सभा उपाध्यक्षज्यू,
सभा सदस्यज्यूहरु,
मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनबाट हामीलाई बागलुङ नगरको सुुन्दर भविष्यको रुपरेखा कोर्ने अभिभारा प्राप्त भएको दुई वर्ष व्यतित भइसकेको छ । यस अवधिमा नगरको विकास एवं समुन्नतिको लागि हामीले सुरुवात एवं सम्पादन गरेका कार्यको मूल्याङ्कन गर्ने जिम्मेवारी आम नगरवासीलाई सुम्पदै यस सम्मानित सभा समक्ष आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुतिको लागि उपस्थित भएको छु ।
यस अवसरमा नेपालको युगान्तकारी परिवर्तन, नेपाल राष्ट्रको रक्षा र अग्रगमनका आन्दोलनहरुमा सरिक भई सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर सहिदहरुप्रति उच्च–सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धा–सुमन अर्पण गर्दछु । लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा अगुवाइ गर्नुहुने अग्रजहरुको योगदानको स्मरण गर्दै स्थानीय तहको दोश्रो निर्वाचन २०७९ मार्फत बागलुङ नगरको विकास, समृद्धि र सुशासनको लागि हामीलाई विश्वास गरेर सो अभिभारा पूरा गर्नको लागि आफ्नो अमूल्य मताधिकारमार्फत विजयी तुल्याउने समग्र नगरवासी लगायत सबै प्रकारले सहयोग गर्ने समग्र आदरणीय व्यक्तित्वहरुप्रति हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्दछु ।
नगरवासीका असीमित चाहना, हामीले देखेको नगरको विकास र समृद्धिको सपनालाई साकार पार्नको लागि विभिन्न चुनौतिको बावजुद पनि हामी हाम्रा सङकल्प र नगरवासीका चाहनालाई यो पाँच बर्षमा पूरा गर्ने गरी समृद्ध बागलुङको जग बसाल्न शुरु गरेका छौ । बागलुङ नगरपालिकाको विकास र समृृद्धिका लागि संस्थापक नगर प्रमुख स्व. ऋषिराम शर्मा र यस पूर्वका जनप्रतिनिधिहरुले थालनी गरेका राम्रा र संस्थागत अभ्यासलाई अनुशरण गर्दै बागलुङ नगरको समग्र विकासको सकारात्मक नतिजा दिने गरी हाम्रा नीति तथा कार्यक्रमहरुलाई त्यस तर्फ लक्षित गरेको हुँदा हामीले सुरु गरेका हाम्रा नीति तथा कार्यक्रम अनुरुप समग्र कार्य प्रणालीमा गरिएका सुधारका नतिजा हाम्रो कार्यकालमा नगरवासीले अनुभूत गर्न पाउने कुरामा हामी विश्वस्त छांै ।
बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०८१।०८२ को लागि नीति तथा कार्यक्रम तयार गर्दा नेपालको संविधान २०७२, सङघीय सरकारको दीर्घकालीन लक्ष्य, सोह्रांै आवधिक योजना, दिगो विकासका लक्ष्यहरुको स्थानीयकरण, सङघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट, गण्डकी प्रदेश सरकारको दोश्रो आवधिक योजना, नीति तथा कार्यक्रम र वजेट, सङघीय सरकार र प्रदेश सरकारका क्षेत्रगत नीति तथा कार्यक्रम, नगरपालिकाको आवधिक नगर विकास योजना तथा मध्यमकालीन खर्च संरचना एवं आम नगरवासीको माग, आवश्यकता र चाहनालाई मुख्य आधार बनाइएको छ ।
सङघ र प्रदेश सरकारबाट प्राप्त भएको बजेट सिलिङको अवस्था, आगामी आ.व.को लागि दायित्व सरेका योजना तथा कार्यक्रमहरुले सिर्जना गरेको आर्थिक दायित्व, चालु आ.व.मा सिलिङ बमोजिमको बजेट प्राप्त नहुनु, लक्ष्य बमोजिमको आन्तरिक आय नहुनु जस्ता कारण बजेटमा हुन गएको सङकुचनले गर्दा खुल्ला ह्दयले बजेट निर्माण गर्न सक्ने अवस्था नभए तापनि उपलब्ध स्रोतको समुचित वितरणलाई यथासम्भव न्यायोचित बनाउने कोशिस गरेका छौं ।
विश्वव्यापी रुपमा अवलम्बन गरिएका शासन प्रणालीमध्ये उत्कृष्ट शासन व्यवस्थाको रुपमा परिभाषित सङघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था आफैमा जनमैत्री शासन व्यवस्था हो । त्यसमा पनि स्थानीय तह जनताको सवैभन्दा नजिकको सरकार होे । नेपालको संविधान अनुसार स्थानीय आर्थिक, सामाजिक, पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा स्थानीय तहको प्रमुख जिम्मेवारी रहेको छ । संविधानले स्थानीय तहलाई प्रदान गरेको एकल र साझा अधिकार सूचीका विषयहरुमा योजना, बजेट तथा कानुन निर्माण र त्यसको कार्यान्वयन गर्ने गरी अधिकार प्रदत्त गरिएको छ । स्थानीय तहमा क्रियाशील सरकारले नै नागरिकको समीपमा रही, जनभावना, जनआकाङक्षा एवं आवश्यकतालाई महसुस गरी विकास र समुन्नतिको बाटोमा अगाडि बढन सक्ने भएको हुँदा विकास र समुन्नतिको लक्ष्य पूरा गर्न आम नगरवासीसँग हातेमालो गरी सकारात्मक परिवर्तनको लागि प्रत्यक्ष महसुस र अनुभूित हुने गरी हाम्रा कार्यक्रम अगाडि बढाउनु पर्ने आवश्यकतालाई आत्मसात गर्दै समृद्ध नगर र सुखी नगरबासीको अभियानको निर्धारित लक्ष्य एवं उद्देश्य पूरा गर्न हामी हाम्रा नीति कार्यक्रम, योजना र बजेट परिलक्षित गरेका छांै । यस अभियानमा अहोरात्र खटि रहनु भएका नगरसभा सदस्य ज्यूहरु, राष्ट्र सेवक कर्मचारीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
यस नीति तथा कार्यक्रममा लोकतान्त्रिक मूल्य मान्यता, मानव अधिकार, सुशासन, सामाजिक न्याय र सुरक्षा सामाजिक संरक्षण, संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको सीमा र सम्बन्धका सिद्दान्तहरुलाई आत्मसाथ गर्दै गत विगतमा लिइएका महत्वपूर्ण नीति र सञ्चालनमा रहेका गौरवका योजना र कार्यक्रमलाई निरन्तरता दिंदै हाम्रै पुस्ताले महसुस गर्ने गरी ग्रामीण क्षेत्रमा शान्त एवं सुन्दर आवास, सहरी एवं व्यावसायिक क्षेत्रमा उद्यमशीलता विकास, प्रविधियुक्त कृषि उत्पादनमा वृद्धि गर्ने वातावरणमैत्री सवारी साधन, आधुनिक जीवनशैली, प्रविधि सहितका सडक पूर्वाधार तथा यातायातका साधन र नवीनतम सूचना प्रविधिमा सवै नागरिकहरुको पहुँच सहितकोे सुन्दर, समृद्ध, सुखी र खुसी बागलुङ नगरको परिकल्पना गरेको छु ।
यस नीति तथा कार्यक्रम तर्जुमाको क्रममा महत्वपूर्ण एवं रचनात्मक र सिर्जनात्मक सल्लाह, सुझाव दिनु हुने स्थानीय राजनैतिक दल लगायत सवै वर्ग, क्षेत्र, लिङ्ग, समुदाय, सरकारी तथा गैर सरकारी संघ संस्था, पेशागत संघ, सङगठन, नागरिक समाज, बुद्धिजीवी एवं मतदाताहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । प्राप्त सुझावहरुलाई मार्ग निर्देशनको रुपमा लिई बागलुङ नगरपालिकाको सम्पत्तिको रुपमा अभिलेखीकरण गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु । उल्लेखित सुझावहरुको आधारमा दिगो भौतिक पूर्वाधार निर्माण, पर्यटन पूर्वाधारको विकास, वातावरण संरक्षण, नगरवासीको आर्थिक, सामाजिक, साँस्कृतिक उन्नति, सुशासन र संस्थागत विकासलाई मुख्य प्राथमिकता दिई नगरले आगामी आर्थिक वर्षमा लिने क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।
सर्वप्रथम यस पूर्व हामीले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयन एवं उपलब्धिको समीक्षात्मक प्रस्तुति गर्न चाहन्छु ।
– यस अगाडिका नगरसभामा हामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयनको सवालमा थुप्रै सफलता हासिल गरेका छांै । हामी निर्वाचित भैरहँदाको दिन सम्मको बागलुङ नगरपालिकाको अवस्था झल्कने गरी श्वेतपत्र जारी गरेका थियांै । जसको जगमा रहेर हाम्रा कार्यक्रमहरु परिलक्षित गरेका छांै । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा तत्कालीन समयमा गरिएको मूल्याङ्कनमा झन्डै तीन गुणा अङक प्रस्ताव गर्न सफल भएका छांै । योजना कार्यान्वयनको लागि हुने लागत सहभागिता रकमलाई १० प्रतिशतमा कायम गरेका छौ । टोल विकास संस्था मार्फत पाँच लाख भन्दा कमका एक भन्दा बढी योजना एकै पटक सम्झौता गर्न सक्ने गरी व्यवस्था गरेका छौं । १० तलासम्म घर निर्माण गर्न सक्ने गरी भवन निर्माण मापदण्डलाई संशोधन गरी व्यवहारमा ल्याएका छौं । बजार क्षेत्रको विभिन्न स्थानको माटो परीक्षण गर्ने कार्य सम्पन्न गरेका छौं ।
– घुम्तीसेवा मार्फत वडावासीका अधिकांश सेवाहरुलाई घरदैलोबाटै सम्पादन गरेका छांै । ऐन, कार्यविधि निर्माण, न्यायिक कार्य सम्पादन प्रक्रिया, योजना तथा कार्यक्रम सम्झौता तथा सञ्चालनको लागि गरिएको कानुनी व्यवस्था, संस्थागत सुशासन आदि जस्ता कार्यलाई सहज बनाउने गरी सम्बन्धित शाखा बाटै नागरिकका कार्य सम्पादन हुने विधिको प्रयोग गरी कर्मचारी प्रशासनलाई चुस्त र सेवाग्राहीप्रति उत्तरदायी बनाउने गरी वडा कार्यालयहरुमा प्रविधिमैत्री कर्मचारीको व्यवस्था गरी कतिपय सेवालाई अनलाइन प्रणालीमार्फत सम्पादन गर्ने व्यवस्था मिलाएका छौं ।
– कमजोर भू–बनोट भएको स्थानमा विना अध्ययन नयाँ ट्रयाक खोल्ने परिपाटीको अन्त्य गरेका छौं । नगरको सुन्दरतालाई मध्येनजर गरी घरको चारै तर्फको खाली भागमा प्लाष्टर गरे पछि मात्र निर्माण सम्पन्न प्रमाण दिने गरी व्यवस्था गरेका छौं । पर्यटकीय क्षेत्रको पहिचान प्रचार, प्रसार र प्रवद्र्धनका कार्यहरु अगाडि बढाएका छौं । यसै गरी प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान, शालिग्राम सङं्ग्रहालय, पञ्चकोट, लगायतका धार्मिक पर्यटकीय क्षेत्रको जानकारीमूलक विवरणलाई विश्वका १० वटा भाषामा हेर्न र पढन मिल्ने गरी क्यूआर कोडको व्यवस्था गरेका छौं ।
– निर्वाहमुखी कृषि तथा पशुपालन प्रणालीलाई रोजगारीको रुपमा विकास गरी कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने गरी कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास कार्यक्रम, पकेट क्षेत्र कार्यक्रम जस्ता आत्मनिर्भर केन्द्रित कार्यक्रम सञ्चालनमा ल्याएका छांै । सहकारी संस्थाहरुमा आर्थिक सुशासन कायम गर्न, बचत तथा निक्षेपलाई सुरक्षित र सुनिश्चित गर्न सघन अनुगमन, नियमन र क्षमता अभिवृद्धि गर्ने कार्यक्रम प्रारम्भ गरेका छौं । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मार्फत विभिन्न प्रकारका तालिम मार्फत रोजगारी सिर्जना गरेका छौ ।
– यस अवधिमा पालिका स्वयं र पालिकाको पहलमा गरी पिच सड्क २४ कि.मी., ढलान सड्क ३.२७ कि.मी., ग्राभेल सडक २० कि.मी., कच्ची सडक ४० कि.मी. थप गरेका छौं । यस अवधिमा ३५०० हेक्टर खेतमा सिँचाइ सुविधाको विस्तार गरेका छांै । वृद्धाश्रम, स्वास्थ्य चौकी भवन लगायत सवै वडामा गरी ५६ वटा सामुदायिक भवन र १६ वटा विद्यालय भवन निर्माण सम्पन्न गरेका छांै । नगर अस्पताल, नारायणस्थान स्वास्थ्य चौकी, ७ नं. वडा कार्यालय, मानवसेवा आश्रम लगायत केही महत्वपूर्ण भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेवासंगको सहकार्यमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत करिब १ दर्जन खानेपानी योजनाको कार्य सम्पन्न भइसकेको छ भने केही स्थानमा ग्राभेटी फ्लो र लिफ्टिङ खानेपानी योजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।
– बागलुङ नगरपालिकाको गौरवको आयोजना अन्तर्गत बोक्सेदेखि सिगाना हुँदै दमेक शान्तिपुर सडक, कालीगण्डकी करिडोर सडक, सहरी शासकीय पूर्वाधार विकास कार्यक्रम (NUGIP) तर्फका सडक, अदालत चौपारीदेखि तित्याङ्गहुँदै भकुण्डे रायडाडा सडक, मुक्तिनाथ बाबा परिक्रमा सहितको सडक, गलुवा भकुण्डेहुँदै रायडाँडा सम्मको सडक, भान्सा साँधखोला सडक, तिरुपति चोकदेखि मालिका पञ्चकोट तितौरे भिमपोखरा सड्क, टाकुरीदेखि जैमिनी नगरपालिकाको सिमानासम्मको सडक, सरङ्गी देखि भैरवस्थान सम्मको सडक, काभ्रेडाँडाहुँदै चिसाखोला भैरवस्थान सडक, पानी टङ्की देखि पैंयुपाटा धापाखोला अमलाचौर सडकको निर्माण प्रक्रिया अघि बढेको छ ।
– दावगरा आधुनिक बसपार्क सञ्चालन र जग्गा फिर्ताको तयारी अन्तिम चरणमा पुगेको छ ।
– शिक्षक अभावमा पठन पाठन अवरुद्ध नहुने गरी सुत्केरी सट्टा शिक्षक राख्ने व्यवस्था, बालमैत्री अभ्यास अन्तर्गत सिंगल डेक्स बेन्चको व्यवस्था, उत्कृष्ट विद्यार्थी र उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था, विपन्न विद्यार्थीलाई छात्रवृत्ति, शैक्षिक क्यालेण्डर, स्थानीय पाठ्याक्रम लगायत शिक्षा क्षेत्रको समग्र विकासको लागि सामुदायिक विद्यालयहरुलाई स्थगन र तह मिलान गरेका छांै ।
– स्वास्थ्यतर्फ वर्थिङ सेन्टर, सहरी स्वास्थ्य केन्द्र र प्रयोगशाला सेवाको विस्तार गरेका छौं । कोभिड १९ विरुद्धको खोप, हात्ती पाइले रोग विरुद्धको आम औषधि वितरण लगायतका अभियान सञ्चालन गरी ९७ प्रतिशत उपलब्धि हासिल गर्न सफल भएका छौं । बागलुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गर्न सफल भएका छांै । ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम मार्फत गर्भवती महिलाहरुलाई भिडियो एक्स–रे सेवा, विभिन्न संघसंस्थासंगको सहकार्यमा बृहत् स्वास्थ्य शिविर सम्पन्न गरेका छौं । ज्येष्ठ नागरिकलाई घरदैलो मार्फत स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्यको लागि प्रजनन रुग्णता शिविर, दादुरा रुवेला लगायतका विभिन्न खोप अभियान सञ्चालन गरेका छांै । हरेक घर र नागरिकको स्वास्थ्य अवस्थाको जानकारी लिने हेतुले पारिवारिक स्वास्थ्य प्रोफाइल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । औषधि तथा अन्य सामग्रीको अभाव हुन नदिनका लागि आन्तरिक व्यवस्थापन र अन्य निकायहरुसंग समन्वय गरी सहज रुपमा औषधिको अभाव हुन नदिने व्यवस्था मिलाएका छांै ।
– हाम्रो समाजमा छोरीप्रति गरिने असमान व्यवहार, गर्भावस्थामा भ्रुणको जाँच, भु्रणहत्या र छोरी प्रतिको गलत दृष्टिकोणलाई हटाउन छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले पाँच हजार रुपैयाँको २० बर्षे मुद्दति खाता खोल्ने गरी नगरको छोरी कार्यक्रम सुरुवात गरेका छांै ।
– विपद् र प्रकोपजन्य घटनाको समयमा तत्काल राहत र उद्धार कार्यमा सहजीकरण गर्न, विरामीलाई अस्पताल सम्म ल्याउनको लागि निःशुल्क एम्बुलेन्स, दमकल, व्याक हो लोडर र आवश्यक सामग्री सहित स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएका छौं ।
– वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र भरपर्दो गराउनको लागि परार्मश सेवा, विदेशमा अलपत्र परेका व्यक्तिको सुरक्षित स्वदेश फिर्ता, घाइते र मृत्यु भएकाहरुलाई विमा, उपचार खर्च र मृतकको शव व्यवस्थापनको लागि सुरक्षित आप्रवास (SaMi) कार्यक्रममार्फत कार्य गरिरहेका छौं । श्रम स्वीकृतिको लागि पालिकाबाट नै सहजीकरणको सुरुवात गरेका छांै ।
– अल्पकालीन महिला सेवा केन्द्रमार्फत हिंसा पीडित तथा प्रभावित महिला र किशोरीहरुको लागि आश्रय, लुगाफाटो, यातायात, स्वास्थ्य उपचार, कानुनी सेवा उपलब्ध गराएका छौं ।
– बैंकिङ्ग प्रणाली मार्फत लाभग्राहीको सामाजिक सुरक्षा भत्ता रकमलाई सोझै लाभग्राहीको व्यक्तिगत खातामा जम्मा हुने गरी Electornic Fund Transfar (EFT) शुरु गरेका छौ ।
– पहिलो कार्यपालिका बैठकबाट बागलुङ नगरलाई बालमैत्री नगर घोषणा गर्ने प्रतिबद्धतासंगै सवै वडाहरुमा आधारभूत तहको कार्य सम्पन्न गरी बालमैत्री नगर घोषणाको लागि आवश्यक पर्ने ५१ वटा सूचक मध्ये ३६ वटा सूचक पूरा गरिसकेका छौं ।
– नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत कामकाजको लागि यस पालिका भित्र रहेका श्रमिकहरुको पहिचान, सेवा र सुरक्षाको लागि श्रमिक पहिचान पत्र कार्यको सुरुवात गरेका छांै ।
– गण्डकी स्वर्णिम झुला, चिप्लेटी बसपार्क सालबोट जोड्ने पुल, मालढुङगा देखि उपल्लाचौर र बजार क्षेत्रमा रातको समयमा उज्यालो बनाउन, पर्यटकलाई आकर्षण गर्नको लागि विद्युत् जडानको कार्य सम्पन्न गरेका छौं । यसले गर्दा सहरी सुरक्षा व्यवस्था थप मजबुत हुने विश्वास लिएको छु ।
– सरोकारवालासंगको समन्वयमा सडकमा अव्यवस्थित रुपमा रहेका अधिकांश विद्युत् पोल, तार र सडक अधिकार क्षेत्रभित्र निर्माण गरिएका संरचना हटाउने र फुटपाथलाई व्यवस्थित गर्ने कार्य अगाडि बढेको छ । यसै गरी भू–वर्गीकरणको लागि वडा स्तरबाट मापदण्ड सङकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
– दीर्घकालीन रुपमा पर्यटन क्षेत्रबाट पर्याप्त लाभ सिर्जना गर्नका लागि विद्यालयहरुमा पर्यटन बालक्लब गठन गर्ने कार्य निरन्तर रुपमा अघि बढिरहेको छ ।
– बा.न.पा. वडा नं. २ स्थित ऐतिहासिक पार्क Historical Park मा विश्वका १९३ देशका राष्ट्रिय झण्डा राखी पार्कलाई थप व्यवस्थित र सुन्दर बनाइएको छ ।
सभासदस्य ज्युहरु,
अब म आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति माग्दछु ।
आर्थिक विकास
(क) कृषि तथा पशुपंक्षी विकास
– परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई विविधीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरण गर्ने नीति अनुरुप सम्भावना बोकेका स्थानमा सुन्तला, ओखर, च्याउ र तरकारी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ ।
– कृषिलाई निर्यातमुखी बनाउनकोे लागि उच्च बजार मूल्य भएका कागती, किवी, लिची, आँप, केरा एभोकाडो, ड्रागन फ्रुट्स, चिया, कफी, अलैची, ओखर, पुष्प खेती जस्ता फलफूल खेतीलाई सम्भावनाको आधारमा प्रोत्साहन गरिनेछ ।
– कृषिको उत्पादन वृद्धिमा सहयोग पुग्ने गरी हरेक वडामा माटोपरीक्षण शिविर सञ्चालन गरिनेछ । साथै उन्नत विउ, मल, विषादी, सीप, प्रविधि र औजारमा आवश्यक सहयोग एवं सहजीकरण गरिनेछ ।
– बाँझो जमिनको उपयोग, गरौ सवै मिलि सदुपयोग भन्ने नाराका साथ लगातार ३ (तीन) बर्ष सम्म बाँझो रहेको जमिन उपयोगमा ल्याउने कृषकलाई जमिन खनजोत गर्न लाग्ने खर्चमा अनुदान दिने र उक्त जमिनमा नयाँ प्रकारका उत्पादनमुखी कृषि व्यवसाय संचालनका लागि सहजिकरण गरी नगर प्रमुख स्वरोजगार कार्यक्रममा समावेश गराइनेछ ।
– बागलुङ नगरक्षेत्रको उपयुक्त स्थानमा कृषि कलेज स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
– प्राकृतिक प्रकोप, रोगव्याधि लगायतको कारण कृषिमा गरिएको लगानी डुब्न नदिनको लागि गरांै कृषि उत्पादन हातमा, प्रकोप परे विमा छ साथमा कार्यक्रमलाई कृषक, कृषि व्यवसायी र प्रदेश सरकारको साझेदारीमा अगाडि बढाइनेछ ।
– एक वस्तु सामूहिक उत्पादन, एक वडा एक विशेष उत्पादन कार्यक्रमको सम्भाव्यता अध्ययन गरी उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिनेछ ।
– स्थानीय कृषि उत्पादनको बजारीकरणलाई सहयोग पु¥याउनको लागि ग्रामीण वडाका उपयुक्त स्थानमा कृषि उपज सङकलन केन्द्र र बजारको उपयुक्त स्थानमा आधुनिक कृषि बजार स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
– कौशीको शान, छतमा नै उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ । बजार क्षेत्रमा बसोवास गर्ने घर परिवारले घरको कौसी तथा करेसावारीमा नमुना तरकारी खेती गरी उदारणीय कार्य गर्न प्रोत्साहन गरी उत्कृष्ट घर परिवारलाई तालिम, प्रविधि र बिउ बिजन सहित सम्मान गरिनेछ ।
– प्रदेश तथा संघ सरकारको सहयोगमा बागलुङ नगरका सवै कृषि योग्य जमीनमा क्रमशः सिँचाइ सुविधा पु¥याइनेछ ।
– कृषि तथा पशु उत्पादनबाट बजार क्षेत्रका बासिन्दालाई कृषि तथा पशुजन्य उत्पादनको आपूर्ति गर्ने, रोजगारी सिर्जनामा उल्लेख्य योगदान पु¥याउने र निरन्तर कृषि पेशालाई पुख्यौली पेशाको रुपमा अगाडि बढाउने उत्कृष्ट कृषक तथा कृषक समूह छनौट गरी घर, फर्म र कार्यस्थलमा नै सम्मान गर्ने गरी गरौ श्रम बारीमा, खाडी होइन कृषिमा भन्ने अभियानलाई अगाडि बढाइनेछ ।
– बा“दर प्रभावित क्षेत्र तथा टारी खेतमा टिमुर, ओखर, कागती, अदुवा, बेसार, मौरीपालन र पशुपालन जस्ता कार्यक्रमलाई प्रवद्र्धन गर्नुका साथै बादर नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
– गाँजा तथा भाँगो खेती मार्फत प्रशस्त आय आर्जन गर्न सकिने सम्भावनाहरुलाई मध्येनजर गरी विद्यमान कानुनमा संशोधन परिमार्जन गर्नको लागि संघ तथा प्रदेश सरकार समक्ष पहल गरिनेछ । साथै नगरक्षेत्र भित्र गाँजा खेती हुन सक्ने सम्भावित क्षेत्रहरुको पहिचान गरिनेछ ।
– भौगोलिक रुपमा विकट रहेको बागलुङ नगरपालिका वडा नं. ११ को रायडाडा क्षेत्रको आर्थिक विकास र समृद्धिको लागि सञ्चालनमा रहेको रायडाडा विशेष कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
– आज होइन भोलिलाई, पालौ पाडी बाच्छीलाई भन्ने नाराका साथ बाच्छी र पाडी पाल्नको लागि कृषकलाई प्रोत्साहन गर्न बाच्छी र पाडीको निःशुल्क विमा, औषधि उपचार र सुत्केरी पशुलाई भिटामिन लगायतका औषधि उपलब्ध गराउने र बाच्छी र पाडी पाल्ने कृषकलाई सम्मान गर्ने कार्यक्रमलाई अगाडि बढाइनेछ ।
– पशु वस्तुमा कृत्रिम गर्भाधान सेवालाई घरदैलो तहसम्म विस्तार गरिनेछ ।
– कुखुरा, कालिज, बाख्रा, पाडा पाडी, बङगुर, माछा लगायतका पशुपंक्षीको व्यावसायिक उत्पादन र बजारीकरणमा सहयोग गरिनेछ ।
– प्रदेश सरकारको नवप्रर्वतन कार्यक्रम मार्फत सामुदायिक कुकुर सेल्टर हाउसको कार्यक्रमलाई पशु अधिकारकर्मी तथा Dog Lovers हरुसंग समन्वय गरी प्रभावकारी कार्यान्वयन गरिनेछ । सेल्टर हाउसमा रहेका कुकुरलाई बिक्रि गर्ने र सशुल्क पाल्ने गरी व्यवस्था गरिनेछ । कुकुरको बन्ध्याकरण र रेविज विरुद्दको खोप र घरपालुवा कुकुर दर्ता गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– मासु र मासुजन्य उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउनको लागि हेफर इन्टरनेश्नल नेपालसंग सहकार्य गरिएको आत्मनिर्भर बागलुङ कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– पशुपालक व्यावसायिक कृषकहरुलाई उन्नत घाँसको बीउ वितरण, घाँस संरक्षणका विधिको प्रयोगको लागि आवश्यक तालिम र उपकरण तथा अनुदान सहयोग उपलब्ध गराइनेछ ।
– पशुपंक्षीमा देखा पर्ने रोग तथा महामारीको न्युनीकरणको लागि खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– व्यवस्थित पशुवधशाला निर्माणको लागि उपयुक्त स्थानको खोजी गरिनेछ ।
– कृषकहरुको सुविधाको लागि निःशुल्क कृषि तथा पशु परामर्श सेवा सञ्चालनको व्यवस्था गरिनेछ ।
– युवाहरुलाई स्वरोजगार वनाउन युवा लक्षित पशु पालन कार्यक्रम सञ्चालन गरिनेछ ।
(ख) सहकारी तथा रोजगार प्रवद्र्धन
– नगरपालिकाको कार्यक्षेत्र भित्र रहेका सहकारी संस्थाहरुको प्रवर्धन र वित्तीय सुशासनलाई प्रभावकारी बनाउन आवश्यक संयन्त्र निर्माण गरी नियमन गरिनेछ भने उत्कृष्ट सहकारीलाई पुरस्कृत गरिनेछ ।
– सरोकारवालाहरुको साझेदारीमा सहकारी व्यवस्थापन, सहकारी लेखा, Cooperative and Poverty related management information system (COPOMIS) तथा अन्य सहकारी सम्बन्धी सचेतना लगायतका कार्यक्रमहरु सञ्चालन गरिनेछ । कानुन बमोजिम सहकारीहरुको मर्जर र खारेजीको प्रक्रिया अगाडि बढाइनेछ । सहकारी संस्थाको हक हित र संरक्षणको लागि सहकारी सञ्जाल गठनको लागि आवश्यक अध्ययन गरिनेछ ।
– सहकारी संस्थाहरुलाई फोहरमैला व्यवस्थापन, विपद्, समुदाय परिचालन, स्थानीय उत्पादनमा वृद्धि, सहकारी गाउँ, होमस्टे, पर्यटन प्रवद्र्धन तथा इको भिलेज जस्ता क्षेत्रमा साझेदारी गर्ने नीति लिईनेछ ।
– सहकारी संस्थाहरुमा कार्यरत जनशक्तिहरुको पारिश्रमिकलाई समय सापेक्ष एकरुपता बनाउन आवश्यक पहल गरिनेछ ।
– सहकारी संस्थालाई बार्षिक रुपमा एक सहकारी एक कार्यक्रम पुर्वत उत्पादन, प्रशोधन तथा बजारीकरणतर्फ उन्मुख गराउन आवश्यक नीति अवलम्बन गरिनेछ ।
– सवै सहकारी संस्थाहरुलाई सहकारी तथा गरीबि निवारण व्यवस्थापन सूचना प्रणालीको बारेमा जानकारी गराई Cooperative and Poverty related Management Information System (COPOMIS) मा आबद्ध गराइने छ ।
– ग्रामिण क्षेत्रभित्र रहेका कृषकहरुलाई सहकारी मार्फत व्यावसायिक बनाउने नीति लिईनेछ ।
(ग) पर्यटन तथा संस्कृति
– अध्ययन तथा रोजगारीको लागि विदेशिने र घर जग्गा समेत बेचेर विदेशमा नै स्थायी बसोवास गर्ने प्रवृतिले अबको केही दशकमा सीप, क्षमता र श्रम गर्न सक्ने जनशक्ति पलायन हुने र हाम्रो देश बाल गृह र ज्येष्ठ नागरिकको आश्रय स्थलको रुपमा परिणत हुन सक्ने सम्भावनालाई मध्येनजर गरी विदेशमा गएका हाम्रा दाजुभाइ दिदी बहिनीहरुलाई पर्यटक सहित स्वदेश फर्कने अभियान सञ्चालन गर्न हामी हाम्रो पहलबाट Discover Baglung: Your Way कार्यक्रम सञ्चालनको नीति लिएका छौँ । विदेश जानु पूर्व स्थानीय तहबाट उपलब्ध गराइने डकुमेन्टसंगै निजहरुको पूर्ण विवरण पालिकामा राख्ने, निजहरुलाई म मेरो देशलाई माया गर्छु, म मेरो देशको लागि केही गर्नेछु र ज्ञान, सीप, क्षमता र पर्यटक सहित म छिट्टै मेरो जन्मस्थान फर्कनेछु भन्ने प्रतिबद्धता गराउने, प्रतिबद्धता पालनाको लागि ईमेल मार्फत हरेक वर्ष स्मरण गराउने र निजहरुमार्फत कम्तीमा दुई (२) जना विदेशी पर्यटकलाई नेपाल घुम्नको लागि प्रोत्साहन गर्ने गरी आवश्यक नीतिगत व्यवस्था गरिनेछ । यस संगै पर्यटन व्यवसायबाट देशले नै ठुलो आर्थिक लाभ लिन सक्नेछ ।
– सुन्दर बागलुङ बजारलाई थप आकर्षक बनाउन, व्युटिफिकेसन कायम राख्न बजार क्षेत्रभित्र रहेका टोलहरुमा नागरिक साझेदारीमा एक घर एक फूल गमला कार्यक्रम, पोल पेन्टिङ, मालढुङ्गा पुलदेखि बाङ्गेचौर खेल मैदान सम्मको सडकको दाँया बाँया क्षेत्रमा फुल फुल्ने विरुवा रोप्ने कार्य, बाङ्गेचौर भिरमा लहरे फुल र भित्तामा आर्कषक कलाकृति पेन्टीङ्ग गर्ने कार्यको लागि साझेदारहरुको खोजी गरिनेछ ।
– नगर उप–प्रमुख पर्यटन विकास कार्यक्रमलाई निरन्तरता दिंदै विश्व पर्यटकको ध्यान केन्द्रित गरेको मुक्तिनाथ लगायत मुस्ताङ, म्याग्दी र कुश्मामा रहेका पर्यटकीय गन्तव्य र ढोरपाटन क्षेत्रको लागि आउने पर्यटकहरुलाई कालिका मन्दिरको अतिरिक्त बागलुङ नगरपालिकाका अन्य धार्मिक एवं पर्यटकीय क्षेत्रमा जाने वातावरणको सिर्जना गर्नको लागि “बागलुङ घुम्न जाऔँ” अभियान सञ्चालन गरिनेछ । यसै गरी प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान लगायत १० वटा धार्मिक पर्यटकीय क्षेत्रको क्यूआर कोडमार्फत विश्वका १० वटा भाषाबाट जानकारी लिने गरी थालनी गरिएको क्यू आर बोर्ड कार्यक्रमलाई क्रमशः अन्य बाँकी पर्यटकीय क्षेत्रहरुमा समेत विस्तार गर्ने र बागलुङ नगरक्षेत्रका मुख्य सार्वजनिक क्षेत्रमा समेत उक्त बोर्ड राख्ने व्यवस्था मिलाइनेछ । पर्यटकको सहजताको लागि मुख्य चोकहरुमा पर्यटक पथप्रदर्शक चिन्ह राखिनेछ । बागलुङ बजारका सडकको पहिचानको लागि Street Number कार्यक्रमको सुरुवात गरिनेछ ।
– बागलुङ नगरपालिका वडा नं. ३ स्थित कैलाम पोखरीमा निर्माणाधीन सह–लगानी लिफ्टिङ खानेपानी आयोजनाको संरचना निर्माणसंगै सो क्षेत्रमा वनवाटिका, पार्क र पिकनिक स्पोर्ट निर्माण, वडा नं. ३ स्थित कदमबोट फन पार्क निर्माण सहित पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
– बागलुङ नगरपालिका वडा नं. ९ स्थित नगरको गौरवको योजनाको रुपमा रहेको पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको ब्लु हिल पर्यटकीय पार्क निर्माण कार्यलाई वहु वर्षिय कार्ययोजना मुताविक तीन बर्षमा निर्माण सम्पन्न गर्ने गरी प्राथमिकताका साथ अगाडि बढाईनेछ ।
– भकुण्डे लगायतका स्थानमा रहेका मगर बस्तीहरुको कला संस्कृतिलाई परिष्कृत गरी नमुना मगर गाउँ को रुपमा पहिचान गराइनेछ भने होमस्टेहरुको क्षमता र गुणस्तर वृद्धि गरी नमुना होमस्टेको रुपमा विकास गरिनेछ । नगर उप प्रमुख घरवास कार्यक्रममार्फत नगरका अन्य स्थानहरुमा होमस्टे सञ्चालनको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
– स्थानीय मदिरालाई स्वास्थ्य मापदण्ड पुरा गरी गुणस्तरीय उत्पादन, ब्राण्डिङ्ग र बजारीकरण गर्न प्रदेश सरकारको सहयोगमा आवश्यक नीति लिइनेछ ।
– बलेवा विमानस्थललाई विभिन्न विकल्पसहित सञ्चालन तथा उपयोगमा ल्याउनको लागि अध्ययन गरिनेछ । पैयुँपाटाको पहरे क्षेत्र, अमलाचौर क्षेत्र लगायत सम्भावित अन्य क्षेत्रलाई साहसिक उडान क्षेत्रको रुपमा सञ्चालन गर्नेतर्फ पहल गरिनेछ । बा.न.पा. १ स्थित रानी वन लगायतका स्थानमा साहसिक पर्यटकीय पूर्वाधार निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
– बागलुङ नगरपालिका क्षेत्रमा पौराणिक कालदेखि चलिआएको भजन कीर्तन, हनुमान नाच, लाखे नाच, धिमे बाजा, झाम्रे, सोरठी नाच, रोपाइँ नाच, जोगी नाच लगायतका परम्परागत नाच, साहित्य, सङ्गीत, संस्कृति र सम्पदाहरुको संरक्षण र संवद्र्धन गरिनेछ । बागलुङको साँस्कृतिक पहिचानलाई विश्वसामु पु¥याउनको लागि हनुमान नाचलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नको लागि पहल गरिने छ ।
– निजी क्षेत्रको सहकार्यमा नगर क्षेत्रभित्र ठूला उद्योग, कलकारखाना, पर्यटन, कृषि उद्योग तथा ठूला पूर्वाधार निर्माण लगायतका नगरको समृद्धि र विकासका लागि लगानी जुटाउन विज्ञहरुको सुझावको आधारमा लगानीका क्षेत्रको पहिचान गरी बागलुङ लगानी सम्मेलन आयोजना गरिनेछ ।
– बागलुङ नगर क्षेत्र भित्रका सम्पूर्ण माध्यामिक विद्यालयहरुमा पर्यटन क्लब गठन गरी पर्यटकीय क्षेत्रको बारेमा व्यापक प्रचार प्रसार गरिनेछ ।
– बागलुङ नगरक्षेत्र भित्र रहेका पुराना तथा ऐतिहासिक महत्व बोकेका पुराना कोटघरहरु, मठमन्दीरहरुको संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।
– नगरस्तरीय पर्यटन गुरुयोजना निर्माण गरिनेछ ।
– धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थलसम्म पदमार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
– नगरक्षेत्रभित्र परम्परागत रुपमा धार्मिक तथा सांस्कृतिक महत्व बोकेका सम्भावित पर्यटकीय क्षेत्रहरुको खोजी गरिनेछ ।
श्रम, रोजगार तथा उद्यम विकास
– वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित गर्न श्रम तथा रोजगार शाखा स्थापना गरी थप पहल गरिनेछ । बागलुङ नगरपालिकाको नेतृत्वमा जिल्लाका अन्य पालिकासंग समन्वय गरी सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ । कामका लागि विदेश जाने युवा युवतीलाई विशेष सीप तालिम प्रदान गर्नका लागि प्रदेश र संघीय सरकारसंग समन्वय गरिनेछ ।
– विदेशमा समस्यामा परेका व्यक्तिको उद्धार तथा राहतको कार्यमा सहजता ल्याउनको लागि वैदेशिक रोजगारीमा गएका वा जान लागेका व्यक्तिहरुको भरपर्दो सूचना एवं कागजपत्रहरु घर परिवारलाई समेत थाहा हुने गरी व्यवस्थित गर्न प्रोत्साहन गरिनेछ । यसका लागि सामाजिक परिचालन र रिटनि परिचालनका थप क्रियाकलापहरु संचालन गरिनेछ ।
– वैदेशीक रोजगारीमा समस्यामा परेका व्यक्ति तथा परिवारका सदस्यहरुमा देखा पर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम न्युनीकरण तथा व्यवस्थापनको लागि व्यक्तिगत तथा सामूहिक मनोपरामर्श सेवाका कार्यक्रमहरु सञ्चालन गरिनेछ । यसैगरी विद्यालय तहबाट नै मानसिक स्वास्थ्य सचेतनाका क्रियाकलापहरु सञ्चालन गर्न सुरु गरिनेछ ।
– वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप पूँजी र प्रविधिको उच्चतम प्रयोग गरी पालिकाको आर्थिक वृद्धिमा टेवा पु¥याइनेछ । त्यसका लागि आवश्यक कार्यक्रम तथा नीतिको व्यवस्था गरी पुनः एकीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । साथै वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको निःशुल्क सीप परीक्षणको व्यवस्था गरिनेछ ।
– वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिनेछ । वित्तीय साक्षरता सम्बन्धी ज्ञान वृद्धि तथा सचेतनाको एकीकृत कार्यक्रम सञ्चालनको लागि वित्तिय साक्षरता रणनीतिक योजना तयार गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरु मार्फत सञ्चालन हुने वित्तीय साक्षरता कार्यक्रमलाई नगरपालिकाको समन्वयमा एकद्वार प्रणाली मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ ।
– सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक होर्डिङ बोर्डहरु राख्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– स्थानीय तहबाट शुरु गरिएको श्रम स्वीकृतीको प्रक्रियालाई अझै प्रभावकारी र सेवाग्राही मैत्री बनाइनेछ ।
– स्वदेशमा उद्यम तथा स्वरोजगार गर्न चाहने युवायुवतीहरुले समुह वा सहकारीमा आबद्ध भई उद्यम गर्न चाहेमा त्यस्ता समुह वा सहकारी एवम् अति विपन्न नागरिक तथा लक्षित समुदायका व्यक्तिहरुलाई सीप, तालिम, बिउपुंजी, प्रविधि, सहुलियतपूर्ण कर्जा र बजारीकरणमा सहयोग गरी उद्यमी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
– बागलुङ नगर क्षेत्रमा जन्मेर स्वेदश तथा विदेशबाट व्यवसाय, उद्यम, ज्ञान, सीप र अनुभव हासिल गरेका नगरवासीहरुलाई आफूले सिकेका ज्ञान, सीप, क्षमता स्थानीय समुदायमा हस्तान्तरण गर्न र बागलुङ नगर क्षेत्रमा लगानी गर्नको लागि आफू जन्मेको माटोलाई माया गरौं अभियान सञ्चालन गरिनेछ ।
– नगर क्षेत्रभित्र रहेका श्रमिकहरुको सीप, अनुभव र व्यक्तिगत विवरण समेतको अभिलेख रहने गरी नगरपालिकामा श्रम बैङ्क स्थापना गरिनेछ । यस्तो श्रम बैङ्कमा आबद्ध श्रमिकहरुलाई नगर क्षेत्रभित्र हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाइ, विपद व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा श्रम, रोजगार तथा उद्यम विकास शाखासंग आबद्ध गरी रोजगारीका अवसरहरु सिर्जना गरिनेछ ।
– आन्तरिक रोजगारी वृद्धिका लागि संघ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
– नगरक्षेत्र भित्र सम्भावना रहेका तामाखानी लगायत अन्य खानीहरुको खोजी गर्न पहल गरिनेछ ।
– महिला तथा युवाद्वारा सञ्चालित उद्यम तथा व्यवसायको सक्षमीकरण तथा सम्भावना बोकेका उद्यमहरुको स्तरउन्नतिका लागि प्रदेश सरकार संग समन्वय गरी वृद्धिमुखी, उद्यमशीलता र रोजगारी प्रवर्धन (GEEP) कार्यक्रम सञ्चालन गरिनेछ ।
सामाजिक विकास
शिक्षा
– सामुदायिक तथा संस्थागत विद्यालयहरुको शैक्षिक गुणस्तर समान रुपमा अघि बढाउन पछाडि परेका विद्यालयहरुलाई शैक्षिक पूर्वाधार, नवीनतम शैक्षिक सामग्री, सूचना प्रविधि र तालिममा सहयोग गर्ने गरी नगरक्षेत्र भित्रका शैक्षिक संस्थालाई नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्न, नैतिक शिक्षा तथा परियति शिक्षा लागु गर्न, शैक्षिक सुधारको लागि सेवा आयोगको परिक्षामा वैकल्पिक सूचीमा परेका वा रोष्टर सुचीको लागि परीक्षा उर्तीण गरेको विषय शिक्षकको रोष्टर तयार गर्न, विद्यालयमा प्र.अ. नियुक्ति र प्रशासनिक नेतृत्वमा देखिएको समस्याको स्थायी समाधानको लागि खुल्ला प्रतिस्पर्धाबाट प्र.अ. छनौट गर्न, शिक्षण पेशालाई मर्यादित र सम्मानित पेशाको रुपमा स्थापित गर्न र अन्तर विद्यालय सरुवाको लागि कार्यविधि सहित कार्यक्रम सञ्चालन गरिनेछ । साथै विद्यालयप्रति अभिभावकको चासो र निगरानी लाई बढाउनको लागि अभिभावक संग नगरप्रमुख कार्यक्रम सुरु गरिनेछ ।
– प्रदेश सरकारसंगको सहकार्यमा यस नगरपालिकाका विद्यालयहरुमा आवश्यकता अनुसार आवासीय सुविधा सहितका ठूला विद्यालय, लिड विद्यालय, आवासीय विद्यालय (Big School, Lead School, Residential School) सञ्चालन गर्नका लागि पहल गरिनेछ । नगर क्षेत्रभित्रका उपयुक्त विद्यालयहरुलाई नमुना विद्यालय र आवासीय विद्यालयको रुपमा विकास गर्न तथा ICT को प्रयोगबाट पठनपाठन गर्ने विद्यालय स्थापनमा जोड दिइनेछ ।
– विद्यालय स्थगन तथा तह मिलान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– बालबालिकालाई सामाजीकरण गराउन तथा सिकाईको सुरुवात गर्नको लागि हाल सञ्चालनमा रहेका बालविकास केन्द्र देखि प्रारम्भिक बाल सिकाई कक्षाको रुपमा परिचित कक्षा ३ सम्मको सिकाइ उपलब्धिमूलक बनाउनको लागि कक्षा कोठाको व्यवस्थापन, वालविकास सहजकर्ता तथा कर्मचारीहरुलाई तालिम तथा बालबालिकाहरुको लागि विशेष प्रकारका ज्ञानवद्र्धक सामग्री वितरण गरिनेछ ।
– नगरक्षेत्र भित्र रहेका सबै विद्यालयहरुमा क्रमशः बालमैत्री (सिंगल) डेस्क बेञ्चको व्यवस्थालाई निरन्तरता दिइनेछ । आविष्कार, खोज तथा नवप्रवर्तन र अध्ययन गर्ने बानीलाई प्रोत्साहन गर्न नगर क्षेत्रमा रहेका पुस्तकालयहरुको स्तरोन्नति गरिनुका साथै सिकाइको लागि प्रविधि र डिजिटल पुस्तकालय तथा बाल पुस्तकालय स्थापना गर्न सहयोग गर्ने नीति लिइनेछ ।
– गुरुकुल, गुम्वा, विहार, मदरसा, खुल्ला एवम् वैकल्पिक शिक्षा कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकार र सङघीय सरकारसंग समन्वय गरिनेछ । नगरभित्रका सामुदायिक धार्मिक विद्यालयहरुको संस्थागत विकास र स्तरोन्नतिका लागि पहल गरिनेछ ।
– विज्ञ समूह मार्फत कक्षा अवलोकन, उपलब्धि मापन, उत्कृष्ट विद्यालय र शिक्षक छनौट सम्बन्धी नीति अघि बढाईनेछ ।
– विद्यालयहरुको असल अभ्यास आदानप्रदान गर्ने व्यवस्था मिलाइनेछ । सामुदायिक र संस्थागत विद्यालयका सफल सिकाइ विधिको पारस्परिक स्थानान्तरण गर्न घुम्ती शिक्षक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– शैक्षिक सुधारको लागि वडा शिक्षा समिति र प्रध्यानाध्यापकलाई थप अधिकार प्रत्यायोजन गरी विद्यालय अनुगमन तथा कार्यसम्पादनलाई सहज बनाईनेछ ।
– बालमैत्री स्थानीय शासन कार्यक्रमलाई अझै प्रभावकारी बनाई निरन्तरता दिइनेछ जसका लागि बालविकास कक्षाहरुमा बालमैत्री सिकाइ सामग्रीहरुको व्यवस्थापन गरिनेछ । सबै विद्यालयमा गठन गरिएका बाल क्लबहरु सञ्चालनको व्यवस्था मिलाईनेछ ।
– धौलागिरी वहुमुखी क्याम्पसलाई प्राज्ञीक तथा अनुसन्धानमूलक शैक्षिक केन्द्रको रुपमा विकास गर्न पहल गरिनेछ । सोही क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीको ज्ञान, सीपको आदान प्रदान गर्न तथा स्थानीय रोजगारीको अवसर सिर्जना गर्नको लागि अध्ययनको विषय र क्षेत्र अनुसार नगरपालिकाको विभिन्न विषयगत शाखा तथा विद्यालयहरुमा Paid Internship को कार्यक्रम सञ्चालन गरिनेछ । साथै नगर प्रमुखसंग ज्ञान सीप धारणा आदानप्रदान गर्नको लागि Idea Exchange With Mayor कार्यक्रम सञ्चालन गरिनेछ ।
– एस.ई.ई. र दश जोड दुईको परिक्षा दिई नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरुको खाली समयमा गलतबाटो लाग्नबाट जोगाउन र हासिल गरेको ज्ञानलाई साटासाट गर्नको लागि Volunteer Teacher कार्यक्रम सञ्चालनको लागि पहल गरिनेछ ।
– नगरक्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक शुल्क लगायत पढाइ खर्च आफै व्यवस्थापन गर्न सक्ने वातावरण सिर्जना गर्नको लागि कृषि तथा पशुपंक्षीको क्षेत्रमा काम गर्ने गरी “पढ्दै कमाउँदै कमाउँदै सिक्दै” कार्यक्रमको सुरुवात गरिनेछ ।
–गर्भवती महिला शिक्षक विदामा रहँदा सट्टा शिक्षक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– जेहेन्दार, गरिब, विपन्न, दलित तथा अल्पसङख्यक समुदायका विद्यार्थीहरुको लागि निजी विद्यालयसंग समन्वय गरी विद्यालयमा रहेको कुल विद्यार्थी सङख्याको कम्तीमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य रुपमा निःशुल्क पढाउने गरी व्यवस्था मिलाइनेछ ।
– विद्यार्थीहरुमा अतिरिक्त ज्ञान हासिल गर्न, विद्यार्थीहरुको क्षमतालाई थप उजागर गर्न, अन्तरनिहित विशिष्ट प्रतिभाको प्रस्फुटन गर्न विना पुस्तक सहितको विद्यालय Friday for Future कार्यक्रम सञ्चालन गरिनेछ ।
– विद्यालयको भर्नादर र टिकाउ दरमा वृद्धि गर्न ECD देखि ५ कक्षासम्म दिवा खाजामा प्रति विद्यार्थी रु ५ थप गरिनेछ । विद्यालयको समग्र स्तर निर्धारण गर्न स्तरीकरण फारम भरी क, ख, ग र घ वर्गमा विभाजन गरिनेछ । स्थगन भएका विद्यालयका विद्यार्थीहरुलाई प्रोत्साहन कार्यक्रम ल्याइनेछ ।
– राम्रा अभ्यास गरेका विद्यालयका शिक्षण अनुभव आदानप्रदान गर्नका लागि आन्तरिक तथा अन्तर पालिका भ्रमण गराइनेछ । शिक्षण शिकाई प्रभावकारी बनाउन सहपाठी मूल्याङ्कन प्रणाली लागु गरिनेछ ।
– शिक्षणलाई प्रभावकारी बनाउन शैक्षिक सामग्री निर्माणमा आर्थिक सहायता प्रदान गरिनेछ ।
– उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, प्र.अ. तथा शिक्षकको पहिचान प्रोत्साहन तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– स्नातक तहको अध्ययन सकेर स्नाकोत्तर तह पढनको लागि आर्थिक अभावको कारण अध्ययनलाई निरन्तरता दिन नसकेका न्यून आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई धौलागिरी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको अध्ययनको लागि निश्चीत समय बागलुङ नगरपालिकामा Volunteer सेवा गर्ने गरी छात्रवृति प्रदान गरिनेछ । सो को लागि धौलागिरी बहुमुखी क्याम्पसमा अक्षकोषको व्यवस्था गरिनेछ ।
– सामुदायिक तथा संस्थागत विद्यालयहरुको सिकाई उपलब्धी आदान प्रदान गरी शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि शैक्षिक मेला (प्रर्दशनी)को आयोजना गरिनेछ ।
– विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरुले गरेको राम्रा तथा अनुकरणीय कार्यको सिकाई आदान प्रदान गर्नको लागि युवा मेलाको आयोजना गरिनेछ ।
– द्वन्द्व पिडीत, सहिद घाइते तथा अपाङ्ग परिवारलाई उत्पादन तथा रोजगारीमा जोड्नको लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।
स्वास्थ्य
– लागु औषध दुव्र्यसनी तथा कुलतमा फसेका व्यक्तिहरुको पहिचान गर्नको लागि जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसंग समन्वय गरी दुव्र्यसनीको पहिचान, अमूल्य छ हाम्रो जीवन कार्यक्रम सञ्चालन गरी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण मार्फत लागुऔषध प्रयोग गरे नगरेका पहिचान गरी परामर्श, सुधार एवं पुनस्र्थापनाका कार्यक्रमहरु सञ्चालनमा ल्याइनेछ ।
– आयुर्वेद सेवालाई प्रभावकारी बनाउन भौतिक पूर्वाधारको विकास र आयुर्वेद स्वास्थ्य सम्वन्धी कार्यक्रम सञ्चालन गरिनेछ ।
– स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने विरामीहरुको सुरु देखिको सम्पूर्ण सेवा सम्बन्धी अभिलेखलाई प्रविधिमैत्री बनाउदै Electronic Health Record System लाई थप प्रभावकारी बनाइने छ ।
– बागलुङ नगर अस्पताललाई आवश्यक जनशक्ति तथा औजार उपकरण उपलब्ध गराई क्षमता अभिवृद्धि गरनेछ ।
– गर्भवती महिला र हुर्कदै गरेको शिशुको स्वास्थ्यलाई ध्यानमा राखी स्वस्थ्य बच्चा जन्मन पाउने अधिकार, गर्भवतीप्रतिको सकारात्मक व्यवहार भन्ने नाराका साथ जनप्रतिनिधि र स्वास्थ्यकर्मी सहितको भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ । साझेदार निकायसंगको सहकार्यमा “स्वास्थ्यप्रतिको सचेतना, गर्भवती महिलालाई पोषण युक्त खाना” कार्यक्रम गर्न पहल गरी क्याल्सीयम वितरणको कार्यक्रम गरिनेछ ।
– ग्रामीण भेगका गर्भवती महिलाहरुलाई वडामा पुगरे दिइने ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई निरन्तरता दिईनेछ । साथै अन्य दिदी बहिनीहरुका लागि प्रजनन रुग्णता सेवा १४ वटै वडामा सञ्चालन गरिनेछ ।
– शुन्य होम डेलिभरी भन्ने नारालाई सार्थक बनाउनका लागी स्वस्थ रहन्छिन नारी, स्वास्थ्य संस्थामा डिलिभरी कार्यक्रमलाई निरन्तरता दिइने छ । जसको लागि सवै वर्थिङ सेन्टरहरुलाइ सुविधा सम्पन्न बनाइनेछ । गर्भवती तथा सुत्केरी आमा लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ । गर्भवती आमाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
– ज्येष्ठ नागरिकहरुमा हुने स्वास्थ्य समस्यालाई समयमै पहिचान गरी आवश्यक परामर्श दिनको लागि सञ्चालनमा आएको नगर प्रमुख ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम लाई निरन्तरता दिइनेछ । ज्येष्ठ नागरिकहरुको स्वास्थ्य समस्या समाधनको लागि विभिन्न संघ सस्थाहरुसंग समन्वय गरी दन्त तथा आखा परीक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
– प्रदेश सरकार संग सहकार्य गरी मिड वाइफरी शैक्षिक कार्यक्रम धौलागिरी अस्पतालमा लागु गर्न पहल गरिने छ । साथै धौलागिरी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
– स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारितालाई मध्येनजर गरी स्वास्थ्य विमा कार्यक्रमको दायरा वृद्धि गरी नगर प्रमुख स्वास्थ्य विमा कार्यक्रम लाई थप प्रभावकारिताका साथ अगाडि बढाईनेछ ।
– बागलुङ नगरपालिकालाई पोषणमैत्री नगर घोषणा गर्नको लागि आवश्यक शर्त पूरा गरिनेछ । साथै पुर्णखोपको दिगोपना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– गाउँघर क्लिनिक तथा खोप क्लिनिकलाई थप व्यवस्थित गरी सञ्चालनको व्यवस्था मिलाइनेछ । साथै उक्त सेवा प्रदान गर्न स्वास्थ्यकर्र्मीहरुलाई प्रोत्साहानका कार्यक्रम ल्याईनेछ ।
– नगर क्षेत्र भित्रका सबै स्वास्थ्य चौकीहरुमा क्रमश वर्थिङ्ग सेन्टर, फार्मेसी र प्रयोगशाला स्थापना गर्दै लगिनेछ ।
– स्वास्थ्य सेवाको पहुँच कमी भएका बस्ती तथा नागरिकहरुलाई लक्षित गरी बृहत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
– महामारीजन्यरोगको व्यवस्थापनका लागि रोग सर्भिलेन्स गर्ने तथा रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
– महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुका साथै प्राथमिक उपचार सामाग्री वितरण गरिनेछ ।
– वडा स्तरमा कार्यरत स्वास्थ्य संस्थाहरुबाट उपलब्ध गराइने सेवालाई गुणस्तरीय बनाउन, धेरै भन्दा धेरै नागरिकलाई सेवा प्रवाह गर्न, प्रशासनिक खर्चलाई मितव्ययी बनाउन, स्वास्थ्य सेवाले दिने सेवा र नगरवासीले सेवा प्राप्त गर्न लाग्ने दुरी समेतको अध्ययन गरी स्वास्थ्य संस्था पुनसँरचनाको प्रकिया अगाडि बढाईनेछ ।
– मानसिक स्वास्थ्य सचेतना तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।
– आकश्मिक रुपमा हुने दुर्घटनाका विरामीहरुलाई स्वास्थ्य संस्थामा पु¥याउनको लागि यातायातको असुविधा भएका स्थानहरुलाई लक्षित गरी महिला स्वास्थ्य स्वयंसेविकाको व्यवस्थापनमा स्टे«चर वितरण गरिनेछ ।
– सरकारी विद्यालयमा प्रथामिक उपचार सामग्रीको व्यवस्था गरिनेछ ।
– विद्यालय नर्स कार्यक्रमलाई थप प्रभावकारिताका साथ विस्तार गर्दै निरन्तरता दिइनेछ । यसरी सेवा प्रदान गर्ने विद्यालय नर्सहरुलाई प्रोत्साहनका कार्यक्रम ल्याइनेछ ।
– संघ र प्रदेश सरकारको साझेदारिमा स्वास्थ्यकर्र्मीको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ ।
– सहरी क्षेत्रमा नागरिकका लागि एर्कीकृत स्वास्थ्य सेवा प्रदान गरी नागरिकको स्वस्य जीवन शैलीमा सुधार ल्याउनका लागि स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत प्रवर्धनात्मक कार्यक्रम संचालनमा ल्याइनेछ ।
– किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रमलाई प्राथमिकता दिइनेछ ।
– अपाङगता भएका नागरिकहरुलाई सहायता सामाग्री वितरणको कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– बाहय खोप क्लिनिक केन्द्रहरु तथा गाउँघर क्लिनिक केन्द्रहरुको सुद्धढीकरण गरिनेछ ।
– सबै स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट तोकिएका निःशुल्क वितरण हुने औषधिहरुको अभाव हुन नदिन आवश्यक प्रबन्ध मिलाइनेछ ।
– आयुर्वेद सेवाको विस्तार गरिनेछ । स्थानीय स्तरमा पाइने जडीबुटीको प्रवद्र्धन तथा संरक्षणका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।
– मेरो स्वास्थ्य, मेरो जिम्मेवारी को अवधारणा अनुरुप नागरिकलाई स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्न योग तथा ध्यानको प्रवर्धन गरिनेछ ।
युवा तथा खेलकुद
– स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात् गर्दै विद्यालय तहबाटै विभिन्न विधाको खेलकुदको अभ्यास र व्यावसायिक खेलाडीहरुको उत्पादन गर्नको लागि वडा स्तरीय र नगरस्तरीय खेलकुद प्रतियोगिताहरु आयोजना गरिनेछ ।
– प्रत्येक वडामा एक वडा एक खेल मैदान निर्माणका लागि आवश्यक पहल गरिनेछ ।
– नगरवासीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउनको लागि नगरका उपयुक्त स्थानहरुमा खुल्ला व्यायाम शालाको स्थापनामा आवश्यक सहयोग गरिनेछ ।
– बागलुङ नगरको खेल क्षेत्रको गौरवको रुपमा रहेको खुला नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितालाई निरन्तरता दिईनेछ ।
– ओलम्पिक खेलमा नेपालको तर्फबाट सहभागी हुने खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिईनेछ
– नगर क्षेत्र भित्रका खेलाडीहरुलाई प्रदेश तथा राष्ट्रिय स्तरमा भाग लिन प्रोत्साहन गरिने छ । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरिने छ । खेलाडीहरुको मनोबल उच्च राख्न तथा जोखिम र दुर्घटनाको अवस्थामा राहत महसुस गराउनको लागि यस नगरको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने खेलाडीहरुको दुर्घटना विमा कार्यक्रमको सुरुवात गरिनेछ ।
– पदक जित्ने सम्भावना भएका खेल संघहरु र विशिष्ट पहिचान बनाएका खेलाडीहरुलाई सहयोग गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
– यस वर्षदेखि Mayor Cup Football कार्यक्रमको शुरुवात गरिनेछ ।
पुर्वाधार विकास
– नियमित मर्मत सम्भारः दिगो सडकको आधार को मर्म अनुसार प्रत्येक वार्डमा मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ । सडकमा पर्ने सामान्य खाल्टाखुल्टी समयमै मर्मत नगर्दा सडक नै पूर्ण रुपमा बिग्रन गई पुननिर्माणको लागि ठूलो रकम खर्च हुने, सडक कुरुप हुने, सवारी साधन तथा यात्रुलाई असहज हुने समस्याको अन्त्यको लागि तत्काललाई सडक मर्मत बल (Road Maintinance Force) को व्यवस्था गरी कार्य थालनी गरिनेछ भने दीर्घकालीन रुपमा समस्या समाधानको लागि “पूर्वाधार एम्वुलेन्स”को व्यवस्था गर्न साझेदारहरुको खोजी गरिनेछ । छतबाट पिच सडकमा सोझै पानी खसाल्ने परिपाटीलाई निरुत्साहित गरिनेछ ।
– आफ्नै कार्यालय भवन नभएका सबै वडाहरुको कार्यालय भवन क्रमशः निर्माण गर्दै लगिनेछ ।
– सबै वडाहरुको सन्तुलित विकास हुनेगरी एक वडा एक नमुना पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– निरयघाटमा निर्माणाधीन मानवसेवा आश्रमको भवन निर्माणलाई पूर्णता दिई सञ्चालनमा ल्याइनेछ भने दाह संस्कार स्थललाई व्यवस्थित बनाइनेछ ।
– सरोकारवाला पालिकाहरुसंगको सहकार्यमा कालीगण्डकी नदीको निरयघाटदेखि काठेखोला दोभानसम्मको क्षेत्रमा धार्मिक पूर्वाधार निर्माण गुरु योजना तयार गरी दर्शनीय स्थलको रुपमा विकास गर्ने गरी अध्ययन गरिनेछ ।
– संघ र प्रदेश सरकारसंगको साझेदारी र सहयोगमा नगरका सबै वडा केन्द्रसम्म क्रमशः पक्की सडक निर्माण गरिनेछ । मूलपानी–ढिकीचौर–तितौरे–मालिका–कुँडेले सडकलार्ई भित्री चक्रपथ र मालढुङ्गा, नारायणस्थान, पैयुपाटा, अमलाचौर, भकुण्डे, रायडाँडा, तित्याङ, सिगाना र खहरेलाई बाह्य चक्रपथको रुपमा विकास गरिनेछ । पर्यटन प्रवर्धनका लागि भैरवस्थान, मुलावारी, भकुण्डे, रायडाडा, वौडेचौर, ब्लुहिल, गाजादह, पञ्चकोट, कारिकोट, रायरायकोट, संसारकोट, काँठेखोला सिगाना कोटघर हलहले, सालिकग्राम संग्रालय देखी कुवेरधाम लगायतको क्षेत्रमा पर्यटकीय पदमार्गको निर्माण गर्न पहल गरिनेछ ।
– NUGIP द्धारा निर्माण सुरु भएको मूलपानी मा.वि. देखि काभ्रे हर्राचौर हुँदै कालिमाटी तितौरे काँठेखोला सिमाना सम्मको सडक, पाग्जा हुँदै खनियावासदेखी निरय घाट सम्मको सडक, उपल्लाचौरदेखि ढोडेनीसम्मको सडकको निर्माण कार्य समयमै सम्पन्न गर्नको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
– हाल निर्माणाधीन अवस्थामा रहेका नगर तथा वडाका महत्वपूर्ण सड्कहरुलाई समयमै सम्पन्न गर्न तथा स्तरोन्नतिको बाँकी कार्य गर्न संघ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
– बजार क्षेत्रमा रहेका खुल्ला विद्युत् तारलाई भूमिगत गर्नको लागि आवश्यक पहल गरिनेछ ।
– हरेक वर्षायामको समयमा भिरालो भू–भागबाट बग्दै आएको भल पानीका कारण बागलुङ बजार क्षेत्र जलमग्न हुने, कतिपय घरहरु डुवानमा पर्ने, सडक बिग्रर्ने र सवारी तथा यात्रु आवागमनमा अवरोध हुने समस्या वर्षौ देखि निरन्तर भैरहेको हुँदा उक्त समस्याको स्थायी समाधान र बजार क्षेत्रको दिसाजन्य लेदो व्यवस्थापनको लागि निरन्तरको पहलका बावजुद खानेपानी तथा ढल व्यवस्थापन विभागको सहयोगमा डिपिआरको प्रकिृया अगाडि बढि सकेको र निकट भविष्यमा बागलुङ बजारको भलपानी व्यवस्थापनको कार्य तीब्र रुपमा अगाडि बढ्ने गरी कार्य अगाडि बढाइनेछ ।
– बा.न.पा. वडा नं. १३ स्थित औद्योगिकग्राम क्षेत्रमा कालिगण्डकी नदीले पु¥याएको क्षति रोक्न प्राथमिकताका साथ कार्य अगाडि बढाइनेछ ।
– कालीगण्डकी करिडोर र बागलुङ–कुश्मिसेरा सडक खण्डमा पर्ने एक्लेसाल र दब्ल्याङको पहिरोको समस्या स्थायी रुपमा समाधान गर्ने गरी कार्य सुरु गरिनेछ । बा.न.पा. वडा नं. ११ को रामतोला र बा.न.पा. वडा नं. ३ को कैलाम पोखरी र बोक्से पैह्रो, वडा नं. ८ को भलायवोट पैह्रो, बा.न.पा. १३ जल्जला र ढाँड, बा.न.पा. १२ टाकुरीको पैह्रोको समस्या समाधान गर्न संघ तथा प्रदेश सरकारसंग समन्वय गरिनेछ ।
– आपत्कालीन कार्यसञ्चालन केन्द्रको सेवालाई थप प्रभावकारी बनाइनेछ ।
– बागलुङ बजारलाई पश्चिम क्षेत्रसंग जोड्ने मुख्य नाकाको रुपमा रहेको देउराली चोक बोक्से खहरे सडकको पैह्रो तथा सडक व्यवस्थापनको कार्यलाई संघ सरकारको सहयोगमा अगाडि बढाइनेछ ।
– बागलुङ बजार क्षेत्रको सुरक्षाको लागि उद्योग वाणिज्य संघ बागलुङसंगको सहकार्यमा सि.सि.क्यामेरा जडान कार्य सुरु गरिएकोमा उक्त कार्यलाई निरन्तरता दिइनेछ ।
– निजी क्षेत्रसंगको सहकार्य र सरोकारवालाहरुको समन्वय तथा साझेदारीमा उपयुक्त स्थानहरु पहिचान गरी केवलकार, सपिङ कम्प्लेक्स सहितको सिटीहल तथा स्विमिङ्ग पुल कोसेली घर, चिस्यान केन्द्र लगायतको पूर्वाधार निर्माण गर्न पहल गरिनेछ ।
– नगर क्षेत्रभित्र निर्माण हुने सबै सार्वजनिक पूर्वाधार निर्माणलाई अपाङ्ग र बालमैत्री बनाउने गरी संरचनात्मक सुधार गरिनेछ । नगर क्षेत्रभित्रका मुख्य तथा सहायक सडकहरुको क्रमश स्तरोन्नति गरिनेछ । सडक क्षेत्रमा हरियाली प्रवद्र्धन, सडक बत्ती, फुटपाथको व्यवस्था गरी सुरक्षित र आकर्षक बनाउने कार्यलाई निरन्तरता दिइनेछ ।
– आवश्यक प्रकिृया पूरा गरी गुरुयोजना बमोजिम बाङ्गेचौर खेल मैदानमा सुविधा सम्पन्न रङगशाला र मालिका क्षेत्रमा जियोलोजिकल पार्क निर्माणको लागि साझेदारको खोजी गरिनेछ ।
– बागलुङ जिल्लाको प्रवेशद्वार खुदुर्के पुल र बागलुङ प्रवेशद्वारमा लाइटिङ सिस्टम जडान, पर्यटन सूचना केन्द्रको लागि डिजिटल बोर्ड, सुविधा सम्पन्न प्रहरी चौकी तथा शौचालय निर्माण गरी थप व्यवस्थित बनाइनेछ ।
– बजार क्षेत्रको चोक सुधार तथा सडक विस्तार कार्यक्रलाई निरन्तरता दिइनेछ ।
– बागलुङ नगरपालिका वडा नं. २ स्थित ऐतिहासिक पार्कमा भएको स्मार्ट शौचालय र कफि सप सञ्चालनमा ल्याइनेछ ।
– बागलुङ–बेनी सडक, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, देउरालीचोक बोक्से सिगाना सडक र अदालत चौतारी–तित्याङ–भकुण्डे–रायडाँडा सडकको निर्माण कार्य समयमै सम्पन्न गर्न आवश्यक समन्वय, सहजीकरण र सहयोग गरिनेछ । बा.न.पा. ११ देखि जैमिनी वडा नं. १ जोडने फेदी खोला मोटरेबल पुल, जैमिनी वडा नं. २ जोडने सिम्ले खोला मोटरेवल पुल, जैमिनी वडा नं. ३ जोडने पैरेनी खोला मोटरेवल पुल र वडा नं. ४ ढोडेनी क्षेत्रभित्रको कालीगण्डकी नदीमा पुल निर्माण गर्नको लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
– बागलुङ बसपार्क सञ्चालनमा ल्याइनेछ ।
– नगर क्षेत्रभित्र यसै वर्षदेखि नगर बस सञ्चालन गरिनेछ ।
– बागलुङ नगरको नगर यातायात गुरुयोजना MTMP तयार गरी सोही बमोजिम कार्यान्वयनमा ल्याइनेछ ।
– वडा नं. १४ नारायणस्थान एकीकृत बस्ती विकास योजना DPR बमोजिम कार्य अगाडि बढाईनेछ ।
– नगरभित्र सञ्चालन हुने सार्वजनिक सवारीलाई सुरक्षित तुल्याई दुर्घटना न्यूनीकरण गर्न सरोकारवालासंगको समन्वयमा सडक सुरक्षा नीति तथा प्रविधिको अवलम्बन गरिनेछ ।
– नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाको लगत सङकलन गरी संरक्षणको लागि आवश्यक पहल गरिनेछ ।
– झोलुङ्गे पुलको जिल्लाको रुपमा परिचित बागलुङ जिल्ला र अल्गो र लामो झोलुङ्गे पुलको रुपमा ख्याति प्राप्त यस नगर ख्यातिलाई कायम राख्न आवश्यकीय अन्य स्थानहरुमा क्रमशः झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई सरोकारवालाहरुको समन्वयमा निरन्तरता दिईनेछ ।
– राजश्व र आर्थिक उत्पादन बृद्धी हुने खालका कैया काली किनार जस्ता सडक पूर्वाधारहरुको खोजी गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिनेछ ।
– नगर क्षेत्रभित्रको जग्गाको न्यूनतम मूल्याङ्कनलाई बस्तुनिष्ठ र यथार्थपरक बनाउनको लागि सम्वन्धित निकायमा आवश्यक पहल गरिनेछ ।
– संघ प्रदेशबाट अधुरा रहेका क्रमागत योजनालाई पूर्णता दिनको लागि पहल गरिनेछ ।
खानेपानी तथा सरसफाइ
– खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि दिगो रुपमा श्रोतमा पानीको उपलब्धता सुनिश्चित गर्नको लागि श्रोतको संरक्षण, एकीकरण र Water Recharge पोखरी, सिँचाइ पोखरी निर्माणको कार्यलाई सरोकारवालाहरुको सहभागिताको आधारमा अगाडि बढाइनेछ । हाल पुरिएर रहेका पोखरीहरुको उत्खनन तथा संरक्षणको लागि स्थानीय समुदायहरुसंग सहकार्य गरिनेछ ।
– संघ, प्रदेश र सरोकारवालाको सहयोग तथा समन्वयमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको योजनाबद्ध विकास गरी N Wash Plan कार्यान्वयनमा ल्याइनेछ ।
– नगर क्षेत्रभित्र हाल सञ्चालनमा रही सम्पन्न हुन बाँकी खानेपानी आयोजनाहरुलाई यथाशक्य छिटो सम्पन्न गर्न सहजीकरण गरिनेछ । साथै खानेपानीको श्रोत अभाव रहेका लामाचौर लगायतका क्षेत्रमा लिफ्टिङ खानेपानीको व्यवस्थाको लागि सहजीकरण गरिनेछ । बोरिङको अध्ययन गरिनेछ ।
– शुद्ध खानेपानीको सेवा नपुगेका सवै वडा र बस्तीहरुमा शुद्ध खानेपानीको सुविधा पु¥याउन संघ, प्रदेश र अन्य सरोकारवालाहरुसंगको सहकार्यमा “एक घर एक धारा” कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनको व्यवस्था गरिनेछ ।
– थाउने बगरदेखि रोकापाला मुसुरावारी पहरे मुलावारी लिफ्टिङ खानेपानी योजनाको सम्भाव्यता अध्ययन गरिनेछ ।
– आवश्यक स्थानमा Water Atm सञ्चालनमा ल्याइने छ ।
– बागलुङ नगरपालिका क्षेत्रभित्रका खानेपानीको श्रोत, खानेपानी उपभोक्ता समिति, संस्थाहरुको समन्वय, स्रोतको दर्ता, उपभोग जस्ता विषयमा आवश्यक सहजीकरण गर्नको लागि आवश्यकता अनुसारको समिति/बोर्ड गठन गरिनेछ ।
– बागलुङ नगरक्षेत्रको फोहरमैला व्यवस्थापनलाई तत्कालीन र दिर्घकालीन योजना बनाई वैज्ञानिक व्यवस्थापन गर्नको लागि सम्भव भएसम्म सार्वजनिक निजी साझेदारीको अवधारणा समेत अवलम्वन गरी Clean Baglung कार्यक्रममार्फत Zero Waste प्रविधि लागु गरिनेछ । फोहरप्रतिको साझा बुझाई, स्रोतमा नै फोहरको वर्गीकरण र न्युनीकरणका विधिलाई घर परिवारसम्म पु¥याउनको लागि विद्यार्थी तथा भूपू सैनिकलाई प्रयोग गरी व्यापक रुपमा प्रचार प्रसार गरिनेछ । प्रत्येक विद्यालयहरुमा फोहरमैला व्यवस्थापन तथा वातावरण संरक्षणको लागि ईको (ECO) क्लव गठन गरिनेछ । सिर्जित फोहरलाई कम्पोष्ट मलमा परिणत गरी कौशी तथा करेसावारी तरकारी कार्यक्रम प्रवद्र्धन गरिनेछ भने नकुहिने फोहरलाई Reuse and Recycle गर्ने नीति लिइनेछ ।
समन्वय र सहकार्य
– फोहोरमैला व्यवस्थापन, बिपद् व्यवस्थापन, साझा पूर्वाधार निर्माण, सडक सञ्जाल, कानून तर्जुमा, कर निर्धारण, भवन निर्माण मापदण्ड, स्थानीय दररेट लगायतका साझा सरोकारका विषयहरुमा गरिने निर्माणमा एकरुपता ल्याउनको लागि सिमाना जोडिएका पालिकाहरु समेतको सहभागितामा अन्तरपालिका समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– नगरक्षेत्रभित्र सञ्चालन हुने विकास आयोजना कार्यान्वयनको गुणस्तर कायम गर्न, योजना तथा कार्यक्रममा दोहोरोपनाको जोखिम न्यूनीकरण गर्न संघ तथा प्रदेशमा रहेका मन्त्रालय तथा कार्यालय र गैर सरकारी संस्थासंग समेत नियमित समन्वय गरिनेछ ।
– नगरपालिका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न चाहने गैर सरकारी संस्थाहरुले आफ्नो प्रस्तावित कार्यक्रम तथा बजेट नगरपालिकाको बार्षिक बजेटमा समावेश गराउनुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गरिनेछ ।
– अन्तरपालिका असल अभ्यासको आदान प्रदान, स्थानीय सरकारको संस्थागत विकास र अन्तरपालिका समन्वयलाई प्रभावकारी बनाउन एक प्रदेश एक पालिका र महत्वपूर्ण, उपयोगी अन्र्तराष्ट्रिय संस्थाहरुको सदस्यता प्राप्ति गर्ने नीतिलाई निरन्तरता दिइने छ ।
– नगरक्षेत्रभित्र टोल विकास संस्थाहरु गठन तथा पुनर्गठन गरी टोल विकास संस्थाको क्षमता विकास गर्दै टोल विकास संस्था मार्फत टोल स्तरका आयोजना कार्यान्वयन, फोहोर व्यवस्थापन, सामाजिक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– उपभोक्ता हित र संरक्षणको लागि उपभोक्ता शिक्षा, सचेतना कार्यक्रम, उपभोग्य वस्तुको गुणस्तर मापन, बजार अनुगमन, अखाद्यय पदार्थ र मिसावटको बारेमा बहस पैरवी र नियमन गर्ने जस्ता कार्यलाई निरन्तरता दिइनेछ ।
– गण्डकी प्रदेशभित्र रहेका न्यायिक समितिका गतिविधिको बारेमा अनुभव आदान–प्रदान गर्नको लागि न्यायिक समितिका संयोजकहरुको गण्डकी प्रदेशस्तरीय सम्मेलन गरिनेछ ।
सुशासन तथा संस्थागत विकास
– नगरपालिकाको सेवा प्रवाहलाई सरल, सहज, जवाफदेही, जनमुखी, सेवाग्राहीमैत्री बनाउन कार्यालयको भौतिक पूर्वाधार र सेवा प्रवाह प्रणालीलाई थप व्यवस्थित गरिनेछ । सेवाग्राहीको सुविधाको लागि Help Desk कार्यान्वयनमा ल्याइनेछ ।
– e–governance प्रणाली अनुरुप नगरपालिकाका काम कारवाहीहरुलाई प्रविधिमैत्री बनाउदै क्रमशः फेसलेस, पेपरलेस कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित गर्न प्रत्येक पदको कार्यविवरण सहित प्रमुख प्रशासकीय अधिकृतले नगर प्रमुखसंग, शाखा प्रमुख र वडा सचिवहरुले प्रमुख प्रशासकीय अधिकृतसंग, विद्यालयका प्र.अ. हरुले नगर शिक्षा अधिकारीसंग र शिक्षकहरुले प्र.अ.संग उपलव्धि सूचकसहित कार्य सम्पादन सम्झौता गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– नगरपालिकाको सङगठन संरचनालाई समय सापेक्ष परिमार्जन गरी उपयुक्त र प्रभावकारी बनाईनुका साथै एक वडा एक प्राविधिक तथा सबै किसिमका जनशक्तिहरु वडामा पु¥याउने व्यवस्था मिलाइनेछ ।
– कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न उत्प्रेरणा र क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
– कार्यपालिका र वडा सदस्यहरुको लागि Parliamentary procedure, Meeting Procedure उद्घोषण कला तथा स्थानीय तह र वडा समितिको काम, कर्तव्य र अधिकार सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
– जनप्रतिनिधि तथा कर्मचारीहरुको अन्तरर्घुलन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
– कर्मचारीलाई कार्यसम्पादनको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिनेछ । साथै सेवाको सुरक्षा र सुविधालाई समय सापेक्ष रुपमा परिमार्जन गरिनेछ ।
– “भष्ट्राचारमा शून्य सहनशीलता” को नीति अवलम्बन गरी सुशासनको प्रत्याभूति गरिनेछ ।
– नगरपालिकाबाट सम्पादन भएका योजना तथा कार्यक्रम र सेवा प्रवाहको सम्बन्धमा नागरिक समाज र प्रवुद्ध व्यक्तिहरुसंगको अन्तरक्रिया कार्यक्रम लगायत सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, ग्राहक सन्तुष्टि सर्वेक्षण, सुझाव तथा गुनासो सङकलन जस्ता सुशासनका औजारहरुको अधिकतम उपयोगलाइ निरन्तरता दिइनेछ ।
– कार्यालयको सबै सूचना (डाटा) लाई छुट्टै सर्भर मार्फत एकीकृत गरिनेछ ।
– सङघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्तका कार्यक्रमहरुलाई आयआर्जन संग जोड्दै उक्त कार्यक्रममा बढीमा ५ प्रतिशत भन्दा बढी प्रशासनिक खर्च नबढ्ने गरी खर्चलाई मितव्ययी बनाइनेछ ।
– कार्यालयको जिन्सी व्यवस्थापनलाई थप व्यवस्थित गरी सम्पूर्ण जिन्सी सामानहरु PAMS मार्फत एककिृत गरिनेछ । बार्षिक रुपमा आवश्यक जिन्सी सामग्रीहरु एकमुष्ट खरिद गरी पारदर्शी व्यवस्थापन गरिनेछ । जसले गर्दा कार्यालयको जिन्सी व्यवस्थापन र खर्चको मितव्ययिता हुने कुरामा विश्वास लिएको छु
– नगरपालिकाका सवै वडाहरुमा रहेका मेलमिलापकर्ताहरुको क्षमता विकास तालिम, भ्रमण, अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
– योजना तथा कार्यक्रमको अनुगमनलाई प्रभावकारी र व्यवस्थित गर्नका लागि आवश्यक स्रोत साधनको प्रबन्ध मिलाइनेछ ।
आवास, भवन, बस्ती तथा सहरी विकास
– नगरक्षेत्रमा आवास र व्यावसायिक प्रयोजनका लागि निर्माण हुने घर, भवन तथा संरचनाहरुलाई व्यवस्थित, भूकम्प प्रतिरोधी र मापदण्ड बमोजिम निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
– इलेक्ट्रोनिक विल्डिङ्ग पर्मिट सिस्टम (EBPS) लागू गरिनेछ । यस अनलाईन प्रविधिको प्रयोग गरी नगरवासीहरुले कार्यालय उपस्थित नभई नक्सा पास इजाजत पत्र, निर्माण सम्पन्न लगायतका डकुमेन्ट प्राप्त गर्न सक्ने गरी कार्यको थालनी गरिनेछ ।
– भवन निर्माण मापदण्ड कडाइका साथ लागु गरिनेछ । भवन डिजाइन कोड जारी गरिनेछ । नक्सा पास गर्दा अनिवार्य रुपमा रिचार्ज पिट निर्माण गर्नु पर्ने व्यवस्था गरिनेछ । नगरक्षेत्र भित्रका सडक मापदण्ड वस्तुनिष्ठ र वैज्ञानिक रुपमा परिमार्जन गरी लागु गरिनेछ । व्यावसायिक तथा सरकारी भवन निर्माण गर्दा अनिवार्य अण्डरग्राउण्ड पार्किङ्गको सुविधा सहितको भवन निर्माण गर्ने नीतिलाई आवश्यक कानुनी व्यवस्था मिलाई कडाइका साथ लागु गरिनेछ । त्यस्ता भवनहरु निर्माण गर्दा लाग्ने शुल्कमा २० प्रतिशत छुट दिने नीति लिइनेछ ।
– Buiding Energy Efficency in Nepal (BEEN) संग सहकार्यमा नयाँ निर्माण, मर्मत वा प्रबलीकरण हुने भवनहरुमा ऊर्जा खपत कम गरी, भवनलाई ऊर्जा प्रभावकारी बनाउने प्रयोजन र जलवायु अनुकुल डिजाइनलाई प्रोत्साहन गर्नको लागि भवन मापदण्डमा आवश्यक सुधार वा परिमार्जन गरी नक्सापास प्रक्रियामा नियमन गर्ने व्यवस्था लागू गरिनेछ । सो कार्यका लागि नगरपालिकामा कार्यरत प्राविधिक कर्मचारी, दर्तावाल डिजाइनर तथा अन्य सम्बन्धित लघु, साना तथा मध्यम व्यवसायहरुको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ । साथै सूचना प्रविधिको प्रयोग गरी प्रचार प्रसार गर्नुको साथै वडा तथा टोल स्तरमा सचेतना अभिवृद्धि गरिनेछ ।
– नगरपालिकाको भू–उपयोग नीति तयार गरिनेछ । “हाम्रो आफ्नै गाउँघर, सुविधा सम्पन्न नगर” भन्ने नाराका साथ बागलुङ नगरपालिकाको वडा नंं १४ को नारायणस्थान, वडा नंं १२ को उपल्लो सरङ्गी र तल्लो सरङ्गी तथा वडा नंं १३ को पैयँुपाटाको दम्क देखि नारायणस्थानसम्मको तल्लो भागलाई समेटी सहरी विकास मापदण्ड अनुसार व्यवस्थित सहरको रुपमा विकास गरिनेछ । यस क्षेत्रमा वन्ने संरचना र घरहरुको डिजाइन आर्किटेक्ट तथा भवन पूर्वाधार एकै प्रकृतिको, नमुनायुक्त, भूकम्प प्रतिरोधी, वातानुकुलित र खुला एवं प्राकृतिक तथा प्रदेशकै नमुना गाउँ हुने गरी कार्य प्रारम्भ गरिनेछ ।
– स्थानीय स्रोत साधनको प्रयोग गरी परम्परागत शैलीमा घर निर्माण गर्दा लाग्ने नक्सापास दस्तुरमा छुट दिइनेछ ।
– परम्परागत गोलघर र शताव्दी पूरा गरेका घरहरुलाई मौलिक रुपमा मर्मत सम्भार गरी ऐतिहासिक सम्पदाको रुपमा अभिलेख राखी संरक्षण गर्न चाहने धनीहरुलाई सहयोग उपलब्ध गराइनेछ ।
– भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुको अभिलेख राखी संघिय नीति बमोजिम व्यवस्थित गरिनेछ ।
– नगर क्षेत्रभित्र घर तथा संरचना निर्माणमा संलग्न हुने सिकर्मी, डकर्मी र निर्माण व्यवसायीहरुको अभिलेख राखी उनीहरुलाई भवन संहिता र भवन निर्माण मापदण्ड सम्बन्धमा अभिमुखीकरण गरिनेछ ।
– बागलुङको पुरानो बजार क्षेत्र कम्पुटोल, किराना टोल, देउरालीचोक लगायतको क्षेत्रलाई ऐतिहासिक सम्पदा बस्तीको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ । साथै नगरक्षेत्र भित्रका जोखिमयुक्त बस्तीको पहिचान गरी जोखिम बस्तीको रुपमा सीमाङ्कन गरिनेछ । यस्ता जोखिमयुक्त बस्तीमा रहेका घरहरुलाई सुरक्षित स्थानमा एकीकृत बस्ती विकास गरी स्थानान्तरण गर्न पहल गरिनेछ ।
– उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बजार क्षेत्रमा हाइमास्ट बत्ती जडानको कार्य सम्पन्न गरी अन्य सम्भावित वडा तथा क्षेत्रहरुमा विस्तार गर्दै लैजाने नीति लिइनेछ ।
– संघिय नीति बमोजिम जग्गाको बैज्ञानिक वर्गीकरणको कार्यलाई यथासम्भव समयमै सम्पन्न गरिनेछ । जग्गाको चक्लाबन्दीको लागि प्रोत्साहनको नीति लिइनेछ । एक भन्दा बढी कित्ता एकीकरण गर्ने प्रयोजनको लागि गरिने सिफारिस दस्तुरमा ५० प्रतिशत छुट दिईनेछ । साथै नयाँ नापी नक्सा सहित वैज्ञानिक भूमि व्यवस्थापनको कार्य अगाडि बढाउन सम्बन्धित निकायमा पहल गरिनेछ ।
– दिगो विकास लक्ष्यले परिलक्षित गरेका सूचकहरुलाई आधार मानी सो बमोजिमका लक्ष्यहरुको स्थानीयकरण गर्दै विकास क्रियाकलापहरु अगाडि बढाइनेछ
– बाङ्गेचौर खेलमैदान, खुदुर्केदेखि उत्तर पश्चिम तर्फको काँठेखोला किनारको जग्गा, कालाखोला औद्योगिक ग्राम, रात्माटास्थित नगरपालिकाको भवन रहेको जग्गा लगायतका आवश्यक जग्गाहरुको उपयोगको लागि प्रस्ताव तयार गरी सम्बन्धीत मन्त्रालय तथा निकायहरुमा भोगाधिकार प्राप्तिको लागि पहल गरिनेछ । बाङ्गेचौर खेलमैदानलाई मिनी स्टेडियम तयार गर्नको लागि आवश्यक पहल गरिनेछ ।
सञ्चार तथा सूचना प्रविधि
– नगरपालिकाका विकास गतिविधि, सेवा प्रवाह र सामाजिक परिचालन लगायत नगरपालिकाबाट सम्पादन हुने कार्यहरुलाई निरन्तर रुपमा कार्यालयको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रकाशनको कार्यलाई थप व्यवस्थित गरिनेछ । नगरपालिकाको गतिविधि र काम कारवाहीका सम्बन्धमा स्थानीय सञ्चारकर्मीहरुसंग नियमित अन्तक्र्रिया गरिनेछ ।
– नगरपालिकाको सूचना, विज्ञापन र समाचारलाई व्यवस्थित गर्नको लागि नगरक्षेत्रभित्र क्रियाशील रहेका पत्रपत्रिका, एफ.एम. र टेलिभिजनसंग वार्षिक सम्झौता गरी नगरपालिकाका सम्पूर्ण सूचना तथा विकास निर्माण लगायतका कार्यक्रमको जानकारी आम नगरवासी समक्ष पुग्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ ।
– स्थानीय सञ्चार माध्यमको सबलीकरण र सञ्चारकर्मीहरुको क्षमता विकासको लागि सहयोग गरिनेछ । नगरपालिकाको सूचना विज्ञापन प्रकाशनको लागि स्थानीय सञ्चार माध्यमलाई प्राथकिता दिइनेछ । पत्रकारिताको माध्यमबाट नगरको विकास र समृद्धिमा उत्कृष्ट योगदान गर्ने सञ्चारगृह र सञ्चारकर्मीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– नगरपालिकाको सेवा प्रवाहलाई क्रमश ! सूचना प्रविधियुक्त बनाइनेछ ।
– सम्बन्धित निकायसंगको समन्वय र साझेदारीमा बा.न.पा. वडा नं. २ स्थित ऐतिहासिक पार्क (Historical Park) मा फ्रि वाइफाईको व्यवस्था गरिनेछ ।
– स्थानीय सञ्चार माध्यमको सबलीकरणको लागि सहयोगी नीति लिइनेछ ।
वन, वातावरण तथा विपद व्यवस्थापन
– नगरपालिका क्षेत्रभित्र सफा र दिगो ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गरिनेछ । वैकल्पिक ऊर्जाको प्रयोगमा प्रोत्साहन गरिनेछ ।
– वृक्षरोपण गर्ने संस्कृतिको विकास गरी हरियाली प्रवर्धन कार्यक्रम सञ्चालन गरिनेछ । नगर क्षेत्रभित्रका संघ संस्थाहरुको साझेदारीमा पार्क निर्माण गरिनेछ ।
– नगरस्तरीय विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्य योजना निर्माण गर्न सम्बन्धित निकायहरुसंग समन्वय तथा सहकार्य गरिनेछ । विपद् व्यवस्थापन पूर्व तयारी, उद्धार, राहत र पुननिर्माण तथा पुनस्र्थापनाका लागि सरोकारवालाहरुको सहभागितामा आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
– Hot Line सेवामार्फत सञ्चालित निःशुल्क एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाई निरन्तरता दिईनेछ । विपद्को समयलाई मध्येनजर गरी सुरु गरिएको शव वाहन, दमकल, ब्याक हो लोडर जस्ता सेवालाई एकीकृत गरी २४ सै घण्टा सञ्चालनको व्यवस्था मिलाइनेछ ।
– नगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण ताल तलैया, कुवा, पोखरी लगायत प्राकृतिक जलाशयहरुको संरक्षण गर्न एक वडा एक पोखरी कार्यक्रम सञ्चालन गरिनेछ ।
– नगरक्षेत्र भित्र रहेका वर, पिपल, स्वामी लगायतका वृक्षहरु र चौतारीको परम्परागत शैली झल्कने गरी संरक्षण र संवद्र्धन गरिनेछ । आवास तथा खेतीयोग्य क्षेत्रमा रहेका अव्यवस्थित एवं जोखिमयुक्त झाडीहरु बुट्यान र कुकाठका रुखहरु व्यवस्थापन गर्न आवश्यक व्यवस्था गरिनेछ ।
– नगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको सीमाङ्कन, लेखाङ्कन र अभिलेखीकरण गरी संरक्षण र उपयोग गरिनेछ । सम्बन्धित क्षेत्रका सामुदायिक वनसंगको साझेदारीमा ढल प्रशोधन केन्द्र, फोहोर व्यवस्थापन केन्द्र, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र लगायतका सामुदायिक पूर्वाधार निर्माण र संचालन गरिनेछ ।
– कालाखोला बस्तीलाई असर गर्ने गरी कालीगण्डकी नदीले कटान गर्दै गएकोले सो क्षेत्रको जोखिम न्यूनीकरण हुने गरी कार्य अगाडि बढाइनेछ ।
– नगरपालिकाको वन क्षेत्रभित्र जडिबुटी रोपण, सङ्कलन, व्यवस्थापनका लागि जडीबुटी अनुसन्धान तथा प्रशोधन कार्यक्रम संचालन गरिनेछ । साथै प्रत्येक वडामा फलफूलजन्य नर्सरीको स्थापना गरी सामुदायिक वनको साझेदारीमा कार्यक्रम संचालन गरिनेछ ।
– पहिरोको जोखिम रहेको सडक क्षेत्राधिकारभित्र बाँस, अम्रिसो लगायतका बिरुवा रोपी बायो इन्जिनियरिङ प्रविधिलाई प्रोत्साहन गरिनेछ । नगरका सडक आसपास रुख रोप्ने कार्यलाई प्रोत्साहन गरी ग्रिन रोडको अवधारणालाई कार्यान्वयन गरिनेछ ।
– नगरक्षेत्र भित्रका सामुदायिक वनलाई जिल्ला वन कार्यालयसंगको समन्वयमा पर्यावरण, जडीबुटी र आर्थिक क्रियाकलापका क्षेत्रमा क्रियाशिल गराउन प्रोत्साहन गरिनेछ ।
सामाजिक समावेशीकरण
– नगरको छोरी कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– २०८१ पौष मसान्तसम्म बागलुङ नगरलाई बालमैत्री नगर घोषणा गरिनेछ ।
– स्वदेश तथा विदेशबाट समेत यस पालिकामा श्रमिकको रुपमा काम गर्न आउने श्रमिकहरुको पहिचान र नगरपालिकाको सामाजिक उत्तरदायित्वको लागि सबै प्रकारका श्रमिकहरुलाई श्रमिक पहिचान पत्र वितरणको कार्यलाई थप व्यवस्थित गरिनेछ ।
– हिंसा पीडित महिलाहरुका लागि सञ्चालनमा रहेको अल्पकालीन सेवा केन्द्र (Safe House) लाई निरन्तरता दिईनेछ ।
– ६५ वर्ष उमेर पूरा भएका तर हेरचाह गर्ने व्यक्ति कोही नभएका र राज्यबाट तथा अन्य मुलुकबाट नियमित सुविधा प्राप्त नगरेका नितान्त बेसहारा र आयस्रोत नभएका व्यक्तिहरुको संरक्षकत्व ग्रहण गर्दै बुबा आमा संग नगरप्रमुख कार्यक्रम सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिकप्रतिको सामाजिक उत्तरदायित्व वहन गर्दै निजहरुको घरदैलोमा नै पुगी स्वास्थ्य उपचार, निःशुल्क औषधि वितरण, निःशुल्क विमा, जस्ता सहुलियतको व्यवस्था गर्ने गरी आवश्यक कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
– ज्येष्ठ नागरिक हाम्रा गौरव कार्यक्रमको सुरुवात गरी जेष्ठ नागरिकहरुलाई उत्कृष्ट पालन पोषण तथा स्याहार गर्ने कुशल छोरा र बुहारीलाई सम्मान गर्ने परिपाटीको सुरुवात गरिनेछ ।
– ज्येष्ठ नागरिकहरु बीच अन्तरक्रिया, भलाकुसारी, मनोरञ्जन, ज्ञान, सीप, र अनुभवको पुस्तान्तरण गर्ने थलोको रुपमा प्रयोग गर्ने गरी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र र ज्येष्ठ नागरिक चौतारी कार्यक्रमको सुरुवात गरिनेछ ।
– सार्वजनिक यातायातलाई महिला तथा अपाङ्गतामैत्री बनाउने गरी पहल गरिनेछ ।
– घरेलु हिंसा, लैङ्गिक तथा यौनिक हिंसा, छुवाछुत, बालविवाह, बहुविवाह जस्ता सामाजिक कुरीति हटाउन बहस पैरवी लगायत नियमनका कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
– जातीय पेसा र संस्कृतिको संरक्षण गर्दै सघन दलित बस्ती भएको क्षेत्रलाई आवश्यक पूर्वाधार निर्माण गरी नमुना दलित बस्तीको रुपमा पहिचान गराइनेछ । दलित वर्ग उत्थान समिति गठन गरी दलितहरुको हकहितको सन्दर्भमा आवश्यक आयमूलक, रोजगारमूलक र सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
– ज्येष्ठ नागरिक तथा सशस्त्र द्वन्द्वका घाइते अपाङ्ग व्यक्तिहरुका लागि धौलागिरी अस्पताल तथा बागलुङ नगर अस्पतालमा आवश्यक संख्यामा शैया आरक्षणको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
– नगर क्षेत्रभित्र निर्माण हुने सार्वजनिक संरचना बालमैत्री र अपाङ्गतामैत्री बनाउन समन्वय र सहजीकरण गरिनेछ ।
– उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना सञ्चालन गर्न सम्बन्धित निकायसंग समन्वय गरिनेछ ।
– नगर क्षेत्रका विभिन्न बस्तीमा घर, गोठ, खेतबारीमा प्रत्यक्ष असर पु¥याउने रुख बिरुवा कानुनी प्रक्रिया पूरा गरी कटानको लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
– छाडा तथा सामुदायिक कुकुरको टोकाइबाट पैदलयात्रीलाई बचाउन तथा कुकुरको कारण हुने सवारी दुर्घटनामा कमी ल्याउनको लागि प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रम मार्फत सुरु गरिएको म्यन कजभतिभच निर्माण कार्यलाई पूर्णता दिई व्यवस्थित सञ्चालन गरिनेछ । साथै कुकुर सम्बन्धी अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न आउनेहरुका लागि सशुल्क अध्ययनको व्यवस्था मिलाइनेछ ।
– महिला, दलित, अल्पसंख्यक लगायत लक्षित वर्ग तथा क्षेत्रको लागि विनियोजन गरिने चालु तर्फको बजेटलाई सीप सिकांै, आत्मनिर्भर बनौं भन्ने नाराका साथ आयमूलक कार्यक्रमसंग जोड्ने गरी नगरपालिका भित्र लोक सेवा तयारी कक्षा, मर्मत, प्लम्विङ, कम्प्युटर, हाउस वायरिङ जस्ता कक्षा सञ्चालन गर्ने गरी कम्प्युटर तथा सीप स्कुल सञ्चालन गरिनेछ । यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउन कार्यविधिमार्फत संरचनात्मक सुधार गरिनेछ ।
– धर्म, सस्कृति, अतिथि सत्कार लगायतको क्षेत्रमा अध्ययन गरी नमुना गाउँ निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
राजश्व तथा कर नीति
– नगरपालिकाको विद्यमान राजश्व तथा कर नीति, करका दर र दायराहरु वैज्ञानिक, वस्तुनिष्ठ, प्रगतिशील र करदातामैत्री बनाउने सम्बन्धमा निजी क्षेत्रको समन्वयमा विज्ञद्वारा अध्ययन गरिनेछ । अध्ययन पश्चातप्राप्त प्रतिवेदनलाई कार्यान्वयन गरिनेछ ।
– फोहरमैला शुल्कको हकमा एक वर्षको एकमुष्ट तिर्ने करदाताको कर रकममा एक महिनाको शुल्क छुट दिने गरी निरन्तरता दिइनेछ ।
– व्यवसाय कर, घर वहाल कर लगायतका कर सङ्कलन र व्यवसाय दर्ताको लागि घरदैलो कार्यक्रम सघन रुपमा सञ्चालन गरिनेछ । व्यवसाय दर्ता र कर सङ्कलनमा निजी क्षेत्रका संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरिनेछ । स्थानीय तहको मुख्य आर्थिक आधार मानिएको आन्तरिक राजश्व अभिवृद्धिका लागि सम्भावित क्षेत्रहरुको खोजी एवम् विस्तार गरिनेछ ।
– खालि बोतल, फुटेका सिसा, चाउचाउ, विभिन्न सुर्ती, गुटर्का जन्य उत्पादन को व्यवस्थापन गरी वातावरण सन्तुलन कायम राख्न सबै प्रकारका मदिराको बोतलमा खाली तथा फुटेका बोतल व्यवस्थापन शुल्क लगाईनेछ ।
– नगरको विकासमा निजी क्षेत्रलाई संलग्न गराउने, स्थानीयवासीलाई जिम्मेवार बनाउने र नगरपालिकाको कर तथा राजश्वको दायरा समेत वृद्धि गर्ने उद्धेश्यले कोशेली घर, तरकारीमण्डी, व्यवसाय कर, पार्किङ शुल्क जस्ता क्षेत्रको पहिचान गरी सार्वजनिक निजी साझेदारी (PPP) कार्यक्रम सञ्चालन गरिनेछ ।
– करका दायराको खोजी गरी उत्कृष्ट करदातालाई सम्मान र कर नतिर्ने करदातालाई जरिवाना सहित कर असुली संयन्त्र निर्माण गरी कडाइका साथ लागु गरिनेछ ।
अन्त्यमा, यस नीति तथा कार्यक्रम तर्जुमा कार्यमा योगदान पु¥याउनु हुने नगर उप–प्रमुख ज्यू, विषयगत समितिका संयोजक ज्यूहरु, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्यूहरु, नगरसभा सदस्य ज्यूहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । त्यसै गरी नीति तथा कार्यक्रमका लागि सुझाव प्रदान गर्नुहुने राजनीतिक दल, बागलुङ नगरपालिकाका निवर्तमान जनप्रनिधि ज्यूहरु, विषयगत कार्यालयका कार्यालय प्रमुख ज्यूहरु, बागलुङ उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु, सहकारी अभियान्ताहरु, गैर सरकारी संघ संस्थाहरुका प्रतिनिधि ज्यूहरु, नागरिक समाज, पत्रकार, सूचना प्रविधि मार्फत सुझाव प्रदान गर्ने महानुभावहरु लगायत सम्पूर्ण आदरणीय दाजुभाइ दिदी बहिनी, आमाबुबाहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । नीति तथा कार्यक्रमको मस्यौदा तयारीमा सहयोग गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत लगायतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुप्रति धन्यवाद व्यक्त गर्दछु ।
जय बागलुङ !





