बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीको बजेट : कृषि एम्बुलेन्स, दुधमा अनुदान बढाइयो

जैमिनीको बजेट : कृषि एम्बुलेन्स, दुधमा अनुदान बढाइयो


  • ढोरपाटन संवाददाता
  • असार ११ २०८१, सोमबार

बागलुङ/जैमिनी नगरपालिकाले आगामि आर्थिक बर्षका लागि ७१ करोड ८७ लाख २१ हजार ९ सय ९९ रुपैयाँको बजेट ल्याएको छ । सोमबार नगरउपप्रमुख हरिहर शर्माले कृषि एम्बुलेन्स खरिद सहितका महत्वपूर्ण योजना समावेश गरेर बजेट ल्याएका हुन् ।
कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने भन्दै कृषि एम्बुलेन्स खरिदका लागि संघीय सरकारसँग साझेदारी गर्नेगरी २५ लाख रुपैयाँ बिनियोजन भएको हो । सेराजाउँ केरा खाउँ कार्यक्रमका लागि १२ लाख र तरकारी पकेट क्षेत्रका लागि ७ लाख रुपैयाँ बिनियोजन भएको छ ।
बाँदर बगैंचाका संरचना निर्माणका लागि दश लाख, जैमिनी लगानी सम्मेलनका लागि पाँच लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । पूर्वाधार निर्माणमा मात्रै जैमिनीले ६ करोड बिनियोजन गरेको छ ।
दुधको उत्पादनका आधारमा अनुदान दिँदै आएको नगरपालिकाले आगामि आर्थिक बर्षदेखि अनुदान रकम बृद्धि गर्ने भएको छ । एक रुपैयाँ प्रतिलिटर अनुदान दिँदै आएको नगरले प्रतिलिटर दुई रुपैयाँ अनुदान बृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->