बागलुङ/जैमिनी नगरपालिकाले बिनियोजन गरेको बजेटलाई प्रभावकारी बनाउने अभियानमा सरोकारवालाको सहयोगको आस गरेको उपप्रमुख हरिहर शर्माले बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै शर्माले बजेट, नीति तथा कार्यक्रम र योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले उक्त जानकारी गराएका ह्ुन । पत्रकारहरुले उठाएका साझा मुद्दा र समाचारकै कारण कैयौ योजना र नीति बनाउन सहयोग पुगेको भन्दै उनले धन्यवाद समेत दिए ।
बिशेषगरी ‘सेरा जाआंंै, केरा खाऔं’ भन्ने नारालाई सञ्चारमाध्यमकै प्रभावको रुपमा लिएको बताए । त्यस्तै बालमैत्री नगर अभियानलाई सफल बनाउन अधिकांस बजेट निदृष्ट गरिएको उनको स्पष्टोक्ती थियो ।
‘बालमैत्री अभियान शिर्षकमा थोरै बजेट होला, तर हरेक संरचना बनाउँदा बालमैत्री हुनुपर्ने अवधारणाले करोडौं बजेट ओगटेको छ’ उनले भने ‘यो अभियानले बिकासको मोडलमा पनि परिवर्तन ल्याएको छ ।’
जैमिनीले बिशेषगरी स्वास्थ्य क्षेत्रलाई पूर्ण रुपमा डिजिटल बनाउने, बाहिर देखिएका भौतिक विकासभन्दा सामाजिक र साँस्कृतिक विकासको क्षेत्रमा फड्को मार्ने लक्ष्य राखेको र सोही अनुसार बजेटको प्राथमिकता दिइएको शर्माले बताए ।
कृषि क्षेत्रलाई उत्पादनमा आधारित बनाइएको र किसानको दूध उत्पादनमा प्रतिलीटर ३ रुपैयाँ अनुदान पुगेको उनको भनाइ थियो । बाँदर पार्कको घोषित क्षेत्रमा पहिलो बर्ष फलफूल खेती शुरु गर्ने योजना उनले सुनाए । साथै खरका छाना र सुकुम्बासी नरहने गरी आगामी आर्थिक बर्ष काम भैसक्ने उनको प्रतिवद्दता थियो ।
कार्यक्रममा योजना शाखाका प्रमुख प्रेमप्रसाद सापकोटाले योजनाहरु समयमा सक्ने गरी वातावरण बनेको जानकारी गराए । चालुवर्षका सबै योजना बैसाख मसान्तमै सकेर फरफारक भएको भन्दै हरेक बर्ष समयमा काम सक्ने अवस्था बनाइएको जानकारी दिए ।
पत्रकारको जिज्ञाशामा शर्माले लीड बिद्यालयमार्फत बिपन्न बिद्यार्थीहरु छात्रावासमा बसेर निशुल्क पढ्ने अबसर सिर्जना गर्ने, गुणस्तरीय शिक्षामा जोड दिने र नविनतम प्रविधि भित्राउँदा पहिलो उपयोग लीड बिद्यालयबाटै थालनी गर्ने उनले बताए ।





