बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जिपिए

मदरल्याण्डका १० विद्यार्थीले ल्याए ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

पोखरा/माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखराको मासबारस्थित मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् ।

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएकोमा एउटै विद्यालयबाट यति धेरै विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका हुन । मदरल्यान्डको यो य नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालकै उत्कृष्ट हो ।

४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्रेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी हुन् । विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने १२८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जना रहेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।

गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याएका थिए । त्यसबेला कास्कीबाट मात्र ३ जनाको ४ जिपिए आएको थियो । २०७५ सालको एसइईमा मदरल्यान्डका ७ विद्यार्थीको ४ जिपिए आएको थियो । त्यसयता सबैभन्दा धेरै १० जनाको यसपालि ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बरालले बताए ।
विद्यालयका अनुसार गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत यहाँका ३ जना विद्यार्थीले नेपाल टप गरेका थिए । व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जिपिए ल्याएपछि विद्यालयले उनीहरुलाई जनही २ लाखसहित पुरस्कृत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->