बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

केरा खेती प्रवर्द्धन गर्दै जैमिनी

केरा खेती प्रवर्द्धन गर्दै जैमिनी

नवप्रवर्द्धन कार्यक्रममार्फत ‘सेरा जाउँ, केरा खाऔं’ कार्यक्रमका लागि १२ लाख बजेट ।


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले नवप्रवर्द्धन कार्यक्रममार्फत ‘सेरा जाउँ, केरा खाऔं’ कार्यक्रमका लागि १२ लाख बजेट बिनियोजन गरेको छ । नीति तथा कार्यक्रममा समावेश भएको कार्यक्रमलाई बजेट पनि बिनियोजन भएको हो ।
जैमिनी नगरपालिकाको वडा नं. १ कुश्मीसेरामा सबैभन्दा धेरै केरा खेती गरिएको छ । कुश्मीसेराका किसानले केरा खेती गरेरै वर्षमा १० लाख रुपैयाँसम्म कमाउने गरेका छन् । समुन्द्री सतहबाट ६ सय मीटरमात्रै उचाई रहेकोले जैमिनीघाट र कुश्मीसेरा केरा खेतीका लागि अति उपयुक्त हावापानी समेत छ ।
कुश्मीसेराबासी अधिकारीले केराको व्यवसायिक खेती गरेका छन् । उनीहरुको खेतीलाई नगरपालिकाले प्रवर्द्धनका लागि सम्बोधन गरेको हो । किसानको उत्पादनलाई बजारीकरणमा साथ दिनेगरी यो कार्यक्रम आएको हो । केरा उत्पादक किसानलाई बीउ प्रवर्द्धनमा साथ दिने नगरपालिकाको योजना छ ।
यसअघि कृषि ज्ञान केन्द्र बागलुङले कुश्मीसेरालाई केराको पकेट मानेको छ । केन्द्रका बागबानी विकास अधिकृत तथा सूचना अधिकारी कुमार पुनले केरा खेतीको क्षेत्र बिस्तार, सिंचाइ र बजारीकरणमा साथ दिने कार्यक्रम राखेको बताए । यो क्षेत्र कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकमा जोडिएको छ ।
बजारीकरणका लागि होलसेल पसलमा सम्पर्क गराउने, केरा राख्ने क्रेट वितरण तथा सिंचाइको सेवामा साथ दिएको पुनले बताए । हाल कुश्मीसेराका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केरा लगाइरहेका छन् । केरा खेतीबाटै किसानलाई लाखौं कमाउने बनाउन प्रवर्द्धनत्मक काम थालिएको हो ।
जैमिनीले कृषि क्षेत्रको विकाससँगै गरिबी निवारणमा समेत चासो राखेको छ । जस अनुसार खरका छाना विस्थापित गर्न १० लाख, घरबिहिनको घर बनाइदिन ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->