पोखरा / माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा पोखरा ८ शान्तिमार्गस्थित सृर्जना माध्यामिक विद्यालयका आयुष खड्काले ४ जिपिए ल्याएका छन् ।
बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । सृर्जना माविबाट सहभागि मध्ये ३६ जनाले ए प्लस, ३४ जनाले ए र १३ जनाले बि प्लस ल्याएका छन् ।





