बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डिज्निल्याण्डका ३ जनालाई ४ जिपिए

डिज्निल्याण्डका ३ जनालाई ४ जिपिए


  • ढोरपाटन संवाददाता
  • असार १४ २०८१, बिहिबार

पोखरा /पोखराको डिज्निल्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् ।

छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी ९मालेपाटन० र सृष्टिना पौडेल ९मासबार० को ४ जिपिए आएको विद्यालयका प्रिन्सिपल नरेश बरालले बताए ।

२०७८ सालमा सोही विद्यालयकी ऋतिका पोखरेलले पनि ४ जिपिए ल्याएकी थिइन् ।

पोखरा ७, मासबारस्थित डिज्निल्याण्ड एकेडेमीबाट यसपालि २९ जना विद्यार्थीले एसइई दिएका थिए । हाल नर्सरीदेखि १० सम्म करिब ८ सय विद्यार्थी पढ्ने गरेको सहप्राचार्य दीपेश बरालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->