पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटामा रहेको बालोदय माध्यमिक विद्यालयकी छात्रा सभ्यता लामिछानेले एसइईमा ४ जिपिए ल्याएकी छन् ।
विद्यालयको अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट लामिछानेले ४ जिपिए ल्याएर एसइई पास गरेकी हुन् । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा, २०८० मा सहभागी लामिछानेले ४ जिपिए ल्याउँदा अभिषेक लामिछाने, मन्जिल पौडेल, संकल्प ढकाल, सुविन्द्र सारु र लिलेन थापाले ३।९५ जिपिए ल्याएका छन् ।
विद्यालयका अन्य २१ जनाले ३।६ देखि ३।९, १३ जनाले ३।२ जिपिए देखि ३।६ र ६ जनाले २।८ देखि ३।२ जिपिए ल्याएको विद्यालय प्रशासनले जनाएको छ ।





