पोखरा / पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिती पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सानैदेखि उत्कृष्ट हुने गरेको विद्यालय शिक्षक हेम सुवेदीले बताए ।
विद्यालयका संस्थापक÷प्राचार्य डा। महेश्वर पराजुलीका अनुसार आफ्नो विद्यालयका ४० विद्यार्थीले परीक्षा दिएकोमा औषत ३।६४ आएको छ । साथै अंकिता कोइराला, प्रकृति भुषाल र शैलज अधिकारीले पनि ३।९५ जिपिए ल्याएका छन् ।





