बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खानेपानीको महशुल वृद्धिप्रति एमाले नगरको ध्यानाकर्षण

खानेपानीको महशुल वृद्धिप्रति एमाले नगरको ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८१, शुक्रबार

बागलुङ÷खानेपानीको न्युनतम महशुल वृद्धि गरेको बिषयमा नेकपा एमाले बागलुङ नगर कमिटिले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ध्यानाकर्षण गराएको छ । वर्षौंदेखि बक्यौता रहेको महशुल उठाउनुको साटो उपभोक्ताको न्युनतम मुल्यमा वृद्धि गरिएको भन्दै एमाले नगरले ध्यानाकर्षण गराएको हो ।
अध्यक्ष रामकृष्ण शर्माको नेतृत्वमा बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यालय पुगेको टोलीले ४८ घण्टाभित्र निर्णय सच्याउन भनेको छ । निर्णय नसच्याए जस्तोसुकै कदम चाल्ने चेतावनी दिएको अध्यक्ष रामकृष्ण शर्माले बताए । कार्यसमितिको बैठक भत्ता बढाउने र उपभोक्ताको न्युनतम महशुल बढाउने जस्तो उपभोक्ता मारमा पर्ने कार्य निन्दनीय रहेको उनले बताए ।
बिहिबार उपाध्यक्ष हरिबहादुर जिसीको अध्यक्षतामा बसेको संस्थाको बैठकले खानेपानीको न्यूनतम महशुल दुई सय प्रतिशतले वृद्धि गरेको थियो । यसअघि न्युनतम प्रतिआठ युनिट एक सय रुपैयाँ महशुल लिँदै आएको संस्थाले आगामी भादौ १ गतेदेखि लागु हुनेगरी प्रतिदश युनिट पानीको मुल्य तीन सय रुपैयाँ पुर्याएको छ ।
अध्यक्षले आर्थिक विषयलाई लिएर राजीनामा दिनु र राजीनामा पछिको पहिलो बैठकबाटै महशुल बढाईनु संस्थाभित्र सुनियोजित रुपमा विाद सिर्जना गरेको देखिएको एमालेले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->