बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काँडेबाँसको बिसौनामा पहिरोले घरसँगै बृद्ध दम्पत्ती पुरिए

काँडेबाँसको बिसौनामा पहिरोले घरसँगै बृद्ध दम्पत्ती पुरिए


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८१, शनिबार
फाईल तस्विर

बागलुङ/ बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा घरमाथीबाट आएको पहिरोले घरसहित दुई जनालाई पुरेको छ । बिसौनाका ५५ बर्षिय प्रेम बिकको घर पुरिँदा उनीसहित उनकी ५० बर्षिय श्रीमती बसन्ती बिक पुरिएकी हुन् ।
हिजोदेखि परेको भीषण बर्षापछि उनको घरमाथीबाट पहिरो आएर पुरेको खबर आएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । घटनास्थलमा प्रहरी पुगेको छैन् । घटनाको थप बिबरण आउन बाँकी छ ।

त्यस्तै पहिरोले मध्ये पहाडी लोकमार्गको बागलुङ खण्ड अबरुद्ध भएको छ । भीषण बर्षापछि सडकमा गग्रान जम्मा भएर सडक अबरुद्ध भएको हो । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर र बागलुङ कुश्मीशेरा सडकको दव्ल्याङमा पहिरो खस्दा दुवै सडक अबरुद्ध छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->