बागलुङ/पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत बिहुँको घोडाबाँधेमा अवरुद्व सडक सूचारु भएको छ । काठेखोला गाउँपालिका वडा नं. ५ मा पर्ने लोकमार्गको घोडाबाँधे–रगेनी सडक माथिदेखि झरेको पहिरो घोडाबाँधेस्थित श्रीमेहर गणले पन्छाएपछि सडक सूचारु भएको हो ।
‘सेनाको टोलीले पहिरो पन्छाएपछि सडक एकतर्फी सडक सुचारु भएको छ’ गणका सह–सेनानी दुर्गा बहादुर थापाले भने । शुक्रबार साँझ परेको भीषण वर्षाले लोकमार्गको विभिन्न ठाउँमा पहिरो खस्दा सवारी साधन ढुक्क भएर गुड्न सकेका छैनन् ।





