बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीघाटमा पहिरोले घर बगायो

जैमिनीघाटमा पहिरोले घर बगायो


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८१, शनिबार

तस्बिरहरु हरिहर शर्माको फेसबुक पेजबाट

बागलुङ/शुक्रबार रातीदेखिको अविरल वर्षापछि आएको पहिरोले बागलुङ जैमिनी नगरपालिका ५ बिनामारेमा एक घर बगाएको छ । बिनामारेको जैमिनीघाटमा रहेको मन्जु श्रेष्ठको कच्चि घर पहिराले बगाएको हो । रातभर वर्षा नरोकिएपछि जोखिमको आँकलन गरेर परिवार छिमेकीको घरमा पुगेलगत्तै पहिरोले घर बगाएको पीडित श्रेष्ठले बताईन् ।
सोही ठाउँमा ठेउले खोलामा निर्माण भएको बेलिब्रिजमा समेत पहिरोले क्षती पुर्याएको छ । बेलिब्रिजको पश्चिम तर्फको पर्खाल बाढीले खोलेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरमा निर्माण भएको बेलिब्रिज बाढी र पहिरोको जोखिममा परेको हो । जैमिनीका स्थानीय सडक सबै पहिरोका कारण बन्द छन्भने करिडोरको जैमिनी खण्डमा पहिरो झरेको शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->