बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले कालीगण्डकी करिडोर ठप्पै

पहिरोले कालीगण्डकी करिडोर ठप्पै


  • ढोरपाटन संवाददाता
  • असार १६ २०८१, शनिबार

बागलुङ/शुक्रबार दिउँसोदेखि परेको अबिरल बर्षात्ले कालीगण्डकी करिडोर ठप्प भएको छ । जैमिनी नगरपालिका वडा नं. १ को जैमिनीधाम नजिकै खसेको अजंगको ढुंगाले सडक अबरुद्ध भएको हो ।
करिडोरको दर्जनबढी स्थानमा पहिरो खसेको छ । पहिरोले नजिकका बस्तीमा पुग्न समेत अबरोध गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।
करिडोरसंगै जोडिएका दर्जनबढी ग्रामीण सडक समेत अबरुद्ध छन् । मुख्य सडकनै रोकिएपछि ग्रामीण सडक मर्मतका लागि अप्ठ्यारो परेको उनले बताए । जैमिनी नगरपालिका ५ को लामाबगरमा झण्डै २ सय मीटर खण्ड पहिरो खसेको छ । नेपाली सेनाले बनाएको ठेउलेखोला बेलीब्रीजमा पनि पहिरो र खोलाको कटानले क्षति पुगेको छ । स्थानीय लक्ष्मी श्रेष्ठको घर ठेउले खोलामा खसेपछि उनीहरु घरबारबिहिन भएका छन् ।
करिडोरकै बागलुङ गुल्मी सिमानामा पर्ने बरालबा भन्ने स्थानमा पनि पहिरोले सडक ठप्पै भएको छ । पैदल यात्रीले पनि आउजाउ गर्न नसक्दा सास्ती भएको जैमिनी नगरपालिका वडा नं. ८ का ओमकार थापाले बताए । वडा नं. ५ को बिनामारे, ६ को अर्जेवा र ७ को जैदीमापनि करिडोरका पहिरोले सडक अबरुद्ध भएको हो । करिडोरको निर्माण गरिरहेको कालीका कन्स्ट्रसनका ईन्जिनियर बिसाल घिमिरेले बताए । उनले ब्रेकर ल्याएर ढुला ढुंगा फोड्ने काम थालिसकको जानकारी दिए । दर्जनौं पहिरो भएकोले शनिबार संभव नभएपनि आइतवारसम्म सडक नियमित संचालनमा ल्याउन सक्ने घिमिरेले बताएका छन् ।
जैमिनीको वडा नं. ९ को पैयुथन्थापसहित सर्कुवा, जैदी, कुश्मीसेरा, दमेक लगायतका गाउँका दर्जनबढी सडक पहिरोले अबरुद्ध भएका छन् । शनिबार दिनभर डोजर लगाएर सदरमुकामतर्फ आउने सडक मात्रै खुलाउन सकेको शर्माले जानकारी दिए । गाउँतर्फ जाने सडकहरु अभैm खुलेका छैनन् । पहिरोले गाउजाने सडक अबरुद्द हुँदा किसानले दूध बजार पठाउन सकेका छैनन् । बिरामीले पनि सदरमुकाम आउन सास्ती खेपेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->