बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम

जैमिनीमा राष्ट्रपति महिला उत्थान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • असार १७ २०८१, आइतबार

बागलुङ/राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत जैमिनी नगरपालिकामा विपन्न महिलाहरुका लािग जिविकोपार्जन सुधार कार्यक्रमअन्र्तगत लक्षित महिलाहरुलाई सीप तथा व्यवसायिक विकास तालिम शुरु भएको छ ।
जैमिनी नगरपालिकाको आयोजना र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापनमा शुरु भएको तालिममा नगरभिका २५ जना विपन्न महिला सहभागि छन् । ५ दिनसम्म आयोजना हुने तालिमपछि उनीहरुले व्यवसायका लागि बनाउने कार्ययोजना अनुसार थप व्यवसायिक बनाउने लक्ष्य राखिएको छ ।
तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख हरिहर शर्माले महिला सशक्तीकरणका लागि हात हातमा पैसा आउने वातावरण बनाउनुपर्ने धारणा राखे । उनले त्यसका लागि विपन्न परिवारलाई तालिममार्फत आयआर्जनमा जोडेको बताए । सशक्तीकरण र आयआर्जनले हिंसा रोक्न पनि सहयोग पुग्ने शर्माको भनाइ थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनका अध्यक्ष यमप्रसाद कँडेलले मन्तव्य व्यक्त गरेका थिए । तालिमपछि सबै सहभागिलाई २६ हजार बीउ पूजि दिएर पठाउने योजना नगरको छ । उक्त बजेटले उद्यमशिल बन्नका लागि थोरै भएपनि आगामी वर्ष बजेट थप गरेर आत्मनिर्भर र व्यवसायिक बनाउने लक्ष्य राखिएको शर्माले जानकारी दिए ।

महिलाका लागि १५ दिने ढाका बुनाइ तालिम
जैमिनी नगरपालिकाको आयोजनामा संचालित १५ दिने ढाका बुनाइ तालिम सम्पन्न भएको छ । जैमिनी ७ जैदीका महिलाका लागि तालिम आयोजना गरिएको हो । तालिममा ढाकाको खास्टो, सल लगायतका सामाग्री बुन्न सिकाइएको हो । दइ वर्षअघि ४५ दिने तालिम लिएका उद्यमीलाई पुर्नताजगी तालिम दिइएको हो ।
तालिमका सहभागिले सबैलाई मेसिन र तानको सहयोग भएमा नियमित उत्पादन गरेर आत्मनिर्भर बन्ने बताए । उनीहरुले नगरपालिकाले दिएको सीपलाई सदुपयोग गर्ने समेत प्रतिवद्दता जनाएका छन् । तालिमका सहभागिलाई प्रमाणपत्र दिंदै नगरप्रमुख नरबहादुर पुनले थप सीप र औजार खोज्नेहरुले काम पनि गर्ने बताए । उनले तालिमबाट सन्तुष्ट हुनेले काम र परिणाम दिन नसक्ने भन्दै जो असन्तुष्ट छन् उनीहरुले थप तालिम लिएर उत्पादन बढाउन सक्ने बताए ।
कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले हरेक महिला उद्यमी बनेर गाउँघरमै बस्ने अवस्था आएमा बसाइसराइ रोकिने, देशकै आम्दानीको श्रोत बढ्ने र समृद्द जैमिनी निर्माणमा सहयोग पुग्नेपनि बताए । तालिमकी सहभागि बिष्णु थापाले उद्यमीको उत्पादनलाई बजार पठाइदिने अवस्था भएमा नियमित उत्पादन गर्न सकिने बताइन् ।
नगरपालिकाको उद्यम बिकास शाखाको संयोजनमा लघुउद्यम विकास कार्यक्रम मेड्पा कार्यक्रम लागू भएको स्थानमा उक्त तालिम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->