बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खानेपानी महशुल वृद्विको सर्वत्र विरोध

खानेपानी महशुल वृद्विको सर्वत्र विरोध


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८१, सोमबार

बागलुङ/राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको महशुलमा गरेको मुल्यवृद्धि स्थगित गर्न माग गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उपभोक्ता अधिकार कुण्ठित हुनगरी एकै पटक मूल्यवृद्धि गरिएको भन्दै आपत्ति जनाएका छन् ।

नगर विकास कोषको ऋण तिर्ने बहानामा उपभोक्ता अधिकार विपरितका काम गर्न नपाईने भन्दै उनले ऋण तिर्ने तथा थप ऋण लिनका लागि आवश्यक रकमको जोहो गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्न आग्रह समेत गरेका छन् ।

यसैबीच, खानेपानीको न्यूनतम् महशुलमा दुई सय प्रतिशत वृद्धि गरेको निर्णय पुनर्विचार गर्न राष्ट्रिय जनमोर्चा बागलुङ नगर समितिले संस्थाको ध्यानाकर्षण गराएको छ ।
नगर समितिका अध्यक्ष थानेश्वर सुवेदी नेतृत्वमा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा पुगेको टोलीले समितिका पदाधिकारीलाई भेटेर खानेपानी महसुल वृद्धि, समितिको भत्ता वृद्विको विषयमा पुनर्विचार गर्न ध्यानाकर्षण गराएको हो ।

यसअघि न्यूनतम् प्रतिआठ युनिट १ सय रुपैयाँ महशुल लिँदै आएको संस्थाले प्रतिदश युनिट पानीको महशुल ३ सय रुपैयाँ पु¥याउने र समितिका सदस्यहरुको भत्ता थप गर्ने निर्णयले उपभोक्ताको ढाड सेक्ने काम भएको भन्दै जनमोर्चा निर्णय पुर्नविचार अनुरोध गरेको छ ।

जनमोर्चाले शुल्क बढाउनुको साटो बक्यौता रकम उठाएर संस्थाको गरिमा बढाउन र बढाउनुपर्ने परिस्थिती सिर्जना भएमा सबैसंग छलफल तथा साधारणसभाबाट पारित गरेर काम गर्न आग्रह गरेको छ । संस्थाका उपाध्यक्ष हरिवहादुर जिसी सन्तोषले नगर विकास कोषसँग लिएको ऋणलाई पुर्नतालिका गरेर मर्मत संहारका लागि ऋण लिनुपर्ने भएकाले स्रोत सुनिश्चित गर्न महशुल बढाउनुपरेको बताए । उनले खानेपानीका विषयमा उठेका सबै विषयमा छलफल गर्न तयार रहेको उल्लेख गर्दै सुझावका आधारमा अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->