शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

म्याग्दीका भुपेन्द्रलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार

म्याग्दीका भुपेन्द्रलाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८१, सोमबार

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका वडा नं ७ बिम बनसराका भुपेन्द्र शर्मा उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गरिरहनुभएका शर्मालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५ हजार रुपैयाँसहित सम्मानित गरेको हो । देशभरका ८ जना सम्मानित भएकोमा गण्डकी प्रदेशबाट शर्मा छनोटमा परेका हु्न् ।
२०७३ सालदेखि बिममा सुन्तला, कागती, बोधिचित्तसहित कृषि कर्ममा सक्रिय शर्मालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सम्मान अर्पण गरे । वैदेशिक रोजगारीको सिलसिलामा करिब १० बर्ष दुबैमा बसेर फर्किनुभएका शर्माले बिदेशको यात्रालाई बिट मार्दै उनी कृषि क्षेत्रमा लागेका थिए ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणमा राष्ट्रिय सम्मान तथा पुरस्कारको लागि ८९ जना उद्यमीले पुरस्कारको लागि आवेदन दिएका थिए । विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि २०७६ बमोजिमको पुरस्कार सिफारिस समितिले उद्यमीको स्थलगत निरीक्षण गरेको थियो । म्याग्दीमा कृषि र पशुपालनमा नमूना कृषक बैदेशिक रोजगारीबाट फर्किएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->