बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विज्ञको साथ नपाएपछि उपभोक्ताले बनाए पहिरोको बाटो

विज्ञको साथ नपाएपछि उपभोक्ताले बनाए पहिरोको बाटो


  • ढोरपाटन संवाददाता
  • असार १९ २०८१, मंगलबार

बागलुङ/चार वर्षअघि खसेको पहिरो बढ्दै अहिले भीषण र जोखिमको बनिसक्दा पनि नियन्त्रणको प्रयास नहुँदा सयौंले सास्ती खेपेका छन् । बागलुङ नगरपालिका १० को एक्लेसालमा खसेको पहिरो वर्षेनी बढीरहेपनि नियन्त्रणमा सम्बन्धीत कार्यालयले वास्ता नगर्दा स्थानीय आक्रोसित छन् ।
बजेट बिनियोजन भएर पनि प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले बेवास्ता गरेपछि स्थानीयले आँफै जागेर नियन्त्रण प्रयास गरेका छन् । हरेक वर्षातमा दक्षिण बागलुङबासीले पहिरोको मात्र पीर मान्नुपर्ने अवस्था बनेको छ ।
यो समस्याबारे बागलुङ र जैमिनी नगरपालिकाले धेरेपटक आफ्नो बजेट लगानी गरेका छन् । गण्डकी प्रदेश र संघिय सरकारलाई पनि आग्रह गरे । तर लामो समयसम्म बजेट आएन । बजेट अभावले वर्षातमा दैनिक डोजर लगाएर मात्रै बाटो सफाइ गर्दा दुइ नगरपालिकाले गतवर्ष झण्डै एक करोड खर्च गरेका थिए ।
दिगो व्यवस्थापनका लागि पहिरोमा पायल फाउण्डेसन बनाउने गरी डिजाइन भयो । सोही कामका लागि गण्डकी प्रदेश सरकारले चालुवर्षकै लागि २ करोड बजेट विनियोजन गरेको थियो । तर काम गर्नुपर्ने पूर्वाधार विकास कार्यालयले असार पहिलो सातासम्म पनि ठेक्का नलगाएपछि यो वर्षपनि काम अलपत्र भएको हो । वर्षातमा सास्ती खेप्नुपर्ने डरले स्थानीयले पहिरोमा आफै काम थालेका छन् ।
बागलुङ नगरपालिकाले ५० लाख खर्चेर पहिरो नियन्त्रणको प्रयास गरेको हो । स्थानीयले उपभोक्ता समितिमार्फत असारमै सक्ने गरी काम थालेको हो । उपभोक्ता समितिले पहिरोमा झण्डै ५० मीटरको कंक्रिड पर्खाल, १ सय मीटर बढीको ग्याबिन जाली लगाइसकेको छ । निरन्तर खस्ने पहिरोले सडक बगेकोले २ सय मीटरको पानी तर्काउने नाली समेत बनाइएको ईन्जिनियर दिपेन्द्र भण्डारीले बताए ।
यहाँ झण्डै ५ सय मीटर लामो पहिरो खसेको छ । यो सडक अबरुद्ध हुँदा दक्षिण बागलुङको बलेवा, कुश्मीसेरा, जैदी, छिस्ती र बरेङका सवारीले सास्ती खेप्ने गरेका छन् । पहिरो नियन्त्रण र निर्माणकालागि ‘एक्सल्पोरर जियोलोजिकल कन्सल्टेन्सी’ले अध्ययन गरेर ५ करोड लागतमा सडक पुननिर्माण गर्न सुझाव दिएको थियो ।
प्रदेश सरकारबाट यो काम अगाडि बढाउन २ करोड बजेट बिनियोजन भएपनि कार्यान्वयन गर्ने कार्यालयले बेवास्ता गरेको हो । अध्ययन टोलीले २७ वटा पायल्स फाउन्डेसन सहितका पूर्वाधार बनाउन सुझाव दिएपनि कामको ठेक्का नभएको हो । समयमा यो पहिरो नियन्त्रण नभए करोडौ ंखर्चेर पनि बनाउन नसक्ने गरी भत्कने अबस्था भएको बानपा १० का अध्यक्ष तिलबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->