फाइल तस्बिर
बागलुङ/ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
बागलुङको जैमिनी नगरपालिका १ स्थित ठेउलेखोलास्थित सडकमाथिबाट खसेको लेदोसहितको माटोले सडक अवरुद्व हुँदा दक्षिण बागलुङको सवारी आवातजावत प्रभावित बनेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार, पहिरोले अवरुद्व सडक खुलाउने प्रयास भइरहेको छ । पहिरोकै कारण बुर्तिवाङदेखि ढोरपाटन जोड्ने सडक समेत अवरुद्व भएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ भुसुण्डेमा पहिरो खस्दा सडक अवरुद्व बनेको डिएसपी यादवले जानकारी दिए ।





