आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

फेवातालमा पाँच वर्षकै उच्च विन्दुमा पानीको सतह

फेवातालमा पाँच वर्षकै उच्च विन्दुमा पानीको सतह

तालको फैलावट हेर्न बढाइयो डुबानमा परेपछि घटाइयो


  • विजय नेपाली
  • असार २१ २०८१, बिहिबार

पोखराशनिबार फेवातालमा अचानक पानीको सतह ह्वात्तै बढ्यो । पानीको सतह बढ्दा तालबाराहीचोकमा मानिस हिड्ने ठाउँसम्मै पानी पुग्यो । फेवातालको माथिल्लो सिरान क्षेत्र सेती, भकुण्डे लगायतको ठाउँ जलमग्न भयो । फेवा फाँट (सिमसार क्षेत्र) जलमग्न भयो । फेवातालमा दककौ सम्म पनि यति ठूलो जल क्षेत्र देखिएको थिएन जुन असार १५ गते शनिबार देखिएको थियो ।
पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा समेत फेवातालमा यो वर्ष जति पानी थिइन् । वर्षाको कारण पानीको सतह बढ्नु स्वभाविक थियो । सम्भवत सबैको सोँच पानी वर्षाकै कारण बढ्यो भन्ने थियो तर, यसको कारण भने फेवातालको क्षेत्रफल पत्ता लगाउनुथियो ।
शनिबार पानीको सतह बढेपछि फेवाको बाधको ढोका खोलिएन । बाधको खतराको अंकसम्म पुग्नेगरी पानी रोकियो । जसले फेवामा पानीको क्षेत्र पामेसम्मै हुन सक्छ भन्ने प्रमाणित ग¥यो । पानीको सतह ७९४.५० मिटर पुग्दा सेदीदेखी पामेसम्मको फेवाफाँट डुबानमा प¥यो । किसानले लगाएका खेती नै डुब्ने भएपनि पानीको सतह घटाइयो ।
विगत पाँच वर्षको असार १५ गतेसम्मको तथ्यांक हेर्दा ०७७ साल असार १५ मा ७९४.१० मिटर थियो । ०७८ असार १५ मा ७९४.४०, ०७९ मा ७९४.२० र ०८० मा ७९४.१० मिटर पुगेको थियो यसपटक भने बढेको हो ।
जलस्रोत तथा सिचाईँ कार्यालय पोखराअन्तरगत फेवा सिस्टमका गेट अपरेटर किरण गुरुङले आफुले काम गरेको १२ वर्षमा पहिलो पटक यति धेरै सतहमा पानी पुगेको जानकारी दिए । उनका अनुसार १२ वर्षमा फेवाता यतिठूलो भएको थिएन । ‘फेवतालमा पानी कहाँसम्म पुग्न सक्छ भन्ने पत्ता लगाउन सतह बढाएको हो । मैले काम गरेको १२ वर्ष भयो अहिलेसम्म यतिठूलो भएको थिएन’ उनले भने, ‘माथि (सेदीदेखी पामे लगायत क्षेत्र) डुबानमा परेपछि पुनः पानीको सतह घटाइयो ।’
फेवाताल अतिक्रमणको उत्कर्षमा पुग्दा सिमसार क्षेत्र समेत मासिदै गएको छ ।


वि.सं. २०१८ साल मंसिर ३ गते राजा महेन्द्रले फेवातालको बाँध उद्धघाटन गरेका थिए । उक्त समय फेवातालको कुल क्षेत्रफल ४ वर्गमील (१०.३६ वर्ग किलोमिटर) रहेको थियो । बाँध निर्माण गर्दा १५ लाख रुपैयाँ लागत लागेको थियो । तत्कालीन राजा महेन्द्रद्वारा उद्घाटित ०१८ सालको बाँधमा भएको शिलालेखको भग्नावशेष बाकीँ रहेको छ । तर, २०३१ सालमा बाँध फुटेपछि भने तालको क्षेत्रफल ह्वात्तै घटेको पाइन्छ ।
०७८ सालमा सार्वजानिक भएको फेवाताल सम्बन्धि प्रतिवेदन अनुसार फेवातालको मापदण्ड मात्र ५.८६ वर्ग मीटर देखिएको छ । ०७७ कात्तिक २० गते सरकारले पौडेलको संयोजकत्वमा फेवातालको चारकिल्ला निर्धारण, सीमाङ्कन तथा नक्साङ्कन समिति गठन गरिएको थियो । सर्वोच्च अदालतको आदेश अनुसार समितिलाई फेवातालको चार किल्ला निर्धारण गरी नक्सासहित तालको क्षेत्रफल सरकारलाई सिफारिस गर्ने, दुषित दर्ता भएको फेवातालको जग्गाको लगत तयार गर्ने, दुषित दर्ता बदन गरी तालको नाममा ल्याउन सिफारिस गर्ने र ताल संरक्षणका लागि दीर्घकालीन गुरुयोजना बनाउने कार्यादेश दिएको थियो । ०७८ सालमा उक्त समितिले प्रतिवेदन तयार पारेको थियो । समितिले गरेको सीमाङ्कन अनुसार फेवाताल चारकिल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरे बगर, उत्तरमा खपौंदी–चंखपुर, बीचको दम्किलो र दक्षिणमा चिसापानी रानीवन काम गरेको छ । समितिले गरेको सीमाङ्कनमा तालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर (११२५५) रोपनी ११ आना १ पैसा) रहेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->