बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गौरवका सडकमा सास्ती नै सास्ती !

गौरवका सडकमा सास्ती नै सास्ती !


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार
फाईल तस्विर

बागलुङ/राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँ ठाउँमा खाडल छन् । हिउँदमा बुंङ उड्ने धुलोले सेताम्मे हुने सवारी साधन बर्खा सुरु भएपछि तिनै खाडलमा अड्कीएर निस्कन सक्दैनन् ।
सडकको दुरावस्थाका कारण नागरिक मात्रै होईन् बागलुङको बाटो भएर हिँड्ने पर्यटकले पनि सधैं दुःख पाउने गरेका छन् । लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालोपत्रेको काम सुरु भएको आठ वर्ष भयो तर काम सकिएको छैन् । कालीगण्डकी करिडोरको बागलुङ गुल्मी खण्डमा पनि काम त चलिरहेकै छ तर पुरा नहुने बेलासम्म सडकमा सास्ती छ ।
राष्ट्रिय गौरवका आयोजना नै दुरावस्था व्यहोरेको बागलुङका ग्रामिण सडकको अवस्था दर्दनाक छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार एकसाता पहिलेको भीषण वर्षापछिको बाढी पहिरोले रोकिएका दर्जनबढी ग्रामिण सडक अझै खुलेका छैनन् ।
‘हिउँदभरी बनायो, बर्खाभरी बगायो भैरहेको छ, समयमा काम नहुने समस्याले हामी सधैं पीडित हुने गरेका छौं’ काठेखोला गाउँपालिका ६ का अध्यक्ष बृहस्पती कँडेलले भने ‘मध्यपहाडीबाट आएको भलबाढी घर घरमा पस्छ, सडकका कारण जनता जोगाउनै कठिन भैसक्यो ।’ जिल्लाका अधिकांश सडक रोपाईंका लागि तयार भएका व्याडभन्दा फरक छैनन् । हिलो र गेग्रायनहरुले भरिएका सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरिरहेको बागलुङ नगरपालिका १२ का स्थानीय शिव पाठक बताउँछन् ।
सडक हिलाम्मे हुँदा सवारी साधन र यात्रु दुवै मारमा पर्ने गरेका छन् । ग्रामिण सडकहरुको मर्मतका लागि स्थानीय तहले प्रयास गरेपनि पहिरोका कारण समयमा सडक खुल्दैनन् । ‘नगरले पहिरो पन्छाउने र सडक सुचारु गर्ने काम गरिरहेकै छ तर निरन्तर वर्षा हुँदा पहिरो खस्न रोकिँदैनन्’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा भन्छन् ‘बर्खा रहुन्जेल काम चल्ने गरेर मात्रै सडक खुलाउने गरिएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->