बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘हिंसामा परेका महिलालाई मनोसामाजिक परामर्श आवश्यक’

‘हिंसामा परेका महिलालाई मनोसामाजिक परामर्श आवश्यक’

केन्द्र प्रमुख रचना आचार्यका अनुसार चालु वर्ष ८८ जना पीडितले सेवा लिएका छन् ।


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार
xr:d:DAFv-6zeg5I:44,j:7738715399306717422,t:23100807

बागलुङ/हिंसामा परेका महिलाका लागि नियमित मनोसामाजिक बिमर्शको आवस्यकता भएको सरोकारवालाले बताएका छन् । उनीहरुले पछिल्लो समय समाजमा मानसिक हिंसा बढेको समेत बताए ।
अल्पकालिन महिला सेवा केन्द्र बागलुङले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रमका सहभागिले पछिल्लो समय मानसिक समस्यामा पर्नेहरु बढी भएको बताए । पहिला पहिला शारिरीक हिंसा खेप्ने धेरै हुँदा अस्पतालमा उपचार गर्न पठाउनु पर्ने, कानूनी उपचार खोज्नुपर्ने धेरै हुने गरेकोमा अहिले भने मानसिक समस्या भोग्नेहरु बढेको उनीहरुको भनाई थियो ।
आर्थिक रुपमा सम्पन्न भनिएकाहरुको घरमा महिलामाथी मानसिक हिंसा हुने गरेकोले उपचारको लागि पनि मनोसामाजिक परामर्शकर्ता चाहिएको उनीहरुले बताए । साथै, हिंसाविरुद्ध काम गर्ने मात्र नभई हिंसा हुनै नदिने अभियानका लागि सचेतनामूलक कार्यक्रम संचालन गर्ने र त्यसका लागि जिल्लाका पालिकाहरुले साझा बजेट विनियोजन गर्नुपर्ने उनीहरुले आवस्यकता औल्याए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले हिंसा हुनै नदिने गरी काम गर्नुपर्ने बताए । घरेलु हिंसामा परेकाहरुलाई कानूनी उपचार निशुल्क दिनुपर्ने र सबै पालिकाले चासो पनि राख्नुपर्ने थापाले धारणा राखे । उनले त्यसबाहेक घर घरमा सचेतनाका पुगेमा घटनामा न्युनिकरण आउने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले हिंसा पीडितको लागि बागलुङ नगरपालिकाले बजेट विनियोजन गरेर काम गरिरहेको बताए । तर अन्य संस्था र पालिकाले पनि अपनत्व लिएमा यो व्यापक बन्न सक्ने बताए ।
हाल बागलुङ नगरभित्र संचालनमा आएपनि यो केन्द्रमा १० वटै पालिका र जिल्ला बाहिरका पीडित महिलाले पनि सेवा पाएका छन् । केन्द्र प्रमुख रचना आचार्यका अनुसार चालु वर्ष ८८ जना पीडितले सेवा लिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, नेपाल महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, अधिवक्ता लक्ष्मी बास्कोटा, महिला अधिकारकर्मी लक्ष्मीदेवी जिसी, ललिता थापाले धारणा राखेका थिए ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्र प्रमुख रचना आचार्यले वार्षिक तथ्यांक प्रस्तुतीकरण गरेकी थिइन् ।
उनका अनुसार चोपपटक लागेकालाई अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रमार्फत उपचार गराइएको छ । कानूनी उपचार खोज्नेलाई उच्च अदालत बार एसोसिएसनको कानूनी सहायता समितिमार्फत सेवा दिइएको हो । आर्थिक व्यवस्थापन भने गण्डकी प्रदेश सरकारको ८ लाख र बागलुङ नगरपालिकाको ५ लाख ४७ हजार गरी १३ लाख ४७ हजार रुपैयाँमा संचालित छ ।
चालु वर्ष केन्द्रमा बानपाका ३४ जना, जैमिनीका २ जना, गलकोटका २ जना र ढोरपाटनका १० जना पीडितले सेवा लिएका छन् । त्यस्तै काठेखोलाका ११, बडिगाडका १२, ताराखोला र तमानखालाका एक÷एक जना, निसीखोलाका १० जना, बरेङका ३ जना र जिल्ला बाहिरका २ जनाले सेवा लिएका छन् ।
आचार्यका अनुसार केन्द्रमा सहयोगी र चौकीदारी राखिएकोले ४ लाख ४५ हजार, पोशाकमा २० हजार, खानामा १ लाख १७ हजार, सचेतना अभियानमा २ लाख ८४ खर्च भएको हो । त्यस बाहेक तारेख बोकेको १९ हजार, जिविकोपार्नन सहयोगमा १२ हजार र यातायता खर्चमा १२ हजार ५ सय खर्च भएको हो । मुद्दा मामिलाको लागि ७ हजार खर्च भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->