बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘मानवअधिकार रक्षाका लागि सचेतना बढाऔं’

‘मानवअधिकार रक्षाका लागि सचेतना बढाऔं’


  • ढोरपाटन संवाददाता
  • असार २२ २०८१, शुक्रबार

बागलुङ/मानवअधिकार उल्लंघनका घटनाविरुद्ध सचेतनामुलक कार्यक्रम संचालन आवस्यक भएको सरोकारवालाले बताएका छन् । पछिल्लो समय संख्यात्मक रुपमा कम भएपनि समाजमा हिंसा नघटेको भन्दै उनीहरुले पीडितलाई सतहमा आउने वातावरण नभएको बतएका छन् ।
इन्सेक बागलुङले आयोजना गरेको मानवअधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रमका सहभागिले समयअनुसार मानवअधिकार उल्लंघनका घटनामा पनि परिवर्तन आएको उनीहरुको भनाई थियो । घटनाक्रम परिवर्तन भएझै मानवअधिकारको दृष्टीकोण पनि परिवर्तन गर्नुपर्ने उनीहरुको सुझाव थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले डिटिजल विकाससँगै हिंसाका प्रकृति पनि डिजिटल बन्दै गएको बताए । ‘हिजोको ढर्रामा हिंसा र मानवअधिकार उल्लंघन हुन छाडेका छन्, त्यसैले मूल्यांकन र खोजीका आधार पनि फेरिनुपर्छ’ उनले भने, ‘प्रविधियुक्त भएका राज्य संयन्त्रले पनि पहिलेभन्दा धेरै र चुस्त काम भएको देखाउन जरुरी छ ।’ उनले समाजमा भौतिक रुपमा हुने हिंसा र मानवअधिकार उल्लंघनको मात्रै अध्ययन गर्दा अध्ययन नै अपुरो हुने बताए ।
पछिल्लो समय बढेका साइवर अपराध र त्यसबाट पीडितको अवस्थाबारे चासो राख्नुपर्ने बेला आएको प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताए । उनले एउटा पीडितको लागि न्याय माग्दा अर्काको अधिकार र न्यायबारे सोच्नुपर्ने धारणा राखे । केही समय अघिका घटनामा एउटा बालिकाको न्याय खोज्दा अर्को बालिकाको मानवअधिकार हनन् भैरहेका घटना देख्नुपरेको कँडेलले संकेत गरे ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले समाज विकासक्रम र राज्यको अनुसन्धान र सोच्ने शैलीको स्प्रिड नमिल्दा अधिकार हनन्का घटनाबारे बुझ्न बुझाउन नसकिएको बताए । कार्यक्रममा मानवअधिकार संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसी, जिल्ला सहकारी संघकी अध्यक्ष हुमाकुमारी जिसी, गैरसरकारी संस्था महासंघ बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा लगायतले धारणा राखेका थिए । इन्सेक प्रतिनिधि सिर्जना पन्तको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
आगामी वर्ष प्रकाशित हुने मानवअधिकार वर्ष पुस्तकको लागि इन्सेकले अर्धवार्षिक र वार्षिक रुपमा पूर्व समीक्षा र घटना संकलनको काम गर्दै आएको छ । प्रतिवेदनमा हत्या प्रयास, आत्महत्या दुरुत्साहन, बालअधिकार हनन् र यौन दुव्र्यवहार, बालबिबाह बहुबिबाह जस्ता बिषय समावेश थिए । घरेलु हिंसाको घटना १२ वटा, बलात्कारको १, बहुबिबाहको २ गरी २३ घटनाको प्रस्तुतीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->