शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

दुबै हात नभएकी नारच्याङकी पवित्रालाई अन्नपूर्णको ५० हजार सहयोग

दुबै हात नभएकी नारच्याङकी पवित्रालाई अन्नपूर्णको ५० हजार सहयोग


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

म्याग्दी/चरम गरिबीसँग जुधेर भए पनि एसइईमा ३.१२ जीपिए ल्याएकी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङकी पबित्रा बिकलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप ५० हजार आर्थिक सहयोग गरेको छ ।
दुवै हात नभएकी विकको उच्च शिक्षाका लागि सहज वातावरण बनाउन शुक्रबार बिहान बसेको कार्यपालिकाको बैठकले ५० हजार नगद सहित प्रोत्साहन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।
रामबजारस्थित एसओएस हर्मन माइनर स्कुलबाट परीक्षामा सहभागी भएकी विकका बारेमा पहिलोपटक ढोरपाटन राष्ट्रिय दैनिकमा समाचार प्रकाशित भएपछि अन्नपूर्णका जनप्रतिनिधिले चासो देखाएका थिए ।
गाउँपालिका अध्यक्ष भरतकुमार पुनले आर्थिक अवस्था कमजोर भएकै कारण पठनपाठनमा समस्या हुन नदिन सहयोग गरिएको बताए । ‘शैक्षिक यात्रा सहज होस् भन्ने हेतुले प्रोत्साहन गरिएको हो, समस्यामा परेका विद्यार्थीलाई आगामी दिनमा सहयोग निरन्तरता हुन्छ,’ अध्यक्ष पुनले भने । पवित्राको कुहिनासम्म ठिकै रहेको देब्रे हातै छैन भने दाहिने हातमा एउटा सानो औंलामात्रै बनेर निस्किएको छ ।
उनले देब्रे खुट्टाको बुढी र माइली औलाले कलम च्यापेर लेख्छिन्। पवित्राको आमा र बुबाबीच सम्बन्ध टुटेको अवस्थामा बिहानबेलुकी हातमुख जोड्न समेत धौ–धौ छ । उनलाई काठमाडौं बस्ने धवलागिरी गाउँपालिका–५, मलम्पार हाल गोंगबु बस्ने महेन्द्र छन्त्यालले १० हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->