बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बरलवा भीरमा भीषण पहिरो : कालिगण्डकी करिडोर ठप्प

बरलवा भीरमा भीषण पहिरो : कालिगण्डकी करिडोर ठप्प


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

बागलुङ/ कालिण्डकी करिडोरको बागलुङ–पाल्पा खण्डमा खसेका पहिरोका कारण सडक ठप्प भएको छ । करिडोर अन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ बरलवाको भीरमा भीषण पहिरो खसेको छ ।

हिउँदमासमेत सुख्खा पहिरो झरिरहने उक्त भीरमा बर्षासँगै पहिरो खस्न थालेको इज्जिनियर छकबहादुर गुरुङले जानकारी दिए । शुक्रबार बिहानदेखि खसेको पहिरो नरोकिँदा पहिरो पन्छाउन समेत सकिएको छैन् । करिडोर अन्तर्गत बागलुङको जैमिनी नगरपालिका, ५ बिनामारेमा पनि पहिरो खसेको छ । सडक माथीबाट निरन्तर बगिरहेको पहिरोका कारण सडक अबरुद्ध रहेको प्रहरी उपरीक्षक बिजय यादवले बताए ।

बागलुङ नगरपालिका, १० को दव्ल्याङमा शुक्रबार राती पहिरो खसेको छ । सडकनै पहिरोले बगाउँदा जिल्लाको दक्षिण क्षेत्रमा चल्ने सवारीसाधन चलेका छैनन् । करिडोरको पहिरोका कारण सडक रोकिँदा बागलुङदेखि बुटवल भैरहवा र भैरहवादेखि बागलुङका लागि कुनै पनि सवारी साधन चल्न नसकेको यादवले बताए ।

यता राष्ट्रिय गौरवको आयोजना पुष्पलाल –मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अन्तर्गत बडीगाड गाउँपालिका ६ र ७ को सिमाना भिमगिठ्ठेमा पहिरो खस्दा लोकमार्ग अबरुद्ध भएको छ । लोकमार्गहुँदै छिमेकी जिल्ला रुकुम आउनेजाने सबै सवारी साधन बीचबाटोमै रोकिएको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->