बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटको छहरेखोलामा धनबहादुरको शव फेला

गलकोटको छहरेखोलामा धनबहादुरको शव फेला


  • ढोरपाटन संवाददाता
  • असार २३ २०८१, शनिबार

बागलुङ/बागलुङको गलकोटमा एक पुरुषको शव फेला परेको छ । गलकोट नगरपालिका वडा नं. ३ बोहोराफाँट निवासी ५४ वर्षिय धनबहादुर बोहोराको शव शनिबार बिहान छहरेखोलामा फेला परेको हो ।
शुक्रबार ११ बजे राती घरबाट निस्केका बोहोरा छहरेखोलाको बिच भागमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । घरदेखि करिब १ किलोमिटरको दुरीमा बोहोराको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान हुने र पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाईने जिप्रका बागलुङले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->