तस्बिरहरु जिल्ला प्रहरी कार्यालय बागलुङ
बागलुङ/अविरल वर्षासंगै खसेको पहिरोले चर्चित धार्मिक गन्तव्य पञ्चकोटस्थित प्रहरी चौकीमा क्षति पुगेको छ । शनिबार दिउँसो खसेको पहिरोले बागलुङ नगरपालिका वडा नं. ६ पञ्चकोटस्थित प्रहरी चौकीमा क्षति पुगेको हो ।
पञ्चकोटधाम मन्दिर जाने सिढीमा लगाईएको पर्खाल अत्याधिक वर्षाले भत्किंदा प्रहरी चौकीको चारकोठे भवनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । पर्खाल भत्किंदा तीन कोठामा क्षति पुगेको हो ।
प्रहरी चौकीमा क्षति पुगेपछि जिप्रका बागलुङका प्रमुख तथा प्रहरी उपरिक्षक ऋषिराम कँडेल र गण्डकी प्रदेश विपद व्यवस्थापन गुल्म बागलुङबाट प्रसनि सचिन बोहोरा नेतृत्वको टोलीले घटनास्थल निरीक्षण गरेको थियो । पहिरोले चौकीमा क्षति पुगेपछि प्रहरीलाई पञ्चकोट मन्दिरको गण्डकी सभा हलमा व्यवस्थापन गरिएको छ ।








