बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पहिरोले सडक सम्पर्क टुट्यो

पहिरोले सडक सम्पर्क टुट्यो


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

बागलुङ/ निरन्तरको बर्षासँगै ठाउँठाउँमा खसेका पहिरोका कारण जिल्ला सदरमुकाम बागलुङ बजारसँग जिल्लाभरको सडक सम्पर्क टुटेको छ । कालिगण्डकी करिडोर र पुष्पलाल (मध्यपहाडी) लोकमार्गका ठाउँ ठाउँमा खसेको पहिरोका कारण सडक सम्पर्क टुटेको हो ।

बागलुङ नगरपालिका–१० डब्ल्याङ, जैमिनी नगरपालिका–१ जैमिनीघाट, जैमिनीकै वडा नं. ८ रादीखोला, वडा नं. ५ बिनामारे र वडा नं. १ ठेउलेखोला दोभान छेउमा खसेको पहिरोका कारण कालिगण्डकी करिडोर अबरुद्ध भएको ।

त्यस्तै पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत बागलुङ गल्कोट नगरपालिका–११ रिघा स्थित मध्यपहाडी लोकमार्गमा सडक माथिबाट पहिरो खसेपछि सडक अबरुद्ध भएको प्रहरी नायव उपरीक्षक बिजय यादवले बताए । जिल्लाका स्थानीय सडकहरुमा पनि बाढी, पहिरो र गग्रायनका कारण सवारी चल्नसक्ने अबस्था छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->