बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ सेवा समाज कतारद्वारा मानवसेवा आश्रममा सहयोग

बागलुङ सेवा समाज कतारद्वारा मानवसेवा आश्रममा सहयोग


  • ढोरपाटन संवाददाता
  • असार २४ २०८१, आइतबार

बागलुङ/बागलुङ सेवा समाज दोहा कतारले मानवसेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।
आश्रमको भवन निर्माण प्रयोजनका लागि समाजले ५० हजार सहयोग गरेको हो । समाजको गण्डकी प्रदेश परिषदमा आबद्द भएका ९ वटा जिल्लालाई नियमित सहयोग गर्दा आश्रमको भवन निर्माणमा उक्त रकम सहयोग आएको हो ।
आइतबार आश्रममा आयोजित एक कार्यक्रममा समाजका प्रतिनिधि तथा पूर्व अध्यक्ष चन्द्रकान्त शर्मा केदारले आश्रमका संचालक बिपना तामाङलाई नगद ५० हजार हस्तान्तरण गरे । उक्त रकमबाट भवन निर्माण अभियानमा सहयोग पुगेको उनले बताइन् । उक्त अबसरमा संविधानसभाका सदस्य प्रकाश शर्मा पौडेलले श्रम गर्न गएकाहरुले पनि आफ्नै देशको सपना देखेर सामाजिक सेवामा लागेको बताए ।
कार्यक्रममा समाजको तर्फबाट धारणा राख्दै पूर्व अध्यक्ष चन्द्रकान्त शर्माले आश्रमहरु खुल्नै नपर्ने गरी घरभरमा आफ्ना बाबुआमालाई संरक्षण गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘संयोगले आएकाहरुलाई सहयोग गरौं, तर भोलीका दिनमा कोही पनि सडकमा आउन नपर्ने गरी काम गरौं’ उनले भने, ‘गण्डकीका ९ जिल्लामा बिपतमा परेका तथा असहायलाई सहयोग गरेका छौं ।’ उलने आगामी दिनमा पनि आश्रमको व्यवस्थापनमा साथ दिने बताए । उक्त कार्यक्रम पत्रकार तथा गैर आवासिय नेपाली संघ कतारका सचिव सन्तोष क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->