बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खस्कदै माटोको जैविक तत्व, घट्दै पोषणको अवस्था

खस्कदै माटोको जैविक तत्व, घट्दै पोषणको अवस्था

माटो बिषादीरहित नभएको, रैथाने बाली लगाउन छाड्दा माटोमा अम्लियपना बढेको छ ।


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८१, सोमबार

बागलुङ/पछिल्लो समय बालबालिकामा पोषणको मात्रा कम हुँदै गएको छ । यो अवस्था आउनुमा माटोमा पोषणको अवस्था कमजोर भएको सरोकारवालाले बताएका छन् । माटो बिषादीरहित नभएको, रैथाने बाली लगाउन छाड्दा माटोमा अम्लियपना बढेको समेत बताइएको छ । त्यसबाट आउने खाना पनि पोषण कम भएको भेटिएको स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माले बताइन् ।
आम नागरिकले खाने खानामा शरीर वृद्दि गर्ने, बल दिने र स्वस्थ रहने भएपनि ती तत्व पाउन छाडिएको हो । ‘पाँच वर्षअघि एउटा दाना सुन्तला खाँदा पाउने खनिज तत्व अहिले ८ वटा खाएर पनि पाइदैन, यो अनुसन्धानले देखाएको हो’ शर्माले भनिन्, खानामा पोषण घट्नुमा माटोको संरक्षण नहुनु हो ।’ माटोको पोषण तत्व जोगाउन सकेमा मात्रै खानपान र पोषणको अवस्थामा सुधार हुने उनले सुझाइन् ।
बागलुङ नगरपालिका र स्वास्थ्य कार्यालयको आयोजनामा भएको किसान, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी लगायत सरोकारवाला अभिमुखीकरण कार्यक्रममा माटो र पोषक तत्वको अन्तरसम्बन्धबारे अब समाजमा छलफल हुनुपर्ने उनको सुझाव छ । माटो पछिल्लो समय बिनास भैरहेकोले उत्पादकत्व त घटेकै छ । तर, पोषण तत्व पनि कमजोर भएको अध्ययनको निष्कर्षबारे शर्माले प्रस्तुतीकरण गरिन् । नेपालका धेरै स्थानीय तहहरु बालमैत्री अभियानमा लागेका छन् । तर बालबालिकामा पोषणको कमी भैरहेकोले आवस्यक सूचक पुरा गर्न कठिन हुने शर्माले चिन्ता व्यक्त गरिन् ।
कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले पोषणको कारण बालबालिकाको विकासमा परेको असरले भोलिको दक्ष जनशक्ती उत्पादनमा समस्या हुने बताए । नगरपालिकाले पहल गरेपनि बिषादीरहित खेतीपाती लगाउने काममा स्वास्थ्यकर्मी, प्राविधिकले किसानलाई सुझाव दिनुपर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेलले यो विषय जटिल भएपनि कसले कुन क्षेत्रमा काम गर्ने भन्ने राज्यको नीति र कार्यक्रम अभाव भएको बताए । त्यसका लागि समयमा जैविक तत्वको विकास र उत्पादनमा लाग्नुपर्ने बताए ।
अध्ययन अनुसार पछिल्लो समय माटोको ९० प्रतिशतसम्म उत्पादकत्व र पोषण तत्व हस भएको छ । संयुक्त राष्ट्रसंघले यो विषयमा चिन्ता गर्न थालेको छ । भारतको अधिकांस जमिन पोषणबाट बिमुख भैसकेको छ भने नेपालपनि कमजोर बनिरहेको भेटिएको हो । अध्ययन अनुसार आगामी २० बर्ष सम्ममा नेपालको ३० प्रतिशत भोजन उत्पादन कमी भइ पोषण समेत कमजोर हुने आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->