बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दक्षिण बागलुङमा सवारी चल्न तीन दिन लाग्ने

दक्षिण बागलुङमा सवारी चल्न तीन दिन लाग्ने


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८१, सोमबार

फाइल तस्बिर

बागलुङ/जिल्लाको दक्षिण क्षेत्र सदरमुकामसँग सडक सम्पर्कमा जोडिन अझै केही दिन लाग्ने भएको छ । दक्षिण जोड्ने मुख्य सडक पहिरोले बगाउँदा केही दिन यता सडक सम्पर्क टुटेको हो । लगातारको वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड, बागलुङ कुश्मीशेरा कृषि सडक र करिडोरको वैकल्पिक मार्ग एकैपटक बन्द भएका छन् ।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा तीनवटै सडकको ट्रयाक नै बगेकाले सडक सञ्चालनमा आउन नसकेको हो । करिडोरसहित तीनै सडक ठाउँ ठाउँमा बगेको छ । ‘ट्रयाकनै बग्नेगरी पहिरोले सडक बगाएको छ, ग्याविन राखेर सडकको जग निकाल्नुपर्ने छ, ढुंगा माटो अड्याउने आधार बनाउनै तीन दिन लाग्छ’ बागलुङ नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले भने, ‘करिडोर कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाले सबै शक्ति लगाएर काम गरिरहेको छ, यो बीचमा पानी नपरे तीन दिनपछि बाटो खुल्छ ।’
सदरमुकाम बागलुङ बजारबाट झण्डै पाँच किलोमिटरको दुरीमा रहेको दव्ल्याङमा तीन वर्ष पहिले खसेको पहिरोले हरेक वर्षा याममा दुःख दिने गरेको छ । दव्ल्याङको पहिरोका कारण सडक सम्पर्क टुट्दा दक्षिणत्रबाट निर्यात हुने दुध, मासु र फलफुल किसानको घरमै खेर गैरहेका छन् । बागलुङ नगरपालिकाको बलेवाक्षेत्र, जैमिनी र बरेङका बिभिन्न सहकारीमा आबद्ध किसानले उत्पादन गरेको दुध बजार पुर्याउन कठिन भैरहेको छ ।
‘बाटो नभएपछि यान्त्रिक पुल तारेर कुश्माहुँदै दुध पोखरा पुर्याएका छौं, सरासर गाडी नचल्दा अन्य बेलाभन्दा एक लिटर दुधमा नै दशदेखि १५ रुपैयाँ ढुवानी खर्च बढी आउँछ’ जैमिनी दुग्ध उत्पादन सहकारीका व्यवस्थापनक कृष्ण शर्माले भने ‘यहाँका केरा, तरकारी लगायतका कृषि उपज पनि बजार पठाउन पाईएको छैन् ।’ किसानले गाईवस्तु र कुखुराका लागि दाना ढुवानी समेत गर्न पाएका छैनन् । खेतीपातीको समय भएकाले बजारबाट ल्याउनुपर्ने पेट्रोल खाद्यान्न लगायतका सामग्री ढुवानी हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->