शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

ग्रेसमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ‘मिट द ग्रेट’

ग्रेसमा क्रिकेटर दिपेन्द्र सिंह ऐरीको ‘मिट द ग्रेट’


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८१, मंगलबार

बागलुङ/ग्रेस इन्टरनेशनल बागलुङले क्रिकेट खेलाडी दिपेन्द्र सिंह ऐरीसँग ‘मिट एण्ड ग्रेट’ कार्यक्रम संचालन गर्ने भएको छ । असार २८ गते खेलाडी ऐरीले बागलुङका खेलाडी, विद्यार्थी, संचारकर्मी र युवाहरुलाई समय दिने भएका हुन् । उनले उत्कृष्ठ खेलाडीहरुलाई खेल सामाग्री वितरण समेत गर्नेछन् । पत्रकार अन्तरक्रिया तथा नेपालको खेल क्षेत्रको गतिविधिबारे पनि छलफल हुने बताइएको छ ।
ग्रेस इन्टरनेशलन बागलुङका प्रमुख ओमकार पौडेलले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् । नेपालको चर्चित व्याट्समेन समेत रहेका ऐरी २७ गते नै बागलुङ आउने छन् । उनले खेल क्षेत्रको भेटसहित नेपाली क्रिकेट टिमको बारेमा पनि जानकारी गराउने छन् ।
हाल नेपाललले विश्वकप खेलेर फर्केको छ । उपाधि जित्न नसकेपनि उनले नेपालको खेल क्षेत्रको विश्लेषण गर्ने भएकोले विशेषगरी क्रिकेट क्षेत्रको बढी चासो रहने छ । नेपाल क्रिकेट संघ बागलुङमार्फत उनले खेलाडी र खेल क्षेत्रका विषयमा छलफल राखेको बताइएको छ ।
ग्रेस इन्टरनेसनलको विशेष दुत समेत भएर उनले देशविदेशमा पनि प्रचार गराएका छन् । हरेक विद्यालयमा पुगेर विद्यार्थीको शिक्षा र खेलप्रति उनले चासो र सहयोग जुटाएका छन् । ग्रेस इन्टरनेशनलले अमेरिका, अष्ट्रेलिया, क्यानडा न्युजिल्याण्ड र बेलायत लगायतका देशमा अध्ययन गर्ने विद्यार्थीको तयारी गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->