पोखरा/ पोखरा–३२ खुदीखोलास्थित पक्कीपुलबाट हाम फाल्दा एकजना घाइते भएका छन । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी २ बजेको समयमा तनहुँको शुक्लागण्डकी नगरपालिका–१ का ४० वर्षीय नेत्रनाथ कोइराला हाम फालेका थिए । उनी हाम फालेकाे सूचना पाउनसाथ प्रहरी चौकी जनताको चौतारोबाट प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा खोलाको ढुंगामा अड्किएको अवस्थामा फेला पारी उपचारकालागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको थियो । उनको बायाँ खुट्टामा चोट लागेको छ ।




