
बागलुङ/मंगलबार दिउँसोदेखि परेको अविरल वर्षाले पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्व भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको झाँक्रीस्थानमा लेदोसहितको पहिरोले सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।
भिरालो जमिनमा पहिरो निरन्तर बगिरहेकाले सडक खुलाउन कठिन भइरहेको यादवले जानकारी दिए। डिएसपी यादवका अनुसार, अवरुद्व सडक खुलाउन प्रहरी चौकी नरेठाँटीको टोली पहिरोस्थलमा परिचालित भईसकेका छन् ।
लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीमा रोकिएका छन्।





