बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दब्ल्याङबाहेक झाँक्रीस्थान र माझबगरमा सडक सूचारु

दब्ल्याङबाहेक झाँक्रीस्थान र माझबगरमा सडक सूचारु


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

तस्बिर दब्ल्याङ पहिरो

बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० भकूण्डे दब्ल्याङको भीमकाय पहिरोबाहेक बुधबार बिहानैदेखि अवरुद्व अति व्यस्त पश्चिम र दक्षिण क्षेत्रका दुई सडक खुलका छन् ।
मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नं. १ दुदिलाभाटीको झाँक्रीस्थानमा खसेको लेदोसहितको पहिरो पन्छाएपछि सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।
डिएसपी यादवका अनुसार, अवरुद्व सडक खुलाउन प्रहरी चौकी नरेठाँटीको टोली पहिरोस्थलमा परिचालित भएका थिए । लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङ र छिमेकी जिल्ला रुकुमबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन दुदिलाभाटीबाट गन्तव्यतर्फ लागेका छन् ।
डिएसपी यादवका अनुसार, पहिरोले अवरुद्व जैमिनी नगरपालिका वडा नं. ५ माझबगरमा अवरुद्व सडक पनि खुलेको छ । जेसिबी मेशिन लगाएर पहिरो पन्छाएपछि सहज रुपमा यातायात सूचारु भएको यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->